केचनकवल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केचनकवल क्षेत्र
विरेन्द्र शाहको पूर्वाञ्चल भ्रमणका अवसरमा स्थापित स्तम्भ

झापा जिल्लाको केचना गाविसमा पर्ने केचनाकवल नेपालको सबैभन्दा होचो ठाउँ भएकोले पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल मानिएको यो स्थान समुद्री सतहबाट ५८ मि. उचाइमा रहेको छ। यस क्षेत्रमा ४ विगाहा जमीन अत्यन्त होचो भएको कारण वर्षा याममा पानी जमेर दलदलमा परिणत हुने गर्दछ। तसर्थ हिउँदमा मात्र त्यहाँ निर्मित आधार स्तम्भमा पुग्न सकिन्छ। केचनाकवलमा वि.सं. २०४४ साल पौष १६ गते तत्कालिक राजा विरेन्द्र शाहको पूर्वाञ्चल भ्रमणका अवसरमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृति माथि स्थापना गरिएको छ। यो ठाउँ नेपाल–भारत सिमानाबाट करिब ५०० मिटर दूरीमा पर्दछ। नेपालकै अल्पसंख्यक आदिवासी गनगाई जाति(गणेश)को समेत बसोबास रहेको केचना क्षेत्रमा २ वटा ऐतिहासिक पोखरीहरू छन्। महाभारत कालमा विराट राजाले राज्य विस्तार गर्दा उनका सेनापतिले निर्माण गरेको विश्वास गरिने यी पोखरीहरूको कारणले पनि यस क्षेत्रको महत्त्वप अझ बढेको छ। भीमले किच्चकलाई वध गरेपछि उक्त दुई पोखरीहरू पुर्न खोजेका थिए भन्ने किम्बदन्ती पनि छ। मेची राजमार्गको अन्तिम विन्दु केचनाबाट लगभग दुई किलोमिटर पूर्व–उत्तर छिरेपछि नेपालको होचो भूमि भनेर पहिचान गरिएको केचनाकवल पुगिन्छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "केचनकवल", birattourism.org.np