वैद्यनाथधाम
स्वरूप
वैद्यनाथधाम | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | साँफेबगर |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | अछाम |
देश | नेपाल |
वैद्यनाथधाम अछाम जिल्लाको साँफेबगर नजिक बुढीगंगाको किनारामा अवस्थित छ।यो अछाम जिल्लाको एक प्रसिद्ध र पवित्र स्थान मानिन्छ।यसलाई स्थानिय भाषामा वैजिनाथ भन्ने गरिन्छ।
परिचय
[सम्पादन गर्नुहोस्]अछामको साँफेबगरमा रहेको वैद्यनाथधाम पौराणिक भनाई अनुसार भगवान शिवले वैद्यको ज्ञान आर्जन गरेको स्थान मानिन्छ। वैद्यनाथधामलाई आर्यवर्तका पवित्र चार धाम मध्यको एक पवित्र स्थान मानिन्छ।भगवान शिव र देवी पार्वती को विवाह यसै क्षेत्रमा भएको मानिन्छ। वैद्यनाथधाममा महाशिवरात्रीमा ठुलो मेला लाग्ने गर्दछ।जुन मेला भर्नको लागि नेपाल र भारतका विभिन्न भू-भागबाट भक्तजनहरू आउने गर्छन।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- नेपालका मन्दिरहरुसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- मन्दिरहरुसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।