सेल्फी डाँडा सुरुङ्गा
ह्याप्पी ल्यान्ड फनपार्क | |
---|---|
देश | नेपाल |
अञ्चल | मेची अञ्चल |
जिल्ला | झापा जिल्ला |
ह्याप्पील्यान्ड फनपार्क अर्थात् सेल्फी डाँडाको नामले प्रसिद्ध यो झापा जिल्लाको कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्यान्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो । यो सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको छ । यहाँ दैनिक ५०० देखि एक हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन् । [१] फनपार्कमा माटोको ढिस्को उठाएर निर्माण गरिएको सेल्फी डाँडाले पर्यटकलाई बढी आकर्षित गर्ने गरेको छ । पार्कमा आइसफल टावर, पानीको फोहोरा, बगैचा र बाल उद्यान निर्माण गरिएको छ । यहाँ हात्ती, बाघ, गैँडालगायतको प्रतिमा पनि राखिएको छ । पार्कभित्र रहेको मिनी चिडियाखानामा विभिन्न चराचुरुङ्गी र वन्यजन्तु राखिएको छ । पार्कभित्र चार कट्ठा जग्गामा कृत्रिम पोखरी निर्माण गरिएको छ । यहाँ निर्माण गरिएको आकाशे पुलमा फोटो खिच्नेको घुइँचो लाग्छ । शनिवार र चाडपर्वमा अत्यन्त भीड लाग्छ यहाँ भारत बङ्गलादेश र भूटानबाट पर्यटक घुम्न आउने गरेका छन् ।[१][२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "अनलाइन खबर" (Nepaliमा), Online khabar, २०७५ भदौ १५, अन्तिम पहुँच २७ अक्टोबर २०१८।
- ↑ "Aahakhabar" (नेपालीमा), Aahakhabar, २०७५ भदै १५, अन्तिम पहुँच २८ अक्टोबर २०१८। वेब्याक मेसिन अभिलेखिकरण १४ जुन २०२० मिति