बुढा (थर)
दृश्य_शीर्षक
दृश्य_शीर्षक
पश्चिम नेपालका पहाडी जिल्लामा बसोबास गर्ने मगर जाति भित्रको एउटा प्रमुख थर हो बुढा जसलाई बुढा मगर भनिन्नछ । यो बुढा मगर थर अठार मगरात क्षेत्रमा प्ररिचित मगर थर हो । यो थरका भएका र पूर्बी रुकुममा मुख्य बसोबास छ भने यि बाहेक अन्य जिल्लाहरुमा पनि वसाईसराई वा अन्य रुपले बसोबास गर्दै आएका छन् । रोल्पाको जेलवाङ, थबाङ, गाम, मिरुल र आसपासका ठाउँ र पूर्बी रुकुमका लुगुम, तकसेरा, मैकोट, रांशि, कोल र आसपासका क्षेत्रमा मुख्या बसोबास रहेको पाइन्छ ।[१] आदिमकालबाट बुढा मगरहरु खाम भाषा बोल्दै आएको र बुढा मगरहरु भएको ठाउँमा प्राय खाम भाषा नेै बोल्ने गर्दछन् ।[२] बुढा मगर प्रमुख मगर को थर भएता पनि यसभित्र बिभिन्न उपथर पनि रहेको छ । वुढा मगर परापूर्बकालदेखि नै कृषि तथा पशु पालनमा सक्रिय रहेतापनि अहिले भने नेपाल आर्मि बृटिश आर्मि र भारतिय सेनामा पनि उतिकै रहेको छन् यी बाहेक देश तथा बिदेशमा समेत रोजगारी तथा पढाईको सिलसिलामा पुगेको पाईन्छ । बुढा मगरमा झाक्रि प्रथा हुने चलन सदियौं बर्षदेखि चलिआएको छ पुस्तान्तरण हुदै आफ्नेै खलकमा झाक्रि प्रथा हुने चलन अहिले सम्म चलिआएको छ । भुमे पर्ब, माघे संक्रान्ति र प्रकृति पुज्ने मुख्य चार्डपर्बको रुपमा रहेको छ भने बुढामगरले प्रकृति धर्मलाई मान्ने गरेको पाइन्छ ।
- ↑ "मगर जाति", विकिपिडिया (नेपालीमा), २०२५-०४-०२, अन्तिम पहुँच २०२५-०४-१३।
- ↑ "खाम भाषा", विकिपिडिया (नेपालीमा), २०२५-०१-१६, अन्तिम पहुँच २०२५-०४-१३।