नेपालमा फुटबल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

विश्व परिवेश[सम्पादन गर्ने]

अङ्ग्रेजी साम्राज्यको विस्तारसँगै फुटबल विश्वभर फैलने क्रममा एसिया र अन्ततः दक्षिण एसियामा आएको देखिन्छ। भारतमा इस्ट इन्डिया कम्पनीले राज्य गरेपछि नेपालमा पनि त्यसकै प्रभावले फुटबल भित्रिएको हो। तिहारताका फालिने भोगटेलाई युवाहरू गुडाउने अथावा हिर्काउने गर्थे। लगभग त्यसरी नै भकुन्डोलाई हिर्काउने खेल नै फुटबल हो भनेर कसैलाई थाहा थिएन। राणाकाल त्यसैका परिवारबाहेक सर्वसाधारण जनताका लागि पढ्ने लेख्ने छुट थिएन। भारत गएर उच्च शिक्षा हासिल गरेर नेपाल छिरेकाहरू सीमित थिए। त्यसैबेला केही जङ्ग थापा र नरसिंह राणाहरू पनि पढ्न भारत गएका थिए। त्यो समय भारतमा अङ्ग्रेजी शासन चलिरहेको थियो। स्कूल र कजेजमा अङ्ग्रेजले आफूसँग ल्याएका खेलहरू पनि समावेश गरे। त्यही समय भारतमा पढेकाले नै पहिलोपल्ट फुटबल खेलेको हुनु पर्छ। कालान्तरमा तिनै थापा र बस्नेतहरूले फुटबललाई नेपालमा पनि ल्याए।

नेपाली परिवेश[सम्पादन गर्ने]

नेपाली फुटबल जन्मदाता नरशम्शेर भनिएता पनि उनीभन्दा पहिले यिनै थापा र बस्नेतलले नेपालमा फुटबल विस्तार गरेको हो। त्यो समय स्पष्ट किटान गर्न नसकिने भएता पनि त्यो कालखण्ड वि. सं. १९७० पछिको हुनु पर्ने अनुमान छ। ठमेलका नारायण नरसिंह राणा र नक्सालका सूर्यजंग थापा त्यो बेला नेपाली फुटबलमा सुनिएका नाम हुन। नरशम्शेरले नेपाली फुटबललाई संस्थागत रूप भने दिएका हुन। उनले आफ्नो आत्मकथामा पनि फुटबल भारतबाटै नेपालमा छिरेको लेखेका छन्। उनले भारतमा अध्ययनका लागि जाने जङ्ग थापा र नरसिंह राणाले नै त्यहाँ सुरूमा फुटबल खेल्न सिकेको र नेपाल र्फकंदा फुटबललाई पनि आफूसँगै ल्याएको उल्लेख गरेका छन्। त्यो समय पनि फुटबल हारजितका लागि खेलिने प्रचलन भने सुरू भएको थिएन। फुटबल राणाका दरबारमा मात्र सीमित थियो। आमनागरिकमा फुटबल पुगेको थिएन। त्यो बेला विषेश गरेर जावलाखेल दरवारको महावीर टिम र चारबुर्जा दरबारको ठमेल टिमबीच खेल हुने गथ्र्‍यो। यसका लागि एउटा टिमले अर्को टिमलाई निमयन्त्रण पठाउने काम हुन्थ्यो। पछि दरबारबाट संरक्षित टिमका लागि बबरमहल, टंगाल, सिंहदरबार, बहादुर भवन र ठमेलमा फुटबल मैदान पनि बने। सन् १९३०मा जनपक्षीय र र दरबार संरक्षित टिमले साझा रूपमा सिंहदरबार, छाउनी, गौचरण, जावलाखेल र लैनचोरमा फुटबल मैदान बनाएको देखिन्छ।

इतिहास[सम्पादन गर्ने]

साहित्यकार तथा इतिहासकार डायमण्ड शम्शेरका अनुसार दरबारका नातिले बाजेहरू आदेशलाई बेवास्ता गरेर सर्वसाधारणलाई पनि फुटबल खेलाउन सुरू गरे। लगभग त्यही समय नर एघार टिमको जन्म भएको विश्वास छ। सन् १९३४मा आएर महावीर एघार, एनआरटी एघार, जावलखेल एघार र जनपक्षीय इन्स्टीच्युट एघारजस्ता टिमको स्थापना भयो। त्यसै वर्ष संस्थापगत रूपमा पहिलो फुटबल प्रतियोगिता भएको थियो। त्यसमा १२ टिम सहभागी थिए र त्यसलाई नरशम्शेरको नेतृत्वमा रहेको जावलाखेल क्लबले पहिलो स्थान हात पारेको थियो। प्रतियोगिताको सफल आयोजना भए पनि त्यसलाई विषेश कारणले सरकारी आदेशमा बन्द गरिएपछि दरबारबाहिर पनि गोप्य रूपमा फुटबल भने भइनै रहृयो।

