सामग्रीमा जानुहोस्

षडानन्द नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
षडानन्द नगरपालिका
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलकोशी अञ्चल
जिल्लाभोजपुर जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरवीरवल राई
 • उप मेयरमेरिका राई
क्षेत्रफल
 • जम्मा१०१.५ किमी (३९.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,२७२
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२९
वेबसाइटwww.shadanandamun.gov.np

षडानन्द नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने भोजपुर जिल्लामा अवस्थित एक नगरपालिका हो जुन नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति बाला गुरु षडानन्दको नामबाट नगरपालिकाको नामाकरण गरिएको छ।[२][३]

षडानन्द नगरपालिका मुलपानी, केउरेनीपानी, तुंगेछा, किमालुङखार्तम्छा गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार मुलपानी, केउरेनीपानी, तुंगेछा, किमालुङखार्तम्छा गाविसहरूको जनसङ्ख्यालाई जोड्दा षडानन्द नगरपालिकाको कूल जनसङ्ख्या १३,२७२ हुन्छ।[१]

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भोजपुर जिल्लामा मुलपानी गाविससहित आसपासका केउरेनीपानी, तुंगेछा, किमालुङखार्तम्छा गाउँ विकास समितिहरू लाई समेटेर षडानन्द नगरपालिका घोषणा गरिएको हो।[३][४][५] षडानन्द नगरपालिकाको केन्द्रभने दिङ्ला बजार रहको छ।[२][६] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. "नगरपालिका घोषणा पछि दिङ्लामा खुसीयाली !" [स्थायी मृत कडी]
  5. ५.० ५.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  6. "भोजपुरको दिङ्गलालाई केन्द्र बनाएर षडानन्द नगरपालीका घोषणा", खबर संसार, २०७१ मंसीर १६, अन्तिम पहुँच १६ मंसीर [स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]