किच्चक वध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(किच्चक बध बाट पठाईएको)
Jump to navigation Jump to search
किच्चक बध
—  धार्मिक तथा पर्यटकीय स्थल  —
J39.jpg



किच्चक बध नेपाल-এ অবস্থিত
किच्चक बध
किच्चक बध
नेपालको नक्शामा किच्चक बध
निर्देशाङ्क: २६°२८′उत्तर ८८°०४′पूर्व / २६.४७° उत्तर ८८.०७° पूर्व / 26.47; 88.07निर्देशाङ्क: २६°२८′उत्तर ८८°०४′पूर्व / २६.४७° उत्तर ८८.०७° पूर्व / 26.47; 88.07
देश  नेपाल
अञ्चल मेची अञ्चल
जिल्ला झापा जिल्ला
किच्चक बधमा रहेको भिमसेनको मुर्ति

किच्चक बध १ नं प्रदेशको झापा जिल्लाको भद्रपुर नगरपालिकाको वडा नं २ र ३ मा अवस्थित रहेको छ । साविकका दूई पृथ्वीनगरमहेशपुर गाविसको सिमानामा रहेको यो धार्मिक तथा पर्यटकीय क्षेत्र हो। झापा जिल्लाको सदरमुकाम चन्द्रगढीबाट लगभग १० किलोमिटर दक्षिणमा देवनिया र मेची नदीको किनारमा किच्चकबध पर्दछ। महाभारतकालिन कथामा आधारित किच्चकबधमा थुप्रै पुरातात्विक वस्तुहरू छन्। त्यहाँ एउटा षट्कोणको आकारमा रहेको आकर्षक पोखरी देखिन्छ। त्यसको छेउबाट देवनीया नदी, बगेकोछ भने त्यस वरिपरि रहेका देवी–देवताका मन्दिर तथा प्रतिमाहरूका कारणले किच्चकबध निकै आकर्षक पनि छ। महाभारत कालीन कथाको प्रसङ्गसँग जोडिएको किच्चकबध करिब १० विगाहा क्षेत्रफलमा फैलिएको छ। वरिपरि गहिरो भुभाग रहेको किचकवधको १० बिगाहा मध्ये ९० प्रतिशत भाग एउटा अलग्गै क्षेत्र जस्तो युद्धकालिन गढ जस्तो डाँडाको रुपमा रहेको छ । पुरातत्व विभागको चरण चरणको उत्खननबाट विभिन्न संरचना तथा सामाग्रीहरू पाइएका छन । उत्खनन गरिएका अन्य स्थानहरू पुन: सुरक्षीत रूपमा छोपिए पनि दूई स्थानहरू भने बाहिरबाट हेर्न मिल्ने गरी राखिएको छ । पुरातत्व विभागले किच्चकवधमा पाइएका वस्तुहरूको प्रयोगशाला परिक्षणबाट करीब २२०० वर्ष पुरानो सभ्यता रहेको प्रमाणीत भएको जानकारी गराइएको छ । [१]

किच्चकबध क्षेत्रमा पुरातात्विक उत्खनन गर्दा ८ कोठा भएको भवन फेला परेको र त्यसको तल्लो तहमा अर्को छुट्टै भवनको आकृति समेत फेला परेको छ भने सबैभन्दा ठूलो कोठा २२ मिटर लामो छ। किच्चक वधको उत्खनन गर्दा दुई तहमा पुरातात्विक सामग्री फेला परेको कारण त्यहा एउट सभ्यताको विनास पछि अर्को सभ्यताको विकास भएको बताईन्छ। त्यस अघिको उत्खनन कार्यबाट सात मिटर अग्लो १२३ मिटर लामो सुरक्षा पर्खाल सहित महत्वपूर्ण पुरातात्विक सामग्रीहरू फेला परेका थिए। यस आधारमा उक्त स्थान दुई हजार वर्ष पुरानो शुङ्गकुषाण मानिएको छ।

नामाकरण[सम्पादन गर्ने]

किच्चक बधको नामाकरणको कथा भीमसेनले किच्चकलाई बध गरेको प्रसङ्गसँग जोडिन्छ। महाभारत कालीन एक कथा अनुसार विराट नामका राजा विराटनगरमा राज्य गर्थे, जसको किच्चक नामको सेनापति थियो। किच्चक विराटको सालो भए पनि शक्तिशाली तर दुराचारी पनि थियो। विराट राजाको दरवारमा पाण्डवहरू विभिन्न छद्म नामले गुप्तबास बस्दा किच्चकको कुदृष्टि द्रौपदी माथि परेछ। त्यसबाट द्रौपदीलाई जोगाउन पाँच पाण्डवमध्येका सबभन्दा बलशाली भीमसेन किच्चकसँग भिड्न कस्सिएछन् र भिमसेनले किच्चकको बध गर्न उसलाई खेद्न थालेछन। यसरी खेद्दै जाँदा अर्जुनधारा धाम, विराट पोखर हुँदै किच्चकबधमा पुग्दा भीमसेनले किच्चकको घाँटी थिचेर मारेछन् र त्यस स्थानलाई किच्चकबध भनियो भन्ने किंवदन्ती पाइन्छ। भीमसेनले किच्चकको बध गर्नासाथै सोही रगत पखाल्न उनले हानेको बाणले जुन ठाउँमा लाग्यो त्यही स्थानमा पोखरी स्थापना भयो भन्ने किंवदन्ती समेत रहेको छ। त्यस नजीकै रहेको सो पोखरीमा नुहाएमा रोगब्याधबाट बच्न सकिन्छ भन्ने जनविश्वास समेत रहेको पाइन्छ।

