सामग्रीमा जानुहोस्

हरिसिंहदेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिसिंहदेव
तिरहूत राज्यको राजा
शासनकालवि सं १३६१- १३८१
उत्तराधिकारीअन्त्य
जन्मसिमरौनगढ
मृत्युवि सं १३८४
दोलखा, तीनपाटन
जीवनसाथीरानी देवलदेवी
वंशकर्णाट वंश
बाबुभूपालसिंहदेव
धर्महिन्दु

हरिसिंहदेव कर्णाटवंशी राजा थिए र उनको राजधानी सिमरौनगढमा थियो । राजा हरिसिंहदेवले २८ वर्षसम्म न्यायपूर्वक राज्य सञ्चालन गरेका थिए। वि.सं. १३८१ मा दिल्लीका वादशाह गयाशुद्धीन तुगलकले यस सिम्रौनगढ राज्यमा भिषण आक्रमण गरेर राज्य ध्वस्त वनाइदिएपछी सातौँ हरिसिंहदेव राज्य छोडी भागे। वि.सं. १३६७ मा यी डोयहरूले काठमाडौँमा भिषण आक्रमण गरेर ध्वस्त प्राय वनाएका हुनाले यस पटक राजा हरिहरसिंहदेव भागेर काठमाडौँ शरणमा जान पनि सकेनन्। फलतः आफ्नो परिवार र विद्वान मन्त्री चण्डेश्वर सहित भागेर नजीकैको पहाडमा लुकेर वसे।

हरिसिंह देव आफ्नो पराजय पछि मन्त्री चण्डेश्वर र रानी देवल देवी तथा राजकुमार सहित त्यस स्थानबाट पनि पूर्व तर्फ भागे।

१३८७ सिम्रौनगढका तत्कालिन शासक हरिहरसिंह देव आफ्नी पत्नी देवलदेवी राजकुमार जगत सिं कुँवर, मन्त्री चण्डेश्वर लगायत विद्वानहरू सहित सिन्धुली जिल्लाको हरिहरपुर गढीमा लुकेका थिए। १३८८ हरिहरपुर गढी किल्लाको निर्माण १३८८ पाल्पाली राजा मुकुन्द सेनले हरिहरपुर गढीमा आक्रमण र राजा हरिहरसिह देव त्यहाँबाट ससुराली काठमाडौँ तर्फ पलायन भए।

सिन्धुली जिल्लाको तिनपाटन भन्ने स्थानमा हरिसिंह देवको मृत्यू भएको कुरा इतिहासकारहरू वताउँदछन। इतिहासकार लुजियानो पेटेकले हरिसिंह देवको मृत्यू टिपाट भन्ने स्थानमा पुगेर भएको भनेका छन्। यो टिपाट भन्ने स्थान नै हालको तिनपाटन हो।[] मन्त्री चण्डेश्वर देवीका उपासक थिए। यीनले नै हालको डाढी गुँरासे गा.वि.स.मा भएको चण्डादेवीको मन्दिर स्थापना गरेका थिए। यीनैका पालमा सिन्धुलीको मरिणखोला किनारमा भएको पन्चकन्या पोखरी वनेको अनुमान गर्न सकिन्छ। हरिसिंह देवको मृत्यू पश्चात मन्त्री चण्डेश्वर र रानी देवलदेवी तथा राजकुमार र साथमा भएका केही भारदार र सेनाहरू मिलेर दोलखा विजय गरेर र बनेपा सम्म पुन दोलखालाई विस्तार गरी बनेपामा पनि चण्डादेवीको मन्दिर स्थापना गरेको कुरा इतिहास तथा काब्यहरूमा पाइन्छ। []

  1. ( नेपालको इतिहास डा. पेशल दाहाल )
  2. ( मकवानीवाला माहाकाब्य शास्त्रि उमानाथ)