वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल सरकारको बैज्ञानिक अनुसन्धान, वातावरणीय संबर्धन तथा प्रविधिको उचित प्रयोग सम्बन्धित कार्यहरू गर्ने मुख्य कार्यालय हो। विज्ञान तथा प्रविधिको विकास र विस्तार एवं वातावरण व्यवस्थापनको निमित्त यस मन्त्रालयले मुख्यतः प्रबर्द्धक, सहजकर्ता र नियामकको रूपमा भूमिका निर्वाह गर्दै आईरहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

वि.सं. २०३३ साल (इ.सं. १९७६)मा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद् र वि.सं.२०३९ (इ.सं. १९८२)मा नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको स्थापना भयो। विज्ञान तथा प्रविधिको उचित विकासका लागि अनुकूल वातावरण सृजना गरी नेपालको विकास कार्यमा विज्ञान तथा प्रविधि सम्वन्धी कार्य गर्न सबै निकायहरूबीच समन्वय ल्याउन र तत्सम्वन्धी क्रियाकलाप प्रभावकारी रूपमा अगाडि बढाउन वि.सं.२०५३ साल जेठ २ गते विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना भई कार्यरत रही आएकोमा नेपाल सरकारको मिति २०६१-१२-१०को निर्णय अनुसार तत्कालीन जनसङ्ख्या तथा वातावरण मन्त्रालय खारेज गरी सो मन्त्रालयको वातावरण महाशाखालाई यस मन्त्रालयमा गाभे पश्चात् मन्त्रालयको नाम "वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय" भएको हो।

उद्देश्यहरू[सम्पादन गर्नुहोस्]

  • विज्ञान तथा प्रविधि क्षेत्रको अनुसन्धानात्मक क्रियाकलापको विकास र पर््रवर्द्धनको माध्यमबाट नयाँ प्रविधिको पहिचान गर्ने एवं अनुसन्धानवाट उपयुक्त र नयाँ प्रविधिको विकास गरी गरिवी निवारण सम्वन्धी राष्ट्रिय उद्देश्य प्राप्तिमा योगदान पुर्‍याउने।
  • परम्परागत प्रविधिको विकास र प्रवर्द्धन गर्ने।
  • विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत वौद्धिक वर्गलाई उपयुक्त अवसरको श्रृजना गरी प्रोत्साहीत गर्ने।
  • वातावरण संरक्षण एवं सर्म्बर्द्धनको लागि नीति, रणनीति, योजना तथा कार्यक्रमहरूको तर्जुमा, कार्यान्वयन तथा अनुगमन गर्ने।
  • वातावरण क्षेत्रमा भएका अर्न्तराष्ट्रिय प्रतिबद्धता एवं सन्धि अभिसन्धिहरूको सम्बन्धमा राष्ट्रिय सर्म्पर्क विन्दुको रूपमा कार्य गर्ने।
  • वातावरणको क्षेत्रमा अध्ययन, अनुसन्धान, र्सर्वेक्षण एवं प्रदूषण नियन्त्रणको लागि कार्यहरू गर्ने।
  • विकास कार्यहरूलाई वातावरण-मैत्री बनाई वातावरणीय दिगोपनाको सुनिश्चितता गर्ने।

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्नुहोस्]

नेपाल सरकार (कार्य विभाजन) (दोस्रो संशोधन) नियमावली, २०६१ अनुसार वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्पादन गर्नुपर्ने कार्यहरू निम्न विषयहरूसँग सम्बन्धित रहेका छन्।

  • वातावरण सम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा एवं कार्यान्वयन,
  • वातावरण विषयक, अध्ययन तथा अनुसन्धान, सर्वेक्षण, तालीम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार र सम्मेलन,
  • वातावरण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्पर्क, समन्वय,
  • प्रदूषण नियन्त्रण, वातावरण संरक्षण र सन्तुलन,
  • वातावरण विषयक प्रकाशन एवं प्रचारप्रसार आदि,
  • सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूद्वारा कार्यान्वयन गरिएका वातावरण सम्बन्धी
  • कार्यक्रमहरूको नियमित तथा आवधिक मूल्याङ्कन र समीक्षा,
  • वातावरण सम्बन्धी जनशक्तिको तयारी,
  • विज्ञान तथा प्रि वधि सम्बन्धी नीति, योजना तथा कार्यक्रमहरूको तर्जुमा एवं कार्वान्वयन,
  • विज्ञान तथा प्रविधिको विकास तथा विस्तारका कार्यक्रमहरू,
  • विज्ञानको क्षेत्रमा भएका प्रगतिहरूको अन्वेषण र अनुसन्धान,
  • प्रविधिको क्षेत्रमा हासिल गरेका उपलव्धिहरूको अन्वेषण र विश्लेषण,
  • वैकल्पिक उर्जा विकास,
  • विज्ञान तथा प्रविधिवारे विश्वविद्यालयहरूसँग सर्म्पर्क र समन्वय,
  • विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्रीहरूको उत्पादन, आपूर्ति र व्यवस्थापन,
  • अत्याधुनिक प्रविधि विषयक तथ्याङ्क सङ्कलन र र्सर्भेक्षण,
  • विज्ञान तथा प्रविधि विषयक राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार र गोष्ठीहरू,
  • विज्ञान एवं प्रविधि विषयक द्विपक्षीय र बहुपक्षीय सम्झौता एवं समझदारी पत्रहरू,
  • विज्ञान तथा प्रविधि विषयक अन्तर्राष्ट्रिय संस्थाहरूसँग सर्म्पर्क तथा समन्वय,
  • नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान,
  • विज्ञान तथा प्रविधि परिषद्,
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला,
  • जल तथा मौसम विज्ञान विषयक अध्ययन, अनुसन्धान र भविष्यवाणी,
  • सूचना प्रविधिको विकास तथा विस्तार र
  • प्लानेटेरियम, वेधशाला र विज्ञान सङ्ग्रहालय सम्बन्धी।

मन्त्रालय अर्न्तर्गतका निकायहरू[सम्पादन गर्नुहोस्]

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

नेपाल सरकार
विज्ञान तथा प्रविधि मन्त्रालय
सिंहदरवार, काठमाडौँ, नेपाल
फोन: ४२११६६१, ४२११७०९ ४२११८६०, ४२११६१७, ४२११६९८, ४२११६४१, ४२११७३४
फ्याक्स: ४२११७५४
ईमेल: info@most.gov.np

आधिकारीक वेवसाईट[सम्पादन गर्नुहोस्]

www.most.gov.np वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-१७ मिति