भीमदत्त पन्त

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भीमदत्त पन्त
सहिद श्री भीमदत्त पन्त
व्यक्तिगत विवरण
जन्म१९२६ A.D. (१९८३ BS मंगसिर १०)
अमरगढी, डडेल्धुरा जिल्ला, नेपाल
मृत्यु१९५३ A.D. (२०१० BS श्रावण १७)
जोगबुढा, डडेल्धुरा जिल्ला, नेपाल
बुवातारानाथ पन्त
नातेदारभाइ यदुनाथ पन्त
पेशाक्रान्तिकारी नेता, किसान नेता

भीमदत्त पन्त नेपालका एक शसक्त राजनीतिक कर्मी हुन् । कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो भन्दै सशक्त रुपमा किसान आन्दोलन गरेका भीमदत्त पन्त किसान नेताका रुपमा परिचित छन् । [१]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

भीमदत्त पन्तको जन्म तारानाथ पन्तका छोराका रूपमा डडेलधुराको घटाला कारीगाउँमा(हाल आमारगढी न.पा.-१) वि.सं. १९८३ साल मंसिर १० गते सरस्वती देवीको गर्भबाट भयो। उनी १५ वर्षको उमेरमा भारतको सिंघाईबाट म्याटि्रक पास गरेर नेपाल फर्के। डडेल्धुराको विरखन भन्ने ठाउँमा संस्कृत पाठशाला खोले। त्यसपछि उनले तल्लो सोरठ र रूपालमा पनि पाठशाला खोले। २००१ सालमा भारत पढ्न गएका पन्त अङ्ग्रेज हटाउने आन्दोलनमा लाग्दा पक्राउ परी २००३ सालमा छुटे।

राजनीतिक यात्रा[सम्पादन गर्ने]

नेपाल फर्केर २००६ सालमा नेपाली कांग्रेस पार्टीको सदस्यता लिए। २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि काङ्ग्रेस पार्टी छाडे। त्यसपछि कम्युनिष्ट पार्टीतिर लगाव राख्दै गरेका पन्तले २००९ सालमा काठमाडौं आएर पार्टीसँगै सम्पर्क गरे। सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने पहिलो व्यक्ति पनि भीमदत्त पन्त नै थिए । अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरेका थिए । गरीब दलित जनजाती किसानहरुलाई संगठित गरी राणा बिरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहृयो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको ब्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनि राणासँग मिलेर बनाएको सरकारको बिरोध गरे । परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरु संगठित गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपिसंह दुई जना सेनाका कमान्डर थिए ।[२]


राजनीतिक गतिविधि[सम्पादन गर्ने]

‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्दै सशक्त रुपमा किसान आन्दोलन गर्ने विद्रोही नेता भीमदत्त पन्तले किसानको हक हितका बारेमा आवाज उठाएका थिए । नेता पन्तले त्यति बेलाका गरीब सर्वसाधारणले नुन समेत खान नपाएको देखेर नुन आन्दोलनको समेत घोषणा गरेका थिए । कञ्चनपुरको ब्रह्मदेवमा रहेको गोदामबाट गरीबहरुलाई नुन वितरण गरेक थिए ।

उनी जसको जोत उसको पोत, कमैया प्रथा उन्मूलन आदिमा लागे ।

मृत्यु[सम्पादन गर्ने]

भिमदत्त पन्तलाई फासी दिइएको थिएन तर उनका साथीले धोका दिएका थिए । उनलाई डडेलधुरा जिल्लाको जोगबुढाको बिर्खमको जंगलमा गोली हानी मारिएको थियो । पन्त लुकको ठाउँ उनकै साथीले देखाएका थिए । उनलाई मार्न भारत बाट समेत सैनिक बोलाईएको थियो ।

उनलाई २०१० साल श्रावण १७ गते पक्राउ गरियो र भोलिपल्ट स्थानीय सामन्तीहरूको मदतमा सिपाहीद्वारा टाउको काटेर मारियो । पछि उनको टाउको काटि डडेलधुराको चोकमा झुन्ड्याइएको थियो । भिमदत्त पन्तको मृत्युले पुरै गाउँ शोकमा ढुबेको थियो

विश्लेषण[सम्पादन गर्ने]

किसान नेता पन्तले गरेका आन्दोलनबारे खोज गरेर प्रकाशन भएका पुस्तकहरुमध्ये लेखक तथा प्राध्यापक कल्याण ओझाको २०६३ मा प्रकाशित शहीद भीमदत्त पन्त नामक कृति निकै सान्दभिर्क देखिन्छ । उक्त कृतिमा उल्लेख भए अनुसार अन्याय र भेदभाव सहन नसक्ने स्वभावका भीमदत्त पन्तले २००७ साल देखि नै आन्दोलनको सुरुवात गरेका थिए । उठ जाग रे, नेपाली नवजवान जागरे, नेपालमा तमु म, नेपाल देशलाई स्वतन्त्र बनाँउ रे आदि उनका देशभक्ति गीत पनि रहेको उनका दाजु यदुनाथ पन्त बताउनुहुन्छ । त्यस्तै स्थानीय भाषाको बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरीबका दिन आया ठालुको काल आयो भन्ने उनको चचिर्त गीत रहेको पन्त अझै सम्झना गर्नुहुन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]