रामारोशन गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामारोशन
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाअछाम
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षझंकरबहादुर साउद [१] (नेकपा)
 • उपाध्यक्षसरस्वती रावल (नेकपा)[१]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१७३.३३ किमी (६६.९२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,६२३
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको सन्तडा गाविसको कार्यालय
वेबसाइटramaroshanmun.gov.np

रामारोशन गाउँपालिका अछाम जिल्लामा पर्ने नेपालकोे एक गाउँपालिका हो ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय गरेपछि अछाम जिल्लामा पर्ने साविकका मलातिकोट, चाँफामाण्डौ , सन्तडा, बाटुलासैन, रामारोशन, भटाकाटीयासुतार गाविसहरूलाई जोडेर रामारोशन गाउँपालिका बनाइएको हो ।[५][६] अछाम जिल्लाको प्रमुख पर्यटकीय स्थल रामारोशन क्षेत्रको नामबाट नामाकरण गरिएको यस रामारोशन गाउँपालिकाको कूल क्षेत्रफल १७३.३३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । रामारोशन गाउँपालिकाको कूल जनसङ्ख्या २९,६२३ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा कालिकोट जिल्ला , पश्चिममा मंगलसेन नगरपालिकाबान्नीगढी जयगढ गाउँपालिका, उत्तरमा मेल्लेख गाउँपालिकाबाजुरा जिल्ला तथा दक्षिणमा पञ्चदेवल विनायक नगरपालिका जोडिएको छ । ।[७]

भूगोल[सम्पादन गर्नुहोस्]

चित्र दीर्धा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Ramaaroshan "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४ [dead link]
  2. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), नेपालखबर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-२८ मिति
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]