सामग्रीमा जानुहोस्

खरसाङ

खरसाङ
खरसाङ
खरसाङ
खरसाङ मा पर्दछ पश्चिम बङ्गाल
खरसाङ
खरसाङ
पश्चिम बङ्गाल, भारतमा स्थान
खरसाङ मा पर्दछ भारत
खरसाङ
खरसाङ
खरसाङ (भारत)
निर्देशाङ्क: २६°५२′४०″उ ८८°१६′३८″पू / 26.87778°N 88.27722°E / 26.87778; 88.27722
देश भारत
राज्यपश्चिम बङ्गाल
जिल्लादार्जिलिङ
सरकार
  प्रकारनगरपालिका
  अङ्गखरसाङ नगरपालिका
क्षेत्रफल
  जम्मा७.५० किमी (२.९० वर्ग माइल)
उन्नतांश
१५०० मिटर (४९०० फिट)
जनसङ्ख्या
 (सन् २०११)
  जम्मा४२४४६[]
भाषाहरू
  आधिकारिकनेपाली[]
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटआधिकारिक वेबसाइट

खरसाङ भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लामा रहेको एउटा नगरपालिका हो। यो खरसाङ उपविभागको सदरमुकाम हो। खरसाङ दार्जिलिङ देखि ३२ किलोमिटर (२० माइल) टाढा छ र यो सहर सिलिगुडी देखि ३४ किलोमिटर (२१ माइल) टाढा छ।

खरसाङको नामको उत्पत्ति अस्पष्ट छ; कथाहरूले सुझाव दिन्छ कि यो लेप्चा भाषाको शब्द कर्सन-रिप (सानो सुनगाभा) बाट आएको हो किनभने यस उपत्यकाभरि सेता सुनगाभाहरू (चाँदीगाभा) फूल्छन। यसको अर्को अर्थ एक प्रकार को लौरोको नामबाट पनि हुनसक्ने अनुमान लगाइएको छ।[]

खरसाङको मूल बासिन्दाहरू लेप्चाहरू थिए, जसले आफ्नो घरको नाम "कर्सियाङ" राखेका थिए, किनभने हरेक वसन्तमा यस ठाउँमा कर्सन-रिप सुनगाभाहरू फूल्ने गर्थे। सुदूर विगतमा, अङ्ग्रेजहरू भारतमा आउनुभन्दा अघि पनि खरसाङ सिक्किम राज्यको हिस्सा थियो। यद्यपि, लगभग १७८० मा नेपाल अधिराज्यले खरसाङ र यसको वरपरका क्षेत्रहरूलाई कब्जा गर्‍यो। त्यसपछि गोर्खा युद्ध आयो, जसमा नेपालीले पराजित भए। १८१७ को टाइटलिया सन्धिले खरसाङलाई सिक्किममा पुनर्स्थापित गर्‍यो।[]

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

सन् २०११ २०११ मा खरसाङ नगरपालिकाको जनसङ्ख्या ४२,४४६ थियो। खरसाङ ब्लक मा ग्रामीण क्षेत्रको जनसङ्ख्या ९४,३४७ थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Kurseong City", अन्तिम पहुँच २६ नोभेम्बर २०२०
  2. 1 2 "District Census Handbook, Darjiling", Directorate of Census Operations, West Bengal, २०११, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१५
  3. "Report of the Commissioner for Linguistic Minorities in India: 50th report (delivered to the Lokh Sabha in 2014)", National Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: ९५, मूलबाट ८ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१५, "The Official Language of the State is Bengali. Nepali has also been declared as Official Languages in Darjeeling and Kurseong" अभिलेखिकरण ८ जुलाई २०१६ वेब्याक मेसिन
  4. SNS (२०१७-०८-२१), "Bask in the Land of White Orchids", The Statesman (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-१६
  5. "History", kurseongmunicipality.org, अन्तिम पहुँच २०२३-०७-१६ अभिलेखिकरण २०१८-०६-२७ वेब्याक मेसिन