धनुषकोटी धाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(धनुषकोटि धामबाट अनुप्रेषित)
धनुषकोटि धाम
धनुषकोटि धामको चित्र
प्राथमिक विवरण
स्थान:कन्काई नगरपालिका
सम्बन्धनहिन्दुत्व
जिल्लाझापा जिल्ला
देशनेपाल
वास्तुकला प्रकारनेपाली मन्दिर शैली

धनुषकोटि धाम नेपालको झापा जिल्लाको कन्काई नगरपालिकाको एक धार्मिक र पर्यटकीय स्थल हो। यो सुरुङ्गा बजार देखि करिब ३ किलोमीटर उत्तरमा अवस्थित छ भने यसलाई समीपमा रहेका कन्काई नदी र ठुला हरियाली पहाडहरूले अझ शोभायमान बनाएका छन् । साथै त्यहाँबाट अत्यन्त समीपमा रहेको कन्काई नदी पारी दोमुखा अत्यन्त रमणीय तथा पर्यटकीय स्थल पनि रहेको छ। यो हिन्दू धर्मावलम्बीहरूको एक पवित्र तीर्थस्थलको रूपमा परिचित हुदै गएको छ । यसको स्थापना करिब ८ वर्ष पहिला भएको थियो। यहाँ श्रीकिराँतेश्वर महादेवको मन्दिर , विष्णुपादुका दामोदर कुण्ड, शिवलिङ्ग का साथै गणेश, पार्वती, विष्णु लगायत अन्य देवि देवताको प्रतिमा पाइन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]