कनकाई नगरपालिका
कन्काई | |
---|---|
कन्काई नगरपालिकामा अवस्थित सुरुङ्गा बजार | |
देश | ![]() |
विकास क्षेत्र | पूर्वाञ्चल विकास क्षेत्र |
अञ्चल | मेची |
जिल्ला | झापा |
सरकार | |
• मेयर | राजेन्द्र कुमार पोखरेल |
• उप मेयर | मञ्जु दाहाल प्रसाई |
उन्नतांश | ३०० मिटर (१००० फिट) |
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स. २०६८)[१] | |
• जम्मा | ४०,१४१ |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२३ |
वेबसाइट | kankaimun.gov.np |
कनकाई नेपालको मेची अञ्चलको झापा जिल्लाको एउटा हो । यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो । पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्त्वपूर्ण वाणिज्य केन्द्र हो । पहिले सुरुङ्गा तथा घैलाडुब्बा गाविसमा रहेको यो व्यापारिक केन्द्र २०७१ जेष्ठ ४ गतेदेखि नगरपालिकामा परिणत भएको हो । [२] साविक सुरुङ्गा गा.वि.स. को वडा नं.– २ जुके कल्भर्ट रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ । कनकाई नगरपालिकाको पुर्व पश्चिम सिमाना क्रमश: घाग्ग्रा खोला र कनकाई नदीले छुट्याएको छ ।
सिमाना[सम्पादन गर्नुहोस्]
यो नगरपालिको पूर्वतर्फ शनि-अर्जुन नगरपालिका, बिर्तामोड नगरपालिकाको घाग्रा खोला, पश्चिमतर्फ शिवसतासी नगरपालिका, उत्तरतर्फ इलाम जिल्ला तथा दक्षिणतर्फ झापागाउंपालिका र बाह्रदशी गाउंपालिका रहेका छन् ।
कनकाई नगरपालिकोको कुल जनसङ्ख्या ४८१४१ रहेको छ; जसमध्ये पुरुषको जनसङ्ख्या २४०२९ छ भने महिलाको जनसङ्ख्या २४११२ छ । यो नगरपालिकामा ९५८८ वटा घरहरू रहेका छन् ।[१] यहाँको क्षेत्र फल ५२८४.९६ हेक्टर रहेको छ । यसमध्ये वनजङ्गलले ढाकिएका क्षेत्रफल १७०० हेक्टर रहेको छ ।
व्यापारिक केन्द्रहरू[सम्पादन गर्नुहोस्]
- सुरुङ्गा बजार
- घैलाडुब्बा
- दुर्गापुर
- चम्पापुर
कनकाई नगरपालिका क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू[सम्पादन गर्नुहोस्]
मूल लेख "सुरुङ्गा क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू" भन्दा फरक रहेको छ
सुरुङ्गा क्षेत्रमा विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरू रहेका छन् । जसमध्ये कोटिहोम धाम, राधाकृष्ण मन्दिर, श्री कृष्ण प्रणामी सत्सङ्ग सेवा आश्रम, कविर मन्दिर, गायत्री मन्दिर , श्री सत्य साई भजन समूह, न्यौपाने बन्धु समाज कूल मन्दिर (कनकाई-४, कोटिहोम) पाथिभरा माता मन्दिर(कनकाई-४, परिवर्तन चोक), आर्य समाज, वशिष्ठ भन्डारी समाज, धनुषकोटि धाम , गायत्री मन्दिर (चम्पापुर, घैलाडुब्बा), दुर्गा मन्दिर (सुरुङ्गा ५), सर्वेश्वर महादेव मन्दिर (सुरुङ्गा ९, एकान्त टोल), गरमकाली मन्दिर (सुरुङ्गा ३), श्री दुर्गा भगवती मन्दिर (सुरुङ्गा १, दुर्गापुर), श्री शिव पाञ्चायन मन्दिर (घैलाडुब्बा १ दुर्गापुर), सरस्वती मन्दिर तथा भवन (सरस्वती टोल सुरुङ्गा ३ ), कृष्णप्रणामी मन्दिर (सुरुङ्गा गाविस वडा ९), गोकर्णेश्वर शिव पाञ्चायन मन्दिर (सुरुङ्गा ७ तुलसीबारी), पिण्डेश्वर शिव मन्दिर(कनकाई-४, टेक्रा) जामुन खाडी (सुरुङ्गा ३) आदि मुख्य पर्दछन्। त्यसै गरी किरात समुदाय अर्थात लिम्बु समुदायको महत्त्वपूर्ण सालिक त्येअङ्सी सिरिजंगा पनि दुर्गापुर बजारमा अवस्थित छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]