चौधरी ग्रुप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चौधरी ग्रूप नेपालको प्रमुख उद्योग समूहमध्ये एक हो। यस समूहको बीजारोपण सन् १८७० भूमल चौधरीले कपडा व्यापारबाट गरेका थिए। समूहले ४० भन्दा बढी कम्पनीमा साढे १७ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको छ। कम्पनीले खाद्य तथा पेय, विद्युत् तथा घरेलु प्रयोगका विद्युतीय उपकरण, बियर, चुरोट, वित्तीय संस्था, पूर्वाधार, होटल, आवास विकास, अटोमोबाइल, अस्पताल, स्कूललगायतका क्षेत्रमा लगानी गरेको छ।


वाइवाइ चाउचाउको दक्षिण एसियामा समेत एकाधिकार लिनाले चौधरी समूहलाई बहुराष्ट्रिय उद्यमी वनायो। नेपालमा वाइवाइ लोकप्रिय भयो। यसपछि चौधरी समूह नेपालमा उत्पादन भएको चाउचाउ लिएर भारतीय बजार प्रवेश गर्‍यो। केही वर्षअघि भारतका विभिन्न स्थानमा उद्योगसमेत खोल्यो। भुटान, मध्यपूर्वलगायत देशमा वाइवाइले बजार लिएको छ।

सीजीभित्रै झन्डै ४० कम्पनी छन्। विदेशमा आक्रमक रूपमा लगानी विस्तार गरेपछि सिजीमा अझै आधुनिक व्यवस्थापन र संस्थागत सुशासनको अभाव देखिन्छ। वाइवाइले वार्षिक कारोवार कति गर्छ, सिजी टेलिभिजन नाफा छ या नोक्सानमा। यो अहिलेसम्म सीजीले सार्वजनिक गरेको छैन। सीजीले विभिन्न क्षेत्रमा २५ करोड अमेरिकी डलर लगानी गरेको मात्र सार्वजनिक गरेको छ। भारतमा रिलायन्स वा टाटा ग्रूपले जस्तो आम सर्वसाधारण नेपालीलाई आफ्नो कम्पनी र अर्थतन्त्रसँग जोड्ने क्षेत्रमा पनि सीजी पछि परेको छ। सीजीका केही कम्पनीका सेयर सर्वसाधारणलाई विक्री गरिएको छ। तर, यी स्टक एक्सेन्जमा कारोवार हुने कम्पनीमा सीजी समुहको लगानी हुनुले कुनै प्रभाव पारेको छैन। सेयर बजार कम्पनी र लगानीकर्ताको छवि नाप्ने व्यारोमिटर पनि हो। तीन बर्ष अघि सीजीले नेपाल बङ्गलादेश बैंकको सेयर किन्दै छ भन्ने हल्ला बजारमा आउँदा सेयर बजार प्रभावित भएको थियो। आम सर्वसाधारणलाई सेयर दिदां प्रतिफल पनि धेरैले पाउंछन्। रिलायन्सको सेयर किनेर घरखर्च चलाउने भारतमा थुप्रै सर्वसाधारण छन्। सर्वसाधारणलाई सेयर दिएको भएर नै रिलायन्स प्रति धेरैको सम्वन्ध गासिएको छ। सीजीले सेयर बजारलाई वेवास्ता गरेको छ। सेयरले कम्पनी र एउटा परिवार मात्र होइन धेरैलाई धनी वनाउंछ। [१]

काठमाडौं त्रिशुली सडक, सोल्टी होटलको केही भाग चौधरी समूहले बनाएको हो। देशले आर्थिक उदारीकण नीति लिएपछि बंैक, होटल, फाइनान्स कम्पनी, हाउजिङ, जलविद्युत, स्वास्थ्य, उत्पादनलगायत उद्योगमा सिजीले हात हाल्यो। तत्कालीन समयमा यी सबै नयाँ क्षेत्र थिए। सञ्चार, बियर, चुरोटलगायत उद्योगमा पनि सिजीले लगानी गर्‍यो। तर, यी क्षेत्रमा योजनाअनुसार सफल हुन सकेन।

सिजी बहुराष्ट्रिय हुनुमा सरकारको कुनै योगदान छैन। यस मुद्दामा सरकार पूर्णतह मौन छ। सरकारको उच्च तहमा विदेशमा लगानी गरेर देशलाई हानी हुँदैन भन्ने छ। तर, कानुनले प्रतिबन्ध लगाएको छ। नेपालीले विदेशमा लगानी निकै पहिले देखिनै गर्दै आएका हुन्। तिव्वतमा नेपालीले उद्योग व्यवसाय खोलेका थिए। ७ दशक अघि भारतीय कम्पनीको सेयर नेपालीले किनेका थिए। भारतमा कतिपय ठाउँमा नेपालीका सिनेमा घर र व्यवसाय थिए।

