सहिद स्मारक बि-डिभिजन लिग
स्वरूप
| देश | |
|---|---|
| टोलीको सङ्ख्या | १२-१६ |
| लेभल पिरामिड | ३ |
| पदोन्नतिमा | सहिद स्मारक ए-डिभिजन लिग |
| पदघटमा | सहिद स्मारक सी-डिभिजन लिग |
| वर्तमान विजेता | रानी पोखरी कर्नर टिम (२०७५) |
| वेबसाइट | आधिकारिक वेबसाइट |
सहिद स्मारक बि-डिभिजन लिग नेपाली फुटबल जगतको दोस्रो दर्जाको राष्ट्रिय फुटबल लिग हो। यस लिगबाट बढुवा भएका टोलीहरू सहिद स्मारक ए-डिभिजन लिग र घटुवा भए सहिद स्मारक सी-डिभिजन लिग लिगमा पुग्ने गर्दछन्। यस लिगलाई अखिल नेपाल फुटबल सङ्घले सञ्चालन गर्ने गर्दछ।
खेल संरचना
[सम्पादन गर्नुहोस्]यस लिगको प्रमुख खेल संरचना भनेको राउन्ड रोविन संरचना नै हो। यस लिगका प्रमुख उत्कृष्ट २ टोलीहरू सहिद स्मारक ए-डिभिजन लिगमा बढवा (पदोन्नति) हुन्छन् भने,अन्तिम दुई कम्जोर टोलीहरू भने रेलिगेसनमा पर्दछन् र सहिद स्मारक सी-डिभिजन लिगमा पुग्द छन्। बाँकी टिमहरू यसै लिगमा यथावत् रहन्छन्। यो ढाँचा स्थिर भएतापनि लिग संरचना हरेक वर्ष अखिल नेपाल फुटबल सङ्घद्वारा परिवर्तन हुने गर्दछ। २०७५ को संस्करण देखि पदोन्नति र पदघट अखिल नेपाल फुटबल सङ्घले खारेज गरेको छ।
पछिल्ला सिजनहरू
[सम्पादन गर्नुहोस्]प्रमोसन इतिहास
[सम्पादन गर्नुहोस्]| सिजन | बढुबा भएका टोलीहरू |
|---|---|
| २०५९[१] | ब्रिगेड ब्वाइज क्लब महावीर युथ क्लब |
| २०६० | मछिन्द्र बहल क्लब बौद्ध फुटबल क्लब |
| २०६२[२] | सरस्वती युथ क्लब |
| २०६४[३] | स्वयम्भू युथ क्लब हिमालयन शेर्पा क्लब बाँसबारी क्लब कोइलापानी पोलिस्टार क्लब |
| २०६६[४] | सङ्कटा क्लब मध्यपुर युवा सङ्घ |
| २०६८[५] | ब्वाइज युनियन क्लब |
| २०७०[६] | ब्रिगेड ब्वाइज क्लब |
| २०७३[७] | च्यासल युथ क्लब |
पदघट इतिहास
[सम्पादन गर्नुहोस्]| संस्करण | घटुवा भएका टोलीहरू |
|---|---|
| २०५९[१] | बाँसबारी क्लब सङ्कटा क्लब 'ख' |
| २०६० | नक्साल युथ एलायन्स |
| २०६२ | घटुवा नभएका |
| २०६४[३] | घटुवा नभएका |
| २०६६[४] | ज्ञान भैरव क्लब सानोगौचन युथ क्लब ब्वाइज स्पोर्ट्स क्लब कुमारी युवा क्लब |
| २०७८[५] | काठमाडौँ क्लब |
| २०७०[६] | विरगञ्ज युथ एकेडेमी क्लब बौद्ध फुटबल क्लब |
| २०७३[७] | सामाजिक युवा क्लब
महावीर युवा क्लब |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "नेपाल २०५९", आरएसएसएसएफ डटकम, अन्तिम पहुँच २०१७-०७-२२।
- ↑ "नेपाल २०६२", आरएसएसएफ डटकम, अन्तिम पहुँच २०१७-०७-२२।
- ↑ ३.० ३.१ "नेपाल २०६४", आरएसएसएफ डटकम, अन्तिम पहुँच २०१७-०७-२२।
- ↑ ४.० ४.१ "गोल नेपाल डटकम - रेड बुल बि-डिभिजन लिग २०६७", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१७-०७-२२। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१८ मिति
- ↑ ५.० ५.१ "गोल नेपाल डटकम - रेड बुल बि-डिभिजन लिग", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१७-०७-२२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-०९ मिति
- ↑ ६.० ६.१ "गोल नेपाल डटकम - रेड बुल बि डिभिजन लिग २०७०", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१७-०७-२२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-०९ मिति
- ↑ ७.० ७.१ "अखिल नेपाल फुटबल सङ्घ", द एन्फा डटकम, अन्तिम पहुँच २०१७-०७-२२।