ओम अस्पताल
स्वरूप
![]() | |
व्यवसाय प्रकार | निजी |
|---|---|
| उद्योग | स्वास्थ्य संस्था |
| स्थापित | विसं २०४७ |
| केन्द्रीय कार्यालय | काठमाडौँ, नेपाल |
मुख्य व्यक्ति | डा. भोला रिजाल, संस्थापक अध्यक्ष डा हरीकिशोर श्रेष्ठ, कार्यकारी निर्देशक |
| सेवाहरू | पूर्ण स्वास्थ्य सेवा |
| वेबसाइट | |

ओम अस्पताल तथा अनुसन्धान केन्द्र काठमाडौँमा अवस्थित एक अस्पताल हो। यो नेपालका प्रमूख अस्पताल मध्य एक हो। स्त्री तथा प्रशुती रोगको उपचारमा निकै ख्याती कमाएको यो अस्पतालले टेष्ट ट्युब बच्चा को सेवा सुरू गरेपछि झन् बढी चर्चित बनेको हो। यो नेपालमा पहिलो टेष्ट ट्युब बच्चा सफल रूपमा जन्माउने अस्पताल हो।[१][२] नेपालको पहिलो सफल टेष्ट ट्युब बच्चा ओम मणि (अस्पतालकै नामबाट नामाकरण भएको) को जन्म मार्च ३, २००५ मा इन भिट्रो फर्टिलाईजेशन (IVF) प्रविधिबाट भएको थियो।[३]
ओम अस्पतालको स्थापना ८ बेड तथा ३ जना डाक्टरका साथ विसं २०४७ मा ओम नर्सिङ होमको नामले भएको थियो। विसं २०५२मा काठमाडौँको कमलपोखरीमा ओम अस्पताल तथा अनुसन्धान केन्द्र प्रा लिको नामले दर्ता गराईयो। हाल यो अस्पताल काठमाडौँको चावहिलमा अवस्थित छ ।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Test tube Miracle अभिलेखिकरण २०१४-०९-२३ वेब्याक मेसिन The Himalayan Times, 28 September, 2012
- ↑ Test-tube baby services at Maternity Hospital[स्थायी मृत कडी] Gorkhapatra Daily
- ↑ Faith made Om Mani Nepal's 1st test-tube baby अभिलेखिकरण २०१५-०६-१० वेब्याक मेसिन My Republica 10 December, 2009
