सेल्फी डाँडा सुरुङ्गा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ह्याप्पी ल्याण्ड फनपार्क
—  पर्यटकीय स्थल  —
ह्याप्पी ल्याण्ड फनपार्क नेपाल-এ অবস্থিত
ह्याप्पी ल्याण्ड फनपार्क
ह्याप्पी ल्याण्ड फनपार्क
नेपालको नक्शामा ह्याप्पी ल्याण्ड फनपार्क
निर्देशाङ्क: २६°३९′उत्तर ८७°५३′पूर्व / २६.६५° उत्तर ८७.८९° पूर्व / 26.65; 87.89निर्देशाङ्क: २६°३९′उत्तर ८७°५३′पूर्व / २६.६५° उत्तर ८७.८९° पूर्व / 26.65; 87.89
देश  नेपाल
अञ्चल मेची अञ्चल
जिल्ला झापा जिल्ला

ह्याप्पील्याण्ड फनपार्क अर्थात् सेल्फी डाँडाको नामले प्रसिद्ध यो झापा जिल्लाको कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो । यो सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको छ । यहाँ दैनिक ५०० देखि एक हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन् । [१] फनपार्कमा माटोको ढिस्को उठाएर निर्माण गरिएको सेल्फी डाँडाले पर्यटकलाई बढी आकर्षित गर्ने गरेको छ । पार्कमा आइसफल टावर, पानीको फोहोरा, बगैचा र बाल उद्यान निर्माण गरिएको छ । यहाँ हात्ती, बाघ, गैँडालगायतको प्रतिमा पनि राखिएको छ । पार्कभित्र रहेको मिनी चिडियाखानामा विभिन्न चराचुरुङ्गी र वन्यजन्तु राखिएको छ । पार्कभित्र चार कट्ठा जग्गामा कृत्रिम पोखरी निर्माण गरिएको छ । यहाँ निर्माण गरिएको आकाशे पुलमा फोटो खिच्नेको घुइँचो लाग्छ । शनिवार र चाडपर्वमा अत्यन्त भीड लाग्छ यहाँ भारत बङ्गलादेश र भूटानबाट पर्यटक घुम्न आउने गरेका छन् ।[२][१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "अनलाइन खबर" (Nepaliमा), Online khabar, २०७५ भदौ १५, अन्तिम पहुँच २७ अक्टोबर २०१८ 
  2. "Aahakhabar" (नेपालीमा), Aahakhabar, २०७५ भदै १५, अन्तिम पहुँच २८ अक्टोबर २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]