नान्यदेव
स्वरूप
| नान्यदेव | |
|---|---|
| डोय राज्यको राजा | |
| शासनकाल | वि सं ११५४-१२०५ |
| पूर्वाधिकारी | स्थापित |
| उत्तराधिकारी | गङ्गादेव |
| सन्तान | गङ्गादेव अर्जुनदेव |
| वंश | कर्णाट वंश |
| धर्म | हिन्दु |
वि. सं. ११५४ मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको सिमरामा पर्छ ।नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए।
नान्यदेवले गौड वंशीय राजा रामपालको राज्यमाथी आक्रमण गरे । त्यो राज्यको उत्तरतर्फको मिथिला प्रदेशलाई उनले आफ्नी अधीनमा पारी राज्य आफ्नै वंशलाई लिई शासन गर्न थाले ।[१]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ ९७ ।