गमगढी
स्वरूप
गमगढी मुगु जिल्लाको सदरमुकाम हो। यो प्रसिद्ध रारातालको उत्तर पूर्वपट्टी तथा प्रसिद्ध मुगु कर्णलीको किनारमा रहेको छ। यो साविकको श्रीनगर गाविसमा तथा हाल छायाँनाथ रारा नगरपालिकामा अवस्थित छ।[१] यसको उचाई समुद्री सतह देखि २२६६ मिटर रहेको छ।