कर्णाट वंश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोय राज्य
डोय राज्य
वि सं ११५४–वि.सं. १३८१
राजधानीसिम्रौनगढ
आम भाषाहरूसंस्कृत भाषा
धर्म
हिन्दू
बौद्ध
ब्राह्मणवाद
सरकारराजतन्त्र
राजा 
• वि सं ११५४-१२०५
नान्यदेव
इतिहास 
• स्थापित
वि सं ११५४
• विस्थापित
वि.सं. १३८१
अचेल नेपाल
 भारत

वि. सं. ११५४ मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको कलैया भन्दा दक्षिणमा पर्छ। नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए। नान्यदेवपछि गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव, हरिसिंहदेव राजाहरूले सवा दुईसय वर्षसम्म राज्य गरे।

वि.सं. १३८१ मा दिल्लीका वादशाह गयाशुद्धिन तुगलकले डोयराज्यमा आक्रमण गरी डोय राज्य ध्वस्त पारेपछी सातौँ राजा हरिसिंहदेव राज्य छोडी भागे।[१] हरिसिंहदेव भागेपछि तुगलकले कामेश्वर ठक्कर (ब्राह्मण) लाई डोय राज्यको शासक नियुक्त गरे। डोय राज्यको आर्थिक स्थिती राम्रो थियो र यो शक्तीशाली राज्य थियो भन्ने कुरा उसले बेला बेलामा उपत्यकामा आक्रमण गरी कर असुली गरेर फर्किने गरेकोबाट पनि थाहा हुन्छ।

राजाहरू[सम्पादन गर्नुहोस्]

नान्यदेव

ऐतिहासिक स्थल तथा दृष्टिकोण[सम्पादन गर्नुहोस्]

From top down, left to right: Toran Dwar Statue, Pillar of the Rajabhavan, Brahma statue and Stone inscription in Tirhuta script.

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ १०१ ।