खड्ग निशान अड्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खड्ग निशान अड्डा
खड्ग निशान अड्डा
उत्तराधिकारीप्रधानमन्त्रीको कार्यालय
गठन१९-
संस्थापकश्री ३ महाराज चन्द्र शमशेर
विघटन२००७ फागुन ७
प्रकारसरकारी अड्डा
लक्ष्यप्रधानमन्त्रीको कार्यालय
प्रधान कार्यालयकाठमाडौँ
मूल सङ्गठनहरू
प्रधानमन्त्रीको कार्यालय
वेबसाइटhttps://www.opmcm.gov.np/

२००७ सालभन्दा अघि राणाकालीन प्रशासनमा प्रधानमन्त्री कार्यालयलाई खड्ग निशान अड्डा भनिन्थ्यो। यसको स्थापना श्री ३ महाराज चन्द्र शमशेरले गरेका हुन् । व्यवस्थापिका, कार्यपालिका , न्यायपालिका , रक्षा, परराष्ट्र र प्रशाशन यसै कार्यालय अन्तर्गत आउने भएकाले , यो कार्यालय निकै शक्तिशाली र अधिकार सम्पन्न थियो ।[१] मुलुकी ऐन सरह फुटकर विषयको मुलुकी सवाल जारी हुन्थ्यो । त्यस्तोमा श्री ५ को लालमोहर नभई, श्री ३ को खड्ग निशाना लाग्थ्यो ।

नेपाल सरकार बैधानिक कानुन २००४ मा व्यवस्था[सम्पादन गर्नुहोस्]

नेपाल सरकार वैधानिक कानुन २००४ को धारा ३७ उपधारा क अनुसार "व्यवस्थापक सभाबाट स्वीकृत भएको कानूनको मसौदामा श्री ३ महाराजबाट सदरगरिबक्सी खङ्गनिशाना लागेपछिमात्र कानून वत्रेछ ।" [२] उल्लेख छ ।

प्रजातन्त्र स्थापना पछि[सम्पादन गर्नुहोस्]

सात सालको क्रान्ति पछि नेपालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय को स्थापना भयो र मोहन शमशेर पहिलो प्रधान मन्न्री बने ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. daudaha (inspection the ranas
  2. नेपाल सरकार बैधानिक कानुन, २००४ , कानुन आयोग

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]