भौगोलिक अबस्थिति[सम्पादन गर्ने]

धार्मिक तथा पर्यटकीय महत्व[सम्पादन गर्ने]

हिन्दु धर्मको महान ग्रन्थ महाभारतमा उल्लेखित प्रसंगसँग जोडिएको कारणले नै यो धार्मिक रूपमा अत्यन्त महत्वपुर्ण रहेको छ । धार्मिक स्थल किच्चकबधमा प्रत्येक वर्ष स्वस्थानी पूर्णिमाको दिन मेला लाग्ने गर्दछ। सो मेलामा टाढा टाढाबाट भक्तसज्जनहरू आउने गरेको पाईन्छ । मेलामा जम्मा हुने भक्त सज्जनहरूमा किच्चकको श्राद्ध गर्न समेत भारतको केहि स्थानबाट आउने गरेका छन । मेलाको अघिल्लो दिन नै सम्पुर्ण सामाग्री सहित आउने मेलाको दिन पोखरीमा स्नान सँगै किच्चकको श्राद्ध गरी जाने विशेष समुदायको उपस्थिति रोचक रहेको छ ।

साविकको किचकवध परिसरको पुर्वपट्टी विष्णुपादुका तथा मातातिर्थ मन्दिरको निर्माण गरिएको छ । पितृ श्राद्धका लागि निर्माण गरिएको यो मन्दिरका कारणले किच्चकवधको महत्व बढ्दै गैरहेको छ । यसरी नै बालाचतुर्दशिका दिनमा सद्विउ छर्नका लागि समेत यो क्षेत्र प्रख्यात हुँदै गैरहेको छ । नदीको किनार भएकोले छठ पर्व पनि किच्चकवधको विशेष आकर्षणको रूपमा अघि बढिरहेको छ । यो क्षेत्रमा अरुवेला भने त्यति धरै पर्यटकहरू पुग्दैनन् पर्यटककै सुविधाका लागि हाल सो क्षेत्रमा सार्वजनिक सौचालय, बिजुली बत्ति र खानेपानीको राम्रो व्यवस्था गरिएको छ। यी समग्र कारणले किच्चकवध धार्मिक महत्वको कारणले अत्यन्त उच्च स्थानमा रहेको छ । किच्चकबध उत्खनन्को प्रसंगलाई आधार बनाइ कृष्ण धरावासीद्वारा किच्चकबधको सेरोफेरोमा लेखिएको उपन्यास “राधा”ले मदन पुरस्कार पाइसकेको छ। जसले यसको पर्यटकीय महत्वलाई बढाएको छ।[२]

विभिन्न विद्यालयहरूबाट शैक्षिक अवलोकन र भ्रमणका लागि आउने गरेका छन भने वनभोजका लागि पनि टाढा टाढा बाट आउने गरेका छन । व्यवस्थित वनभोज क्षेत्रको रुपमा विकास गर्न समेत केहि संरचना हरू निर्माण गरिएका छन ।

धार्मिक पर्यटन सँगसँगै किच्चकवध परिसरलाई वाग वगैंचा, वाल उद्यान, डुंगा पोखरी लगायत पुरातात्वीक सम्पत्तिहरूको संरक्षण, संवर्द्धन गरी आन्तरिक र वाह्य पर्यटक हरूको प्रमुख आकर्षक गन्तव्य बनाउनका लागी २० वर्षे "किच्चकवध गुरुयोजना २०७१-२०९१" निर्माण भैसकेको छ । किच्चकवधको धार्मिक र ऐतिहासिक महत्वको थप उजागर गर्दै यसको संरक्षण र विकासमा "किच्चकवध धार्मिक, ऐतिहासि तथा पर्यटकीय स्थल संरक्षण समिती" ले गुरूयोजना अनुरूप अघि बढ्ने र यसको आधारभुत पूर्वाधारका कार्य लगभग सकिएकोले अब सौन्दर्य र आकर्षणका कार्यहरू अघि बढाई यसको पर्यटकीय महत्वलाई थप उजागर गर्ने जनाएको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. http://www.ddcjhapa.gov.np/app/webroot/index.php/content_pages/view/1437
  2. "किच्चक बध", birattourism.org.np