फुटबल समिति[सम्पादन गर्ने]

विवाद, सहभागिता र लोकप्रीयता एकैपल्ट बढ्न थालेपछि सन् १९४७मा श्री ३ पद्म शम्शेरको आज्ञामा फुटबल समिति गठन भयो। त्यसको अध्यक्ष मदनशम्शेर थिए। त्यही वर्ष राजा त्रिभुवनल फुटबलको संस्थागत विकास होस भनेर त्रिभुवन च्यालेञ्ज शिल्डको स्थापना भयो। हरिहर भवन अगाडिको मैदानमा भएको प्रतियोगितामा नरेश एघार पहिलो र एनआरटी एघार दोस्रो भएको थियो। पद्म शम्शेर पनि त्यही वर्ष रामजानकी कप सुरू गरे। त्यो बेलाको नेपाल पुलिस फोर्स रामजानकी कप लगातार तीन वर्ष जितेर शिल्ड आफ्नो कब्जामा लियो। नेपालमा लिग फुटबल सुरू गर्न अन्ततः त्यही नेपाल पुलिसको पनि ठूलो योगदान रहृयो। उसले नेपाली फुटबललाई निरन्तरता दिन २०११ साल एउटा नयाँ ट्रफी दियो। जुन 'शहीद स्मारक ट्रोफी' थियो र त्यही वर्षदेखि विधिवतः रूपमा शहीद स्मारक लिग फुटबल सुरू भयो। त्यस ट्रफीमा २०११ आश्विन १७ गतेको मिति अङ्कित छ र अगाडि लेखिएको छ, 'राष्ट्रपिता श्री ५ महाराजाधिराज त्रीभूवन विर विक्रम शाह देवका नेतृत्वमा एकतान्त्रीक शासनको विरुद्धमा विक्रम सम्वत २००७ सालको जनमुक्ति संग्राममा प्राण वलिदान गर्ने अमर शहीदहरूका चिरस्मृतार्थ श्री प्रगोदबा जीवी याकथुम्बा आइजीपी र नेपाल पुलिसका अफिसरहरूले चढाएको श्रदान्जली'।

लिग फुटबल[सम्पादन गर्ने]

नरशम्शेरले नेपाली फुटबललाई विकास गर्ने हो भने लिग फुटबलको आवश्यकतालाई महसुस गरे। नेपाल फुटबल संघको स्थापना चार सालमा नै भइसकेको थियो र उनी नै त्यसका हर्ताकर्ता थिए। तर पहिलो लिग फुटबल सुरू गर्न भने सात वर्ष पर्खिन पर्‍यो। प्रजातन्त्र प्राप्तिका लागि सात सालमा सुरू भएको आन्दोलनले फुटबलमा शिथिलता ल्यायो। आन्दोलन सफल भएपछि फुटबल फेरि लोकपि्रय हुन थाल्यो। फुटबललाई व्यवस्थित र नियमित गर्न २००८ सालमा नेपाल फुटबल सङ्घ गठन भयो। त्यसको सचिव त्रैलोक्यनाथ उप्रेती र कोषाध्यक्षमा जानकीप्रसाद प्रधान दिए। आठ सालमै भएको त्रिभुवन च्यालेञ्ज शिल्ड काठमाडौं बाहिरको जलेश्वर एघारले जित्यो। नौ सालमा बालसखा दलको आयोजनामा देवीमाया मेमोरियल शिल्ड सुरू भयो। राजा महेन्द्रको शुभराज्याभिषेकअघि मात्र त्रिपुरेश्वरमा दशरथ रंगशाला निर्माण भयो। पछि त्यहाँ नै प्रतियोगिताहरू आयोजना हुन थाले। विराटनगरमा ०१८ सालदेखि महेन्द्र गोल्डकप सुरू भयो। त्यस्तै ०२५ देखि नरट्रफीको आयोजना पनि सुरू भयो। उता पहिलो संस्करणको लिग फुटबल महावीर-११ले जित्न सफल भयो। नेपाल फुटबल सङ्घ अस्तित्वमा रहेसम्म यसको आयोजना १५ पल्ट सम्भव भयो।

