साँफेबगर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साँफेबगर नगरपालिका
नगरपालिका
(साँफेबगर अछाम)
(साँफेबगर अछाम)
देश नेपाल
अञ्चलसेती अञ्चल
जिल्लाअछाम जिल्ला
सरकार
 • मेयरकुल बहादुर कुँवर
 • उप मेयरबिर्मला देवि बुड्थापा
जनसङ्ख्या
 (बि.स.२०६८)
 • धर्मावलम्बी
हिन्दू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.sanfebagarmun.gov.np

साँफेबगर नगरपालिका अछाम जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा रिडिकोट, मष्टामाण्डु, शिद्धेश्वर, वैजनाथजाल्पादेवी गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा साँफेबगर पनि नगरपालिका बनेको हो। पछि गएर २०७३ साल फागुन महिनामा यस नगरपालिकामा साविकका पातलकोट, बुढाकोट,घुघुरकोट, नवाठाना, भागेश्वर, बाबला, खप्तड, देविस्थानचण्डिका गाविसहरू समावेश गरिएका हुन् । [१]

परिचय[सम्पादन गर्नुहोस्]

साँफेबगर अछाम जिल्लाको मध्य भागमा अवस्थित छ।बुढीगंगा नदीले साँफेबगरलाई दुई भागमा बाँडेको छ। यो अछामको प्रमुख व्यापारिक केन्द्र हो।साँफेबगर नगरपालिकाको कार्यालय यसै बजारमा रहेको छ।साँफेबगर वरिपरी पहाडहरूले घेरेको बेसीमा अवस्थित छ। साँफेबगरको दक्षिण पश्चिममा बुढीगङ्गाको किनारमा प्रसिद्ध वैद्यनाथधाम रहेको छ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "७२ नयाँ नगरपालिका थप", अन्तिम पहुँच मे १८,२०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]