दामोदर कुण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दामोदर कुण्ड नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलको मुस्ताङ जिल्लामा अवस्थित हिन्दू धमावलम्बीहरूको निकै महत्त्वपूर्ण मानिने कुण्ड हो । समुन्द्र सतहबाट ४ हजार ८ सय मिटर उचाई[१] मा अवस्थित मुस्ताङको पनि अति विकट स्थलमा रहेको दामोदर कुण्ड यात्रा गर्नका लागि निकै कठिन भएपनि उस्तै रोमाञ्चकारी छ । दामोदर कुण्ड जानका लागि दुईवटा बाटो छ । पोखरादेखि जोमसोमसम्म हवाई यात्रा पश्चात, जोमसोम छुकसाङ्ग-ताङवे -द्ये हुँदै दामोदर कुण्ड पुगिन्छ भने अर्को बाटो जोमसोम – घमी- चराङ्ग-यारा- धिमदाढी हुँदै जान्छ । दामोदर कुण्डमा विशेष गरी जनै पूर्णिमा र चैते दशैको दिन विशेष मेला लाग्ने गर्छ । यो मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाबाट मात्र नभएर भारतबाट समेत दर्शनार्थी आउँछन् । हिन्दुहरूको प्रमुख तिर्थस्थल मध्य एक मानिने मानसरोबरबाट आएको पानी भएको भन्ने जनविश्वासका कारण पनि हिन्दुधर्मावलम्बीहरुका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]