भागेश्वर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भागेश्वर
—  गाउँ विकास समिति  —
भागेश्वर Nepal-এ অবস্থিত
भागेश्वर
भागेश्वर
नेपालको नक्सामा भागेश्वर
निर्देशाङ्क: २९°१९′उत्तर ८०°२४′पूर्व / २९.३२° उत्तर ८०.४०° पूर्व / 29.32; 80.40निर्देशाङ्क: २९°१९′उत्तर ८०°२४′पूर्व / २९.३२° उत्तर ८०.४०° पूर्व / 29.32; 80.40
देश  नेपाल
अञ्चल महाकाली अञ्चल
जिल्ला डडेलधुरा जिल्ला
जनसङ्ख्या (२०५८)
 - जम्मा ३,४०२
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

भागेश्वर नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित गाउँ विकास समिति हो ।भागेश्वर देवताको नामले भागेश्वर गाउँ विकास समितिको नामाकरण भएको हो | यहाँ भागेश्वर देवताको बारेमा जान्नु जरुरि भएको कारण भागेश्वरको बिषयमा केही चर्चा र यथार्थता यस्तो छ |

भागेश्वर देवताको परिचय[सम्पादन गर्ने]

भागेश्वर शिवजीका “फुटलिङ्ग” मानिन्छन् । यी डडेल्धुरा जिल्लाका ५ गाउँ विकास समितिको बीचमा रहेको २००२ मिटर अग्लो शिखरमा छन् । यस धुराको पश्चिममा रुपाल गाउँ विकास समिति, पश्चिम उत्तरमा भागेश्वर गाउँ विकास समितिको वार्ड नम्बर ४ उत्तरमा वगरकोट गाउँ विकास समिति, पूर्वमा गाङखेत गाउँ विकास समिति र दक्षिणमा शीर्ष गाउँ विकास समितिको वार्ड नम्बर २ पर्दछन् । यस स्थानमा २२ पाटा कुमाऊँ २२ मढ तथा २२ गाउँबाट धुपपोखल आएर भागेश्वरको पूजाआजा गर्ने चलन रहेकोछ । २२ गाउँको ढुङ्गा, पाथर, काठ, नगदजिन्सी र मिस्त्री सहितका बस्तु ल्याएर भागेश्वरको मन्दिर निर्माण सहितका काम गर्नुपर्दछ । यहाँ भागेश्वर देवताको देउरो पनि २२ स्थानबाट आउ“छ । भागेश्वरसँग पासो, कैलपाल, कनवेताल हुन्छन् । पासो देवता भागेश्वरको प्रमुख द्वारपाल हो । कालशैन, घटाल र विभिन्न स्थानका भागेश्वर देवताको गाँज÷देउरो भागेश्वरको जाँतमा आउ“छ । भागेश्वर देवता दुई पटक पूजिन्छन् । श्रावण शुक्लपूणर््िामा तथा रक्षावन्धनका दिन दिउँसो पूजिन्छन र कार्तिक शुक्लवैकुण्ठचर्तुदशीका दिन राती पूजिन्छन् । यस स्थानमा सिराडका पूजाराले पूजाको व्यवस्थापन गर्नु पर्ने र चटौत ब्राह्मणले पूज्नु पर्ने नियम छ । यहाँ कश्यप गोत्रीय चटौत ब्राह्मणबाट पूजापाठ रुद्री लगाउँने गरिन्छ भने पूजारा थरका जैशी ब्राह्मणबाट सबै कुराको व्यवस्थापन गर्ने गरिन्छ । चिपुर मणको विष्ट भागेश्वरको द्वार (ढोका) मा “नाङ्गो खुकुरी” लिएर उभिन्छ । भागेश्वरको पूजामा आएको धुप, पोखल रुपालको मडै (क्षेत्रीजाति) बाट जम्मा गर्ने व्यवस्थापन गर्ने गरिन्छ । यहाँको भागेश्वर देवता गुणाकर जोशी र कमलाकर भाटले काँसीबाट ल्याएका हुन् । भन्ने मान्यता छ । गुणाकरजोशी र कमलाकर भाटका सन्तानले कर्ताको रुपमा यज्ञमा बस्नु पर्दछ । यस सन्तानकाहरुको अनुपस्थिति (जुठोसुत्केरो) भएको खण्डमा टाँटर गाउँ विकास समितिको टाँटर गाउँका जोशी र निरोला भण्डारी ब्राह्मणले कर्ताको रुपमा यज्ञमा बस्नु पर्दछ । पूजा शुद्ध पवित्र वस्तु गाईको दूध गंगाको जल पँयलो रङ्ग मात्र चाहिने भएको र रातो रंग भागेश्वरलाई नचढ्ने भएका कारण श्रीखण्डको चन्दनबाट पूजा हुने गर्दछ । भागेश्वरको उत्पति ग्वान्नीका त्रिवड भन्ने दलितजातिको गोठमा कैलुगाईबाट भएको हो भन्ने पनि किवदन्ती छ । रुपालका भारद्वाज गोत्रीय जोशीको बोल भागेश्वरको अवोल भन्ने चलन छ । भागेश्वरलाई पहिला दर्शन रुपाली भारद्धाज गोत्रका जोशीको भएपछि मात्र अन्य नागरिकको दर्शन भागेश्वरलाई हुन्छ । भागेश्वरको पक्षशाला २२ खाम छन् । भागेश्वरको उत्पति नभएको समयमा पाण्डवहरु वनबासकोलागि भागेश्वरको धुराहुँदै जाँदा त्यस धुरामा पानी देखिएन् । त्यसपछि त्यस धुरामा अर्जुनले खड्क प्रहार गरेर पानी निकालेका हुन् । यो पानी निकालेको भनिने जललाई काँसीको जल भन्ने चलन छ । गँगोत्रीको जल मानेर यसै जलले भागेश्वरको पूजा गर्ने गरिन्छ । यस जलको न्वालालाई खड्के न्वालो भन्दछन् । लाकमको कुमैयाँ जोशी (जैसी ब्राह्मण) लठ्ठी लिएर भागेश्वरको द्वारमा कलिन्छ । कालशैनी देवता भागेश्वर भित्रको देवता हो । भागेश्वरको रतीघाट भन्ने स्थानमा पनि पूजा हुने गर्दछ । यो स्थान रुपाल गाउँ विकास समिति ३ नौतडीका भारद्वाज गोत्रीय जोशी ब्राह्मणको जग्गामा पर्दछ । भागेश्वर आएको कालिका देवीले देखेकीहुन् । त्यसैले कालिका भागेश्वरभन्दा पहिलेकी मानिन्छन् । डोटी पालराज्य बिजयगरेपछिकत्युरी राजवंशका पाल राजाका पुरोहित ज्योतिष गणपतिज्योतिष गुणाकर (ब्राहमण)का कुलदेवता प्राचीन (शिव) बागेश्वर जसलाई डोटी डडेल्धुरा क्षेत्रमा भागेश्वर भनिन्छ यी देवतासंग त देवता होइनस त् लाई म मान्दैन त् भन्दा म ठुलो हुँ भन्दै अवहेलना गर्ने जुम्लाका रैका मल्ल राजाका वंशज नागी मल्ल हुँन | यसै कारणले उनका सन्तान मानिएकाजुम्लाको रैका मल्ल राजा ( रैका राजवंश/ मल्ल र शाही) खान्दानकाहरु भागेश्वरको गाथमा जाँदैनन् । यस गाथ भएको स्थान भन्दा एक किलोमिटर टाढा द्धारी भन्ने ठाउँमा बस्छन् ।[१]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]




सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा रजवार ठकुरी वंशावली (२०७०)

बाह्य सूत्र[सम्पादन गर्ने]