सामग्रीमा जानुहोस्

नयाँ सडक, काठमाडौँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नयाँ सडक
चित्र:नयाँ सडक
मूल नाम
पूर्व नाम(हरू) जुद्ध सडक (Juddha Sadak)[]
स्थान काठमाडौं
Arrondissement काठमाडौं
Quarter नयाँ सडक
हुलाक कोड ४४६००
निर्देशाङ्क 27°42′05″N 85°18′43″E
पश्चिम end खिचापोखरी
Major
junctions
रत्न पार्क, इन्द्रचोक, बसन्तपुर
पूर्व end वीर अस्पताल क्षेत्र
North असन
East रत्नपार्क, टुँडिखेल
West बसन्तपुर
निर्माण
उद्घाटन सन् १९३४[]

नयाँ सडक (जसलाई आम रुपमा न्युरोडको नामले चिनिन्छ) नेपालको राजधानी काठमाडौँमा अवस्थित एउटा सडकको नाम हो। यो धैरै ब्यस्त सडक पनि हो। यो न्युरोडको नामबाट पनि चिनिने गर्दछ। यो सारै व्यस्त र ठुलो ब्याबसाय हुने क्षेत्र हो।

नयाँ सडकको निर्माण विक्रम सम्वत १९९० को महाभुकम्प पछि प्रधानमन्त्री जुद्ध शमशेरको कालमा भएको हो।[] यसलाई जुद्ध शमशेरको सम्मानमा जुद्ध सडक पनि भनिन्छ। यस सडकबाट राजपरिवारको बसोबास हुने पुरानो दरबारमा पुगिने भएकाले यसलाई पुरानो दरबार मार्ग पनि भनिन्छ।

नयाँ सडकका प्रायः बासिन्दाहरू नेवार समुदायका छन्।

न्युरोड नेपालको सहरी विकासको इतिहासमा नै एक महत्त्वपूर्ण क्षेत्र हो। १९९० सालको महाभूकम्प अघिसम्म विभिन्न पोखरी र पाखो ठाउँका रूपमा रहेको यो ठाउँमा भूकम्पपछि तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले कालोपत्रे सडक निर्माण गरेका थिए। यो सडकको नाम जुद्ध सडक नामकरण गरिएको थियो, तर त्यतिबेला यो सडक काठमाडौँको सबैभन्दा नयाँ सडक भएकाले पछि त्यसलाई ‘नयाँ सडक, न्युरोड वा न्हू सतक’ भन्न थालियो । नयाँ सडक नेपालकै पहिलो कालोपत्रे सडक हो।

न्युरोडसँगै रहेको भूगोल पार्कचाहिँँ नेपालकै पहिलो व्यवस्थित पार्क हो, त्यसको ठीक पछाडि नेपालकै पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडको केन्द्रीय कार्यालय अवस्थित छ।

न्युरोडमै नेपालको पहिलो सिनेमा भवन ‘जनसेवा सिनेमा’ निर्माण गरिएको थियो, जो पछि आगलागिमा परी ध्वस्त भयो । त्यही ठाउँमा अहिले विशालबजार निर्माण गरिएको छ। विशालबजार नेपालकै पहिलो डिपार्टमेन्ट स्टोर हो।

प्रधानमन्त्री जुद्ध शमशेरले न्युरोडमै नेपालको पहिलो दमकल सेवा ‘जुद्ध वारुणयन्त्र’ स्थापना गरेका थिए।

यस्तै, आगलागि हुँदा जमिनबाट पानी निकालेर फाल्ने पहिलो फायर हाइड्रेण्ड न्युरोडमा नै छ। विदेशबाट सामान आयात गरी बिक्री गर्ने पहिलो सप्लायर्स पसल छाता भण्डार न्युरोडबाट नै सुरु भएको थियो।

सडकको सिमाना चारकिल्ला

[सम्पादन गर्नुहोस्]
पूर्व: टुँडिखेल
पश्चिम: बसन्तपुर
उत्तर:प्युखा, फसीक्येबा
दक्षिण: पाको, खिचापोखरी, टेबाहाल
Juddha Shumsher Jang Bahadur Rana's statue at Newroad, Kathmandu.
न्यु रोड, जुद्ध शालिक
  • यसको पूर्वी बिन्दुमा प्रवेशद्वार गेट रहेको छ। जसलाई न्युरोड गेट भनिन्छ।
  • नयाँ सडकको पश्चिमी अन्तमा महाराज जुद्ध शमशेरको शालिक छ जसलाई जुद्धशालिक भनिन्छ। भूकम्प–पीडितको उद्धारमा धेरै ठुलो काम गरेपछि उनको सम्मानमा जनताबाट चार–चार दाम चन्दा उठाएर त्यो सालिक बनाइएको हो। पछि जुद्धले जनताको सबै दाम फिर्ता गरिदिए।[]
  • दक्षिन पश्चिममा भूगोल पार्क छ जुन १९९० को महाभुकम्पको अभिलेख राखिएको थियो।
  • दक्षिण पश्चिममा जुद्ध वारुण यन्त्र को कार्यालय छ।
  • गोरखापत्र संस्थानको केन्द्रीय कार्यालय
  • नेपाल बैङ्क लिमिटेडको मुख्य कार्यालय
  • बसन्तपुर दरबार-पुरानो शाही निवास
  • उत्तर पश्चिममा विशाल बजार- नेपालको पहिलो सुपरमार्केट छ।
  • उत्तरमा रञ्जना सिनेमा हल छ।
  • उत्तर पूर्वमा दुगम्बाही टोल

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Sijapati, Alisha (२९ डिसेम्बर २०१८), "New Road's iconic peepal bot altered irrevocably", The Kathmandu Post, अन्तिम पहुँच ३० जुलाई २०२२ 
  2. Tuladhar, Kamal Ratna (१ जुन २०१२), "New Road, New Road", The Kathmandu Post, मूलबाट ११ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २०१२ 
  3. Tuladhar, Kamal Ratna (१ जुन २०१२), "New Road, New Road", The Kathmandu Post, अन्तिम पहुँच २४ अगस्ट २०१२  वेब्याक मेसिन अभिलेखिकरण ११ फेब्रुअरी २०१५ मिति
  4. स्मरण अस्कलका अमृतप्रसाद