अमरगढी किल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अमरगढी किल्ला अमरगढी नगरपालिकामा रहेको ऐतिहासिक किल्ला हो। त्यसैले यस अमरगढी नगरपालिकाको नामाकरण राष्ट्रिय बिभुती अमरसिंह थापाले बनाएको अमरगढीको किल्लाकै नाममा राखिएको छ। डडेलधुरा बजार जुन डडेल्धुरा जिल्लाको सदरमुकाम पनि हो।। अमरगढी महाकाली अञ्चल मा पर्दछ। नगरको जनसङ्ख्या १९,०१५ रहेको छ। अमरगढीको टेलीफोन कोड नं.०९६ हो।

ऐतिहासिक पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

अमरगढी किल्ला डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा रहेको छ। यो किल्ला रहेको उचाई अन्दाज ६५०० फिट छ। यसको निर्माण राजा रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संचालित नेपाल एकिकरणको शिलसिलामा बिक्रम संम्बत १८४७ भाद्र १३ गते आइतबारको दिन सेती नदीको नारीदाङमा कप्तान रणविर खत्रीको नितृत्वमा आएका दश कम्पनिका गोरखाली सैनिक जवान र डोटेली सैनिक को विचमा घमसान युद्ध भयो। सो युद्धमा गोरखालि फौजिका सामुन्य डोटेली फौज पराजित भइसकेपछी डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र भु-भागको सुशानलाई सुदृढ र विस्तार गर्नको लागि अमरसिंह थापा यस क्षत्रको प्रथम प्रशासनको रूपमा नियुक्ति भएर आए । उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएको हुन्। यो किल्लाको निर्माण भइसकेपछी सरदार अमरसिंह थापा काजी जगतजित पाण्डे, कप्तान गोलैया कप्तान रणविर खत्री सुब्बा आदि सैनिक कमाण्डरहरूले यस अमरगढी किल्लालाई आधार किल्ला कायम गरी कालि कुमाउ सर गर्ने कार्य गर्दा विचबाटोमा घौलि थानेर रङगयौलीमा कुमाउको राजा मोहन चन्दको फौजले गोरखाली फौज माथि एक्कासी आक्रमण गरी दियो। यसवेला गोरखाली सैनिक सजक नभएको कारण फलत : गोरखाली फौजिको पराजय भयो। तर केहि समय पछि उ पुन: कालि कुमाउ तर्फ अगाडि सरो। गोर्खाली सैनिकको अपर्व प्रदशनले स्वयम अमरसिंहको रणकुसलताले गोर्खालि सौनिकको विजय भयो। विजय अभियानको समाप्ति पछि अमरगढी किल्लाको माताहातमा रहने गरी एउटा किल्ला (छाउनि) कुमाउमा राखिएको थियो। यो विशाल किल्लाकै कारण १८७३ को अङ्ग्रेज सितको लडाईमा महाकाली वरिको संरक्षण भयको थियो। यसरि ऐतिहासबाट के प्रष्ट हुन्छ भने १८७४ पछिको नेपाल को सार्वभौमिकतामा यस कोल्लाको सामरिक महत्त्व पनि धेरै छ। अमर सिंह थापाद्वारा निर्माण गरियको विशाल ढुङगे किल्लाको निर्माण कलात्मक तहेको र चारै तिर ढुङगाले बनाईएको उक्त किल्ला भित्र गुफाहरु बनाईएको छन। शत्रुलाई छल्ने अनेक युद्ध सफलताको सैनिक सस्रप्रयोग र शत्रुद्धारा आएका सस्रनिरोध गर्ने मार्गहरूको निर्माण गरएको छ।आज भोलि किल्ला माथि ठुलाठुला वृक्षहरूको उत्पतिले किल्लाको एतिहासिक गौरब अझै झल्किन्छ भने किल्लाको विचभगमा उग्रभैरवको मन्दिर प्रतिस्थापन भएबाट यसको धार्मिक र सामरिक महत्त्व झल्किन्छ।

ऐतिहासिक किल्ला अमरगढी नेपाल एकीकरणका क्रममा अमर सिंह थापाले स्थापना गरेको प्रमुख प्रशासकीय किल्ला हो अमरगढी किल्ला । नेपाल एकीकरण अभियानका महत्त्वपूर्ण पात्र काजी अमरसिंह थापाको वीरताको गाथा बोकेको अमरगढी किल्ला डडेलधुरामा अवस्थित छ । काजी अमर सिंह थापाले उक्त किल्लालाई आधार शिविर बनाएर नेपाल एकीकरण अन्तर्गत पश्चिम नेपालको विजय अभियान सञ्चालन गरेका थिए । डडेलधुरा जिल्ला को सदरमुकामको सिरानमा अवस्थित अमरगढी किल्ला ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । उक्त किल्ला कै नामबाट अमरगढी नगरपालिकाको नामकरण गरिएको छ । उक्त किल्ला ऐतिहासिक दृष्टिकोणले मात्र नभै राजनीतिक, सांस्कृतिक, धार्मिक, सामाजिक एवं पुरातात्त्विक दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । किल्लाभित्र राखिएका सबै पुराना हातहतियारहरु सबै गाएब भएका छन् । अमरगढी किल्लाको नेपाली सेनाको टुकडीले सुरक्षा गर्दै आएको भए पनि यसको उचित मर्मत-सम्भारका लागि सम्बन्धित पक्षबाट ध्यान दिइएको पाइँदैन ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]