सारना धर्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Sarna dhorom 2014-05-30 19-54

सन्थाल जातिको धार्मिक ग्रन्थ अनुसार मानव जातीको उत्पती हाँस चराको अण्डाबाट भएको मानिन्छ। ति पहिलो मानव जातिलाई पिल्चु हाडाम (पिल्चु बुढा) र पिल्चु बुडिही (पिल्चु बुढी) भनेर चिनिन्छन्। उनीहरू बस्ने ठाँउलाई ‘हिहिपिपिडी चाई चाम्पा गाड.’ भनिन्थ्यो। सन्थाल जातिको सबैभन्दा ठूलो देवता माराङबुरुको कृपाले ति दुई बुढा बुढीबाट ७ भाई छोरा ७ बहिनी छोरीको जन्म हुन्छ। पछि ति बुढा बुढीले आफ्ना छोरा छोरीको बिचमा बिहेबारी गराउनको निम्ति उनीहरू सानै हुँदा अलग–अलग जंगलमा लगेर हुर्काउँछन्। बुढाले छोराहरूलाई लिएर जान्छन भने बुढीले छोरीहरूलाई लिएर जान्छन्। पछि ति छोराछोरीहरू जवान तन्नेरी भईसकेपछि जंगल मै खेल्ने रमाउने गर्न थाले। एक दिन छोरीहरू जंगलको बिचमा बरको हाँगाबाट झरेको लहरामा पिङ खेल्दै गित गाई रहेका थिए त्यसै बखत छोराहरू पनि शिकार खेल्दै त्यो जंगलमा आईपुगे।

केटीहरूको सुरिलो स्वर सुनेर केटाहरू लालहित भई त्यही स्थानतिर लम्किए। त्यहाँ पुगेर हेर्दा जवान केटीहरू पिङ खेल्दै गित गाई रहेको देखेपछि केटाहरूमा जवानीको तरङ बग्न थाल्यो र सँगै नाच्न गाउनको लागि प्रस्ताव राख्ने हिम्मत गरे। केटीहरूमा पनि जवानीको जोश त छदै थियो र उक्त प्रस्ताव लाई स्वीकार गरी नाच्ने गाउने काममा तल्लिन रहे। धेरै बेरको नाचगान पछि उनहरूले एक आपसमा प्रेम प्रस्ताव राख्न बाध्य भए। किनभने उनीहरूलाई दाजुबहिनीको सम्वन्ध नै थाहा थिएन र विवाह गर्ने पनि निर्णय गरे। त्यसै गरी जेठा छोराले जेठी छोरीसँग, माईलाछोराले माइली छोरीसँग सााईला छोराले सााईली छोरीसँग,कान्छा छोराले कान्छी छोरीसँग लगायत सबैले क्रमिक रुपमा आ–आफ्नो प्रेमिकासँग विवाह गरे। पछि उनीहरूको विभिन्न अवस्थाको क्रियाकलापको आधारमा एक ठाँउ ‘शाशाङबेडा’ मा पिल्चु बुढाले उनीहरूको थर पनि राखी दिए जस्तै हाँस्दा, मुर्मु, हेम्ब्रम, टुडु, मर्डी, किस्कु, बेस्रा, बास्के, सोरेन, चोणे, पौरिया र बेदिया। तिनै ७ भाई छोरा र ७ बहिनी छोरीबाट बढ्दै गएको सन्तान नै “खेरवाल” बंश हो। कालखण्ड बित्दै जाँदा मानव जातिको संख्या बढ्दै गएपछि “खेरवाल” वंश पनि विभिन्न समूह उप–समूहमा परिणत हुदै चकनाचुर हुदै गयो र मानव जातिको पहिलो पुर्खा पिल्च हाडाम पिल्चु बुढीले देखाएको बाटो बिर्सेर अलग भए। ति समुह मध्ये हालको “सन्थाल”जाती पनि एक समूह हो, जसले हालनेसम्म पनि मानव जातिको पहिलो पुर्खा पिल्चु हाडाम (पिल्चु बुढा) र पिल्चु बुड्ही (पिल्चु बुढी) ले देखाएका बाटोमा हिडिरहेको छन्। बिडम्बना के छ, भने अब सन्थाल जातिमा पनि फुट पैदा गराउने उद्देश्यले बिभिन्न खाले धर्म, संस्कार, रितिरिवाजले जरो गाड्दै गएको हुनाले यस आक्रमणबाट बच्न सन्थाल जाती सचेत हुन जरुरी छ।

