ज्योतिष गुणाकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ज्योतिष गुणाकरको सन्तान भारद्वाज गोत्रीय निरोला भण्डारी ब्राह्मण हुन् । भण्डारी ब्राह्मणलाई पाल राजाले डोटी तल्लो वोगटानको रिसेडीकोट देखि केही पररहेको भण्डारी भुवा गडो भनिने जमिन दान दिएको छ । त्यो गडो भारद्वाज गोत्रिय निरोला भण्डारी बामनको हो । यो गडो बर्छैन गाउँ विकास समिति वार्ड न ७ रिसेडी गाउँदेखि माथि डाँडामा रहेको श्री लक्ष्मी मा.वि.को तल छ । खतेनाको जमिन पनि यी ब्राह्मणलाई दान दिएका थिए । यसरी अन्यत्र पनि जग्गादान गरेकाछन् । यी भारद्वाज गोत्रीय ब्राह्मणको बासस्थान भएको निरोलीमा कलार देवता छ । निरोलीको कलार देवतासँग भण्डारी ब्राह्मण सम्बन्धित छन् भने रिसेडी र निगालीको कलार देवतासँग त्यहाँका ठकुरीहरु सम्बन्धित छन् । यसकुरालेपनि यिनको पूर्खेउली सम्बन्धलाई पुष्टि गर्दछ ।

कत्युरी वंशीय राजासंग डोटी प्रवेश गर्ने भारद्वाज गोत्रीय , ज्योतिष गुणाकर जोशी
विवरण सम्बन्ध काल
कार्तिकेयपुरबाट डोटी प्रवेशकाल शाके १२३५ आसपास (१३औ शताब्दी)
यसकुलको गोत्र भारद्वाज
कुलदेवता भागेश्वर (शिव/केदार)
राजगुरु कत्युरी वंशीय राजा
पुर्खा आगमन कुमाऊ गडवालको कार्तिकेयपुर /रानीखेत
वर्तमान लेखने थर जोशी/भण्डारी /भट्ट
बसोबास डोटी / डडेल्धुरा
मूलपूर्खाको आगमन अयोध्या,दक्षिण भारत उज्ज्यन, पतालिपुत्र ,

निरोलीका भारद्वाज गोत्रीय भण्डारी र भट्ट ब्राह्मण [१][सम्पादन गर्नुहोस्]

