सामग्रीमा जानुहोस्

रूपक स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूपक स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता
स्थापनासन् १९९३
क्षेत्र नेपाल
समूह सङ्ख्या१०
सबैभन्दा सफल क्लबमलेसिया एम.पी.के.बी क्लब
नेपाल नेपाल पुलिस क्लब
(१ उपाधि)

रूपक स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता एक नेपाली नकआउट फुटबल प्रतियोगिता हो ।यो फुटबल प्रतियोगिता काठमाडौंको दशरथ रंगशालामा सन् १९९३बाट सुरू भएको थियो।पहिलो संस्करण १९९३ मा र दोस्रो संस्करण १९९५ मा सञ्चालन भएको थियो।तर त्यस पछि भने यस प्रतियोगिताको कुनै पनि अन्य संस्कर सञ्चालन भएको छैन।

१९९३ को पहिलो ससंस्करण मलेसियाको एम पि बि क्लबले जित्न सफल भएको थियो भने १९९५ को दोस्रो संस्करण भने नेपाली क्लब नेपाल पुलिस क्लबले जितेको थियो।यस्तै रदुवै संस्करणको फाइनल सम्मको यात्रा तय गरेको रानीपोखरी क्लबले दुवै पटक उप-विजेताका रूपमा चित्त बुझाउन परेको थियो।

सन् १९९३बाट सुरूवाट भएको यस प्रतियोगिताको पहिलो र दोस्रो संस्करण मात्र सञ्चालन हुन पुगेको थियो ।१९९३ सेप्टेम्बर १६ देखि ६ अक्टोबर १९९३ सम्म पहिलो संस्करण चलेको थियो।विदेशी ४ सहित नेपाली ६ टोली गरी जम्मा १० टिमको सहभागीता रहेको उक्त प्रतियोगिता मलेसियाको एम पि बि क्लबले जित्न सफल भएको थियो भने १९९५ को दोस्रो संस्करण भने नेपाली क्लब नेपाल पुलिस क्लबले जितेको थियो।दुवै संस्करणको फाइनल सम्मको यात्रा तय गरेको रानीपोखरी क्लबले दुवै पटक उप-विजेताका रूपमा चित्त बुझाउन परेको थियो।

विजेताहरू
संस्करणवर्षविजेताउपविजेताफाइनल नतिजा
पहिलो१९९३मलेसिया एम.पी.के.बी क्लबनेपाल आरसीटि क्लब१-०
दोस्रो१९९५नेपाल नेपाल पुलिस क्लबनेपाल आरसीटि क्लब४-१

उत्कृष्ट नतिजाहरू

[सम्पादन गर्नुहोस्]
क्लबगत उत्कृष्ट नतिजाहरू
क्र.स.क्लबविजेताउपविजेताविजेता वर्ष
१.मलेसिया एम.पी.के.बी क्लबसन् १९९३
२.नेपाल नेपाल पुलिस क्लबसन् १९९५
३.नेपाल आरसीटि क्लब

पुरस्कार राशि

[सम्पादन गर्नुहोस्]
सन् १९९५ को अनुसार पुरस्कार राशि
  • प्रथम पुरस्कार :- रू.१,००,०००|-
  • दोस्रो पुरस्कार :- रू.५०,०००|-

पुरस्कारको रूपमा यस प्रतियोगिता विजेता तथा उपविजेतालाई नगद पुरस्कारका साथमा मेडल,प्रमाण-पत्र तथा ट्रफी पनि प्रदान गरिएको थियो ।

    ढाँचा:रूपक स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता