बि.सं १८९० को नेपाल-भारत भूकम्प
स्थानीय समय | 26 August 1833 |
---|---|
स्थानीय समय | 22:58 NPT |
म्याग्निच्युड | 7.6–7.9 ṃ[१] |
अधिकेन्द्र | २७°४२′N ८५°४२′E / 27.7°N 85.7°E[२] |
हलचल | Main Himalayan Thrust |
प्रकार | Thrust[३] (Blind) |
प्रभावित क्षेत्र | Nepal, India & Tibet |
अधिकतम् तीव्रता | X (Extreme) |
Foreshocks | 2 |
पराकम्पनहरू | Yes[३] |
मानवीय क्षति | ~500 dead |
संवत् १८९० साल अधिक भाद्र शुदी १२ का रातको १०:५८ [४]स्थानिय समय भूकम्प गयो। त्यो रात २३ पल्ट भूकम्प गयो। यो भूकम्प उत्तरमा भोट कुतीसम्म, पूर्वमा विजयपुरसम्म, पश्चिममा गोरखासम्म र दक्षिणमा मकवानपुर सम्म गयो। भूकम्पले नेपाल, उत्तरी भारत र तिब्बतका धेरै शहर र गाउँहरूमा ठूलो क्षति पुर्यायो। भूकम्पको धक्का बंगलादेशको चटगाउँमा पनि महसुस गरिएको थियो।
त्यहाँदेखि रोजरोज दिनको ४०/५० फेरा भूकम्प हुँदा राजा, मन्त्री, भारदारहरू सबै डरले आआफ्ना बगैंचामा पाल टांगी बसे। दुनियाँहरू पनि घरमा बसेनन्। तीन शहर गाउँ गाउँ सबै ठाउँमा घर देवल, सत्तल, पाटीहरू धेरै भत्के। ठिमीमा र भक्तपुरमा ज्यादा भूकम्प गई धेरै घर भत्केकाले मानिस मर्ने र घाउ लाग्ने धेरै भए। त्यस्तो हुँदा पनि श्री पशुपतिनाथ, श्री गुह्रेश्वरी, ललितपुरका चण्डेश्वरी, पूर्णचण्डी त मौननाथ यति देवताका देवालयमा झुण्डाइराखेको घण्टा पनि हल्लिएन।
यस्तो बिध्न हुँदा राजा र मन्त्री भादगाउँ गई प्रजाहरूलाई माया गरि खातिरजामाको हुकुम गरेर चाहिँदो अन्न, वस्त्र र धनहरू दिई फिरे।
क्षति
[सम्पादन गर्नुहोस्]भूकम्पले कति नोक्सान भयो भनी मन्त्री जनरल भीमसेन थापाले जचाउँदा निम्न लेखिए बमोजिम ठहरियो।
काठमाडौं शहर
[सम्पादन गर्नुहोस्]
जम्मा घर भत्केको ६४३
सिंगै घर भत्केको ३६५
छाना मात्र भत्केको १०
सत्तल भकेको ३
पाटी भत्केको ५
ढोका भत्केको २
धरहरा भत्केको २ सिंगै भत्केको १, माथिको १ तला मात्र खसेको १
टुँडिखेलको ठूलो श्री जगन्नाथको देवालय सिँगै भत्केको १
मानिस परेको ५२
मरेको जना २२ घाइते जना ३०
बागमतीका पुलको पर्खाल १९/२० हात जति खसेको
त्रिपुरेश्वरका देवालयको माथिल्ला तलाको गाह्रो भत्केक देखियो।
पाटन शहरमा
[सम्पादन गर्नुहोस्]जम्मा घर भत्केको ८२४
सिंगै घर भत्केको ३६५
छाना मात्र भत्केको ९८
कौसी खसेको २२
आधा घर भत्केको ११०
सत्तल भकेको ३७४
देवालय भत्केको १७
पाटी भत्केको १४
मानिस परेको २ मरेको जना १ घाइते जना १
भादगाउँ शहरतर्फ
[सम्पादन गर्नुहोस्]जम्मा घर भत्केको २७४७
किल्ला भत्केको ३११
छाना भत्केको २०४
आधा भत्केको ९७१
कौसी भत्केको ११८६
जम्मा घर २७० मा बस्ने जाहानका जाहानै परेका मानिस जना १६१६,
त्यस मध्ये मरेका १७७
घाइते जना २५२,
बाँकी सन्देह जना १६०२ भए।
साँखुमा
[सम्पादन गर्नुहोस्]बनेपामा
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- विसं १८९० को महाभूकम्प
- विसं २०७२ को महाभूकम्प
- विसं २०४५ को भूकम्प
- विसं २०६८ को भूकम्प
- भूकम्प
- नेपालमा भूकम्पको इतिहास
- विसं २०७२ वैशाख २९ को भूकम्प
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ L. Bollinger; P. Tapponnier; S. N. Sapkota; Y. Klinger (२०१६), "Slip deficit in central Nepal: omen for a repeat of the 1344 AD earthquake?", Earth, Planets and Space 68: १२, डिओआई:10.1186/s40623-016-0389-1, बिबकोड:2016EP&S...68...12B – Earth Observatory of Singaporeद्वारा।
- ↑ Nicholas Ambraseys (२००४), "Three little known early earthquakes in India", Current Science (Current Science Association) 6 (4): 506–508, जेएसटिओआर 24107899, अन्तिम पहुँच २५ जुलाई २०२१।
- ↑ ३.० ३.१ Bilham, Roger (२०१९), "Himalayan earthquakes: a review of historical seismicity and early 21st century slip potential", Geological Society, London, Special Publications 483 (1): 423–482, डिओआई:10.1144/SP483.16, बिबकोड:2019GSLSP.483..423B, अन्तिम पहुँच २३ अप्रिल २०२१।
- ↑ "Significant Earthquake Information NEPAL: KATHMANDU; INDIA: BIHAR", NGDC, मूलबाट २०२२-०३-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ डिसेम्बर २०२०।