निरोला भण्डारी भारद्वाज गोत्रीय उपाध्याय ब्राह्मण हुँन् । यिनका कुलदेवता भागेश्वर हँन् । यिनको खान्दान जोशी(रुपाल), पन्त(दार्चुला), पाण्डेय(डडेल्धुरा), भण्डारी र भट्ट (निरोली,गडसेरा), भट्ट(वैतडी,डडेल्धुरा,डोटी) मा विभाजित छन् । फरक–फरक स्थानमा बसोबास गरेपनि यिनका देवताहरु वैदिक गणकै छन् । डोटी डडेल्धुरामा रहेका भारद्वाज गोत्रीय खानदानमा भागेश्वर कुलदेवता वताउँने परिवारहरु तीन शाखामा विभाजित भेटिन्छन् । एक शाखा जोशी (रुपालका बस्छन्), अर्को शाखा भट्ट र भण्डारीको रूपमा विभाजित भएकाहरु निरोली गडसेरामा बस्छन् । यी जोशी, भट्ट र भण्डारीहरु एकैकुलखान्दानका मानिन्छन् । यी कत्युरी पाल राजपरिवारसँगै डोटी वोगटान आएका हुँन् । गुणाकर जोशीका वंशज मानिएका यी भण्डारी ब्राह्मणमा हाल पढेलेखेका विद्वान र धनसम्पतीमा सम्पन्न भएका धेरैछन् । यी समाजसेवी र राजनीतिज्ञका रूपमा पनि चिनिएका छन् । कत्यूरी पाल राजाका पूर्खादेखि राजदरवारमा पूज्य रहेका कारण डोटी वोगटानका ठकुरीका पूर्वज निरयपालले यिनलाई निरोलीमा कोट स्थापना गरी लगेर गएका थिए । डोटी गडसेरा क्षेत्रमा पनि फैलिएर रहेकाछन् । गडसेरा क्षेत्रमा भट्ट र भण्डारी गरेर दुई शाखामा विभाजित भएका भए पनि एकै कुल खान्दानका हुँन् भनेर चिनिन्छन् । राजाजगती पालका ताम्रपत्रका लेखक ज्योतिष गुणाकर यिनै निरोला भण्डारीका पूर्वज थिए । निरोला भण्डारी ब्राह्मणका पूर्वजले डोटीबाट कुमाऊँ गडवालको कत्यूरमा रहेका देवताको भण्डारको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको समयदेखि जोशीबाट भण्डारी भनिएका हुन् । यिनलाई कुमाऊँको इतिहासमा कान्यकुन्ज(कनौज)बाट आएको भनिएको छ । कुमाऊँ कत्यूरीराज्यकालमा पाण्डे उपाध्याय भनिने यो खान्दान कत्यूरी राजा र चन्दराजा दुवैका राजगुरु थिए । तान्त्रिक विद्यामा विज्ञ मानिन्थे । कत्यूरी राजाले यस खान्दानलाई लोहान, थपला, सत्रालीको जग्गा जागीर दिएको कुरा अठकिसनले वताएका छन् । पाण्डे, जोशी, भण्डारीपछि डोटी रैकाको राज्यकालमा केही परिवार भट्ट थरमा पनि परिणत भए । सम्माननिय मन्त्री लेखराज भट्ट भण्डारीबाट भट्ट भएको शाखाका हुँन् । यस खान्दानका तालुकदार लिलाधर भण्डारीका अनुसार दक्षिण भारतबाट कुमाऊँ गढवालमा अयोध्याका राजासँगै आएका थिए । त्यहाँबाट रानीखेतमा बसेका थिए । ज्योतिषीको कामबाट जोशी भएका हुँन् । कालान्तरमा लटौला जोशीहरूले डोटीबाट कार्तिकेयपुरी राज्यको भण्डारा लैजाने काम पाएका दिनदेखि भण्डारी भनिएका हुँन् । लटौला जोशीको विषयमा लेखिएको आधार अनुसार श्रीशशिशर्मा कनौजबाट कालीकुमाऊँमा चन्द राज्यकालमा आएका थिए । पं रामदत्तदुवे ज्योतिविंद, श्रीपचारकदुवे शुक्ल ब्राह्मण कुमाऊँ बद्रीनाथ तीर्थ आए । उनकी ब्राह्मणी गर्भवती थिइन् । जोशी मठमा रमाकान्त नामका पुत्रको जन्म भयो । पछि गंगोत्रीमा मणकोटी राजाले आप्mनो राज्यमा बसाए । उनलाई लटौला गाउँ जागिर दिए । यसपछि उनका सन्तान लटौला जोशी भनेर चिनिएका हुँन् भन्ने कुरा कुमाऊँका इतिहासमा लेखिएको छ तर निरौला भण्डारी ब्राह्मणका पूर्वज कत्यूरी राज्यकालमै आएको वताईन्छ । कार्तिकेयपुरी राज्यको ध्वंसभएपछि यी ब्राह्मण कत्यूरी पाल राजासँगै निरोली आएकाले निरोलीका भण्डारी ब्राह्मण भनिए । यी भंडारी ब्राह्मणलाई यिनका ४ बाजेका नामबाट भंडा भनेर चिनाउँने गरिन्छ । जस अनुसार : चार भाइका नामबाट चारराठ भंडारी भनिए । यस अन्तरगत

  • कलभंडा,
  • विसभंडा,
  • रामभंडा र
  • सपुरभंडा हुँन् ।
  • जेठा : कलभंडा अन्तरगत कृष्णा भण्डारी, दिनाथ भण्डारी, डिल्लीराज भण्डारी, प्रभाकर तर्फका भए ।
  • माईला : विसभडा अन्तरगत भागेश्वरका पूजारी तर्फका हुँन् । यस अन्तरगत निर्मल, लक्ष्मी तर्फका र जोरायल गएकाहरु पर्दछन् ।
  • साईला रामभंडा अन्तरगत भोजराज भंडारी तर्फको हाँगो हो । यी वड्यहामा छन् । यिनको एक भाइ डडेल्धुरा रुवाखोलाको भेउलानामा छन् । त्यहाँ देउवाहरुका कुलगुरु छन् ।
  • कान्छा सपुरभंडा राठ तर्फका गैराघरी तर्फका हुँन् । यसै पट्टिकाहरु मुडेगाउँ क्षेत्र र अछाम गएकाहरु पर्दछन् । अछाम गएका भण्डारी ब्राह्मण मध्ये एक परिवार शर्मा लेख्ने गर्दछन् । यसै खान्दानका भण्डारीबाटै भट्ट भएकाहरु पनि गडसेरा क्षेत्रमा छन् ।
  • निरोली भण्डारी ब्राह्मणका पुरोहित वसिष्ठ गोत्रका कालशैन कुलदेवता मान्ने जोशी थरकाछन् । कालशैन निरोलीमा यी जोशीको घरभित्रै राखिएका छन् । बाहिर राखिदैन् । यस परिवारलाई स्थानीय स्तरमा कुमैया बामन भन्ने चलन छ । यिनको बसोबास कडवन्नी पछि निरोली गाउँमा भयो । हाल यिनका ६ घर मात्र छन् । १२औं शताब्दीमा कुमाऊँबाट डोटी आएका हुँन् । निरोलीको भागेश्वरमा बामनको हिसाबले जान पाउँने अधिकार वसिष्ठ गोत्रीय यिनै जोशीको हो । नागी मल्ललाई भागेश्वरले दण्डित गरेपछि भागेश्वर देवता लाग्यो भनेर देवतालाई मनाई दिनु पर्यो भनेर यिनलाई वर्छैन गाउँ विकास समिति अन्तरगतको कडवन्नीबाट झिकाएको भनिन्छ । यी वसिष्ठ गोत्रीय जोशीको एक शाखा डडेल्धुरामा रहेका वसिष्ठ गोत्रीय नौलाकोटी पनेरुहरु हुँन् । नौलाकोटी पनेरुहरु वेताललाई कुलदेवता मान्दछन् । यस परिवारले सिंजाका राइका राजासँग भएको लडाईकै दौरानमा केही समय राजकाज पनि चलाएको थियो । यिनको एक परिवार दार्चुलामा पन्त थर लेख्ने गर्दछ् । ती वसिष्ठ गोत्रीय पन्त हुँन् । त्यस्तै वाजुरामा पनि वशिष्ठ गोत्रीय ब्राह्मण छन् ।

निरोलाभंण्डारी ब्राह्मणकुलसँग सम्बन्धित वंशावलीमा रहेका नामहरुः[सम्पादन गर्नुहोस्]

नैधभंडारी, श्रीरामभंडारी, श्रीकेशभंडारी, रामुभंडारी, हर्षुभंडारी, ठगीभंडारी, कालुभंडारी, जोगीभंडारी, भानुभंडारी, रनुभंडारी, मेदभंडारी, गोसलभंडारी, रामभंडारी, ज्ञानुभंडारी, साधुभंडारी, गुजुभंडारी, सजतुभंडारी, सुर्तानभंडारी, नरीभंडारी, हाँसुभंडारी, पिरोजभंडाुरी, पुरुषुभंडारी, भगीभण्डारी, विकुभंडारी, सारँगभंडारी,विदुकर भंडारी,भगी भंडारी, भिज्याभंडारी, रिपुभंडारी, काँशीभंडारी, दुता भंडारी, जयदेवभंडारी, करनभंडारी, बलिभद्रभंडारी, नैदाभंडारी, परमाभंडारी, देवभंडारी, शंकरभंडारी, जोगाभंडारी, शिवाभंडारी, बलदेवभंडारी, नामकरभंडारी, काँशीभंडारी, भगीरथभंडारी, केशवभंडारी, धनुषभंडारी, शिवुभंडारी, कृष्णाभंडारी..............आदि ।

वि.स.१८७३ ज्योतिष कर्ममा रुजु रही भनेर गरिएको मानाचावल रुक्का ।[सम्पादन गर्नुहोस्]

स्वस्ति श्री मन्महाराजधिराज कस्य रुक्का........................ आगे किस्ना भँडारी,केशव भँडारी,जयाकर भँडारी.....के तिमिलाई गडसिरा गर्खा मध्ये जीउना बस्तो गाउँ र स्याल कोटिला भित्रका खेत र पाखो समेत मानाचावल गरी अघिका जाँचकिहरूले थामि दियाको आज सम्म चर्चि वेहोरी आयाको जग्गा तपसिल वमोजिम का घर ५ खेत २÷२६ पाखो तामि १३ तेस्को लागपात समेत ...............षडा भित्र कठवझाको हुन्या वमोजिम विहोरेको ........... त भय मुरि १२ जम्मा खेत २÷३८ थामी वक्स्यौ । चातुर्मासिक वेद आवृति , रुद्री आवृति चँडी आवृति २७ पाठ पूजा गरी हाम्रो जय अपनाइ आप्mना ज्योतिष कर्ममा रुजुरहि मानाचावल जानि भोगगर इतिसम्वत १८७३ साल मिति माघ सुदि १३ रोज ६ शुभम् नोट : निरोलीका उपाध्याय तथा भूजाउ भण्डारी ब्राह्मण डोटी निरोली क्षेत्र, रुवाखोलाको भेउलाना क्षेत्र, एक परिवार अछाममा र एक परिवार मुडेगाउँ देखि माथि छन् । कोही कतै गएका पनि होलान् । यो भंण्डारी ब्राह्मण बाहेक सुदूर पश्चिममा क्षेत्री भण्डारीको संख्या धेरै छ । क्षेत्री भण्डारीहरु डोटी, डडेल्धरा, वैतडी, बझाङ, बाजुरा सहितका क्षेत्रमा भेटिन्छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]