केहीले आरोप लगाउँछन् स्वदेशी पुँजी विदेश गयो। विश्वभरका प्राय लगानीकर्ताको एउटै स्वभाव हुन्छ जहाँ अवसर छ त्यही जाने। कोकाकोला अमेरिकी बहुराष्ट्रिय कम्पनी फाइदा लिन नै नेपाल आएको हो। अमेरिकी सरकारले वालमार्टलाई भारत प्रवेश दिन उच्चस्तरमा वार्ता गर्नु नबुझेर होइन। स्वदेशी उद्यमी विदेशमा गएर लगानी गर्दा देशलाई हानी हुँदैन। विदेशमा गएर जोखिम लिन सक्ने समूह देशमा उपलब्ध अवसर छोप्न सधैं तत्पर रहन्छ। देशमा भारतीय रूपैयाँ (भारु) अभाव छ। सिजीले भारतमा वाइवाइ बिक्री गरेर भारु कमाइदिएको छ। माल्दिप्स गएर डलर र पाउन्ड कमाएको छ। नेपालमा जलविद्युत, दुरसञ्चार र एयरलाईन्स जस्ता क्षेत्रमा लगानी गर्न सिजी पर्खिरहेको छ। करिव १० वर्षअघि देखि नै राष्ट्र बैंकले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानुन संशोधन गर्न अर्थमन्त्रालयमा प्रस्ताव पठाएको थियो। सरकारले तीन वर्षअघि बजेटमा नेपाली लगानीकर्तालाई विदेशमा उद्योग व्यवसाय गर्न दिन कानुनमा संशोधन गर्ने प्रस्ताव परेको थियो। तर, यो कार्यान्वयन भएन्।

इतिहास[सम्पादन गर्ने]

९० साल महाभूकम्प गएको २ वर्षपछि सन् १९३५मा चौधरी परिवारले न्युरोड हालको विशालबजार अघि वार्षिक २०० रूपैयाँ भाडामा लिएर पसल खोलेको थियो। त्यो पसलका सामान बिक्री गर्न तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको दरबारमा आउजाउ गर्न चौधरी परिवारलाई रोकतोक थिएन। पछि ब्रान्डका सामान बिक्री गर्न न्युरोडमा अरुण इम्पोरियम खोले। यहाँका कतिपय आयातित सामान पनि दरबार जान्थे।

चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका कपडा र अन्य समाग्री ल्याई दरबार र सम्पन्नलाई बिक्री गर्दा गर्दै चौधरी परिवार स्टिल, घागो कारखानाजस्ता उद्योगमा प्रवेश गरेको थियो। पछिल्लो समयमा चौधरीको कपडा पसलका ग्राहक तत्कालीन राजारानी र दरबारका सदस्य हुन्थे। पञ्चालयतकालमा दरबारसँगको यो सम्पर्क उद्योग खोल्न लाईसेन्स लिन उपयोगी बन्यो।

तर, परम्परागत होइन नयाँ हेर्ने विनोदको स्वभाव वाइवाइमा मात्र समिति भएन्। नयाँनयाँ व्यवसायमा उनले हात हाल्दै गए। कतिमा सफल भए कति असफल। रेडियो टेलिभिजन बिक्रीवाट सन्तुष्ट नभई पार्टपुर्जा ल्याएर उत्पादन सुरु गरे। दुई वर्षअघि नैपालमै सिजी ब्रान्डको टिलिभिजन बिक्री गर्न सुरु गरे। बासुदेव फिलिम बनाएर मनोरञ्जन उद्योगमा प्रवेश गरे। ठेक्का पट्टा, निकासी व्यापारमा पनि चौधरी परिवार संलग्न थियो। काठमाडौं त्रिशुली सडक, सोल्टी होटलको केही भाग चौधरी समूहले बनाएको हो। देशले आर्थिक उदारीकण नीति लिएपछि बंैक, होटल, फाइनान्स कम्पनी, हाउजिङ, जलविद्युत, स्वास्थ्य, उत्पादनलगायत उद्योगमा सिजीले हात हाल्यो। तत्कालीन समयमा यी सबै नयाँ क्षेत्र थिए। सञ्चार, बियर, चुरोटलगायत उद्योगमा पनि सिजीले लगानी गर्‍यो। तर, यी क्षेत्रमा योजनाअनुसार सफल हुन सकेन।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. [१] नागरिक न्यूज

बाह्य सूत्र[सम्पादन गर्ने]