ठिमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ठिमी एतिहासिक सहर हो । यो काठमाडौंबाट १० कि.मी. पूर्व र भक्तपुर नगरबाट ३ कि.मी. पश्चिममा अवस्थित छ। प्राचिन साँस्कृतिक सम्पदा र परम्परगत कला कौशलको धनी नगर ठिमी किराँत कालमा निर्माण गरिएको हो । भक्तपुर जिल्लामा अवस्थित यो सहर आफ्नै विशिष्टिकृत परम्परा, जात्रा, पर्व लोक नृत्य र संगीतको लागि प्रसिद्ध छ । त्यसै गरी सेरामिक्स, टेराकोटा र हस्तकला एवं उपत्यकाकै तरकारी उत्पादनको केन्द्रको रूपमा पनि ठिमीको प्रसिद्धी रहेको छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "भक्तपुर जिल्लामा रहेका ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थलहरु", ddcbhaktapur.gov.np