अब, हामी “सारना” धर्मको केही अंश जानौँ, सर्व प्रथम त हाम्रा पुर्खा पिल्चु हाडाम (पिल्चु बुढा) र पिल्चु बुड्ही(पिल्चु बुढी) ले आफ्नो छोरा छोरीको नाभी बाण अथवा तिरले काटेका थिए, जसलाई सन्थालीमा आपाणी र त्यसमा तिखो फलामले जोडिएको बाँसको कर्चीलाई ‘सार’ भनिन्छ र पछि सम्म पनि तिरले नै नाभी काट्दै आएको इतिहास छ। र त्यो तिर अथवा “सार” लाई हालसम्म पनि बच्चा जन्मे पछि ९ दिन सम्म बच्चा सुताएको खाटको सिरानीमा ठाडो पारेर राखिन्छ। साथै विवाहको कर्म काण्डमा पनि धनुष बाण अथवा सन्थालीमा आग्–सारको प्रयोग हुन्छ। “सारना” को अर्को प्रसंगमा भन्ने हो भने, जब मानव जाति बढ्दै गएपछि उनीहरूलाई अनुशासन, संगठित र मेलमिलापको वातावरणमा समाज सञ्चालन गर्नको लागि माज्ही पारगाना शासन व्यवस्थाको नियम कानुन हाम्रा पुर्खाले बनाईदिए। जुन हाल सम्म पनि विद्यमान छ, यसले सन्थाल जातीलाई एउटै समुहमा बसेर बाँच्न सिकाउँछ, यस ब्यवस्थाको प्रमुखलाई माज्हीहाडाम भनिन्छ। त्यसै गरी धर्म कर्म गर्ने स्थानको पनि टुंगो लगाउनु पर्ने थियो र धेरै ठाँउमा धर्म गर्ने स्थान तोकिए पनि शुभ नभएपछि अन्त्यमा सबैजना यो निष्कर्षमा पुगेकी धनुषमा ताँदो चढाएको बाण अथवा “सार” लाई आकाशतिर छोड्ने र त्यो बाण अथवा “सार” ले जाहा निर निशाना लगाउँछ त्यही हाम्रो धार्मिक स्थल हुन्छ भनेर, त्यहाँ जुन शब्द पहिले बोलिन्छ त्यो नै हाम्रो धर्मको नाम हुन्छ भन्ने कुरामा सबैले सहमती जनाये।

त्यसैले हाम्रा पुर्खा पिल्चु हाडाम(पिल्चु बुढा)ले आफुले चलाउने धनुष बाण अथवा “सार” लाई ताँदो चढाई आकाशतिर छोडिदिए। त्यो बाण घना जंगलमा एउटा रुखमा गाडियो। त्यो बाणलाई खोजी गरेर पत्ता लगाउन बाह्र बर्ष लागेको थियो। पुरुषहरूले आकाशमा छोडेको बाण खोजिरहेका थिए र महिलाहरू पनि घाँस दाउरा खोजी गर्ने क्रममा बाण गाडिएको रुखको छेउमा पुगे र बाण देखेपछि चिच्याएर “सारना”, “सारना” भन्दै डरले त्यहाँबाट भागे। पुरुषहरूले महिला चिच्याएको आवाज सुनेपछि त्यतैतिर दौडिए र त्यहाँ पुगेर हेर्दा आफुहरूले हानेको बाण एउटा रुखमा गाडिएको अवस्थामा भेटेपछि अत्यन्त खुसी भए। बाह्रवर्ष सम्म त्यो वाणलाई बोक्राले छोपी सकेको थियो। त्यसैले त्यो रुखका नाम “सारजम” राखियो, सन्थालीमा ‘सार’ भनेको ‘बाण’ र ‘जम’ भनको ‘खानु’ हो। रुखले बाण अथवा सारलाई खाएको हुनाले त्यो रुखको नाम “सारजम” अथवा “साल” राखियो।

JAAHER_garh

त्यसपछि त्यही ठाँउमा भजन किर्तन नाच,गान गर्दै धार्मिक स्थलको रुखमा संरक्षण गरियो। जसलाई सन्थालीमा “जाहेरथान” भनिन्छ र पछि सम्म पनि सालको रुखको फेदमा “जाहेरथान” बनाईन्थ्यो। हाल बन जंगल मासिदै गएपछि अन्य ठाँउमा पनि “जाहेरथान” बनाई सालको हाँगा गाडी पुजा गर्ने चलन छ र अन्त्यमा सबैको सहमती निर्णय अनुसार बाण गाडिएको स्थानमा पहिले बोलिने शब्द नै हाम्रो धर्मको नाम हुन्छ, भनेकोले महिलाहरूले त्यो बाण भेटाउने वितिकै “सारना” शब्दको उच्चारण गरेकोले हाम्रो धर्म “सारना” हो। त्यसकारण महिलाहरूले कुनै पनि वस्तुको उच्चारण गर्दा महिला महिला बिचमा बोल्दा “ना” भन्ने थेगो जोडिन्छ त्यसैले सार+ना, सारना भनिएको हो। अर्को हाम्रो धार्मिक स्थल “माज्हिथान” हो यो प्रत्येक टोलमा हुन्छ।