लोकमान सिंह कार्की
स्वरूप
लोकमान सिंह कार्की | |
---|---|
पूर्व प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल | |
कार्यकाल २०७० बैशाख २५ – (६ वर्षको लागि) | |
नियुक्ति कर्ता | रामवरण यादव |
नेपाल सरकारका मुख्यसचिव | |
कार्यकाल २०६२/६/३–२०६३/१/२८ | |
पूर्वाधिकारी | विमल कोइराला |
उतराधिकारी | मुकुन्द शर्मा पौडेल |
व्यक्तिगत विवरण | |
जन्म | विसं २०१२ चैत्र २४ (१९५६ अप्रिल ५) |
जीवन साथी | सुनिता कार्की |
लोकमान सिंह कार्की (विसं २०१२-) अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालका पूर्व प्रमुख आयुक्त हुनुहुन्थ्यो ।[१] संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी अहिले निलम्बित छन्।[१][स्थायी मृत कडी] कार्की निलम्बित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको जिम्मेवारी वरिष्ठताको हैसियतले आयुक्त दीप बस्न्यातले सम्हालेका छन्।[२]
बाल्यकाल
लोकमान सिंह कार्कीको जन्म भुपालमान सिंह कार्की तथा दुर्गा कार्कीको छोराको रूपमा विसं २०१२ चैत्र २४ बिहीबार भएको थियो ।[१]
अख्तियारमा नियुक्ती र विवाद
कार्की विसं २०७० बैशाख २५ गते सर्बदलीय सहमतिको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको रूपमा ६ वर्षको लागि नियुक्त भएका थिए । [१]
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ १.२ "प्रमुख आयुक्त लोकमान सिंह कार्की", ciaa.gov.np, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अन्तिम पहुँच २०७० माघ २४।
बाह्य कडीहरू
विकिमिडिया कमन्समा लोकमान सिंह कार्की सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।