अखिल नेपाल फुटबल संघले भने २०३२ सालयता यसको आयोजना सुरू गरेको हो। पहिलो लिग फुटबलमा कति टिम सहभागी थिए, महावीर-११ का खेलाडी अमृतमान श्रेष्ठलाई सबै राम्रोसँग हेक्का छैन। तर महावीर-११ समेत पुलिस फोर्स, एनआरटी, ठमेल, आरसीटी, पाटन, महाराजगञ्ज, जेएफसी टिमहरूले त्यसमा प्रतिस्पर्धा गरेको उनी बताउँछन्। त्यो समय बलियो टिम भनेको महावीर, पुलिस फोर्स र एनआरटी थिए। महावीरलाई भने कसैले हराउन सकेन। सिंहदरवारको उत्तरमा रहेको 'ब्लेड घर' अगाडिको मैदानमा प्रतियोगिताको आयोजना भएको थियो। 'विलियार्ड घर' नाम रहे पनि सबैले यसलाई ब्लेड घर नै भन्न रुचायो। यो घरबाट नै श्री ५ त्रिभुवन र श्री ५ महेन्द्रलगायत राणाहरूले फुटबल नजर गर्थे। श्री ५ त्रिभुवन फुटबल भने पछि हुरुक्क हुन्थे। अमृतमान श्री ५ त्रिभुवनका पि्रय खेलाडी थिए। वि.सं. २०१३ सालमा प्रकाशनमा आएको 'फुटबल खेल' नामक कितावमा लेखक कृष्णबहादुर बर्मालाई सन्देश पठाउने क्रममा राजा त्रिभुवनले लेखेका छन्। 'सबै नेपाली युवकहरूले आदर्श खेलाडी बनुन र संसारमा नाम कमाउन। त्यो दिन पनि अब चाँडै आउला, जब नेपाली पनि संसारका खेलाडी सरह होलान, नेपाली युवकहरू हो, खेल, नाम कमाउ, योग्य होउ, संसारमा दाँजिने होउ'। महावीरले लिग जितेपछि डिल्लीबजारमा पूरा टिमलाई सिन्दुर जात्रा गरेर स्वागत गरिएको थियो। त्यो समयको डिल्लीबजार ठूलो थियो, त्यसमा अहिलेको बानेश्वर र ज्ञानेश्वर पनि आउँथ्यो। महावीरको खेल हुँदा पूरा डिल्लीबजार सुनसान हुन्थ्यो र टोलीबासी पल्टेर सिंहदरवार पुग्थ्यो।को खेलाडीले कस्तो खेल्यो भनेर पूरा टोलमा चर्चा हुने अमृतमान बताउँछन्। टिमका अन्य सदस्यहरूमा राइट-हाफ कृष्णबहादुर मानन्धर, लेफ्ट-हाफ नारायण बहादुर क्षेत्री, राइट-आउट नातीबाबु (खड्गमान), राइट-इन राधेश्याम श्रेष्ठ, सेन्टर-फर्वाड नरसम्शेर, लेफ्ट-इन तारकसम्शेर थापा, लेफ्ट-आउट रमेशविक्रम शाह, राइट-फुट हरिगोपाल कारञ्जित, लेफ्ट-फुट शेषराज जोशी तथा गोलरक्षकमा कोमलविक्रम शाह थिए। अहिले यस टिमका पाँच सदस्य मात्र जिवित छन्। त्यो समय रेफि्मा नाम चलेका चन्द्रबहादुर बस्नेत थिए। महावीर-११को स्तरीयतालाई अमृतमान अहिले पनि कतिसम्म गर्व गर्छन भने त्यो टिम विश्वकप खेल्न लायक थियो। महावीरले प्रत्येक खेलको समाप्तीपछि त्यो समय अत्यन्त नाम चलेका धरहरा माइला र तिलहरी माइला दाजुभाईबाट खाजा मगाउँथ्यो।

शुभ-जन्मोत्सवकप[सम्पादन गर्ने]

राष्ट्रिय खेलकुद परिषदले ०३० सालदेखि शुभ-जन्मोत्सवकपको आयोजना गर्‍यो। त्यसको छ वर्षपछि एन्फा कप आमन्त्रण कपका रूपमा विदेशी टिम सहभागी हुने पहिलो प्रतियोगिताको आयोजना पनि सुरू भएको थियो। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा नेपालमा ०३९ सालमा एसियाली युवा फुटबलको समूह एक का खेल भएका थिए। त्यसमा नेपालसहित १३ राष्ट्र सहभागी थिए। शहीद स्मारक लिग वर्ष र विजेताहरू

टिम[सम्पादन गर्ने]

File:AmonCarterField.jpg

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]