बुढाथोकी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालका जातिय वर्गीकरणअनुसार क्षत्रीय जातमा पर्ने थर /बुढाथोकी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।

पूर्वज[सम्पादन गर्ने]

बुढाथोकीहरू मूलतः खस क्षेत्री हुन् । कर्णालीको सिंजा प्रदेशबाट बुढाथोकीहरूको उद्गम भएको पाइन्छ । ११०० वर्षअघि देहरादुनबाट उपाध्याय ब्राह्मणहरू नेपाल प्रवेश गरेर यहाँका बसोबासका आधार खस क्षेत्रीहरूको जात वर्गीकरण नगरिन्जेलसम्म कर्णाली प्रदेशका सबै खस क्षेत्रीका एकै थर (चल्ल) रहेको पाइन्छ । बुढाथोकी सेनाको उपल्लो दर्जाको पद (थोक वा क्षेत्रका जिम्मेवारी लिने मुख्य व्यक्ति, बुढा)का आधारमा राखिएको वर्णन पाइन्छ । करिव ९ सय वर्षअघि काठमाडाैं उपत्यका आक्रमणका क्रममा दैलेखका दुल्लुबाट प्रस्थान गरेका बुढाथोकीहरू त्यसपछि नेपालभरि नै फैलिएका हुन् ।

बुढाथोकीहरुमा पनि खपतरी , खुलाल, सोडारी गरी बाँडिएका छन् । खपतरी बुढाथोकी कैाशिक गोत्रीय हुन भने खुलाल धनन्जय, सोडारी कास्यप गोत्रीय हुन् । कर्णाली क्षेत्रमा बुढाथोकीहरूले बुढाक्षेत्री लेख्ने गरेका छन् ।

संख्या[सम्पादन गर्ने]

बुढाथोकीहरू कर्णाली प्रदेश हुँदै नेपालका प्रायः सबै जिल्लामा बसोबास गर्दछन् । पू्र्वमा भारतको असाम राज्यसम्म बुढाथोकीहरूका बसोबास भएको पाइन्छ । नेपालमा बढी संख्यामा जुम्ला, हुम्ला, दैलेख,सल्यान, दाङ, दोलखा, रामेछाप, ओखलढुंगा, खोटाङ र झापा जिल्लामा बुढाथोकीहरूको बसोबास रहेको पाइन्छ ।

बुढाथोकीले मान्ने विशेष पर्वहरू[सम्पादन गर्ने]

बुढाथोकीहरू अन्य खस क्षेत्रीहरू झै मष्ट पुजक हुन् । बुढाथोकीहरूले पनि मूलतः कुलदेवता पूजा वा देवाली गर्ने गर्छन् । नेपालमा मानिने सनातन हिन्दु धर्मअनुसारका सबै पर्व मान्ने गरेका छन् ।