नरसिंहदेव
स्वरूप
| नरसिंहदेव | |
|---|---|
| डोय राज्यको राजा | |
| शासनकाल | वि सं १२४५-१२८४ |
| पूर्वाधिकारी | गङ्गादेव |
| उत्तराधिकारी | रामसिंहदेव |
| मृत्यु | १२८४ |
| सन्तान | रामसिंहदेव |
| वंश | कर्णाट वंश |
| धर्म | हिन्दु |
राजा नरसिंहदेव गङ्गादेवका पुत्र एबम उत्तराधिकारी थिए । सिमरौनगढ राज्यको शक्ति उदय भएपछी काठमाडौँ उपत्यकामा हाहाकार मच्चिएको थियो । उपत्यका माथि तिरहुतले आक्रमण दोहोर्याईतेहेर्याई गर्नुमा काठमाडौँका कमजोर राजाले गुहार मागेर मद्दत गर्न आएको भन्ने अर्थ पनि लगाइएको पाइन्छ । तिरहुतहरूले काठमाडौँ उपत्यकामा आक्रमण गर्न आउँदा-जाँदा उसैलाई मार्दै र काट्दै हिन्थे । राजा नरसिंह देवले पुगनपुग ३९ वर्ष शासन गरेका थिए । [१]

उनको पालामा मुगलवंशीय मुसलमानहरूले सिमरौनगढ लाई ध्वस्त पार्ने सन्त्रास बढिरहेको थियो ।[२] हिन्दूहरूलाई मुसलमानले मास्ने चाहन्थे ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ ९८ ।
- ↑ मोहनप्रसाद खनाल, सिमरौनगढको इतिहास (काठमाडौँ: नेपाल र एसियाली अनुसन्धानकेन्द्र २०५६) पृष्ठ ५०-५५