बालङ्खा
बालङ्खा | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°१३′N ८६°५८′E / २७.२१°N ८६.९६°Eनिर्देशाङ्कहरू: २७°१३′N ८६°५८′E / २७.२१°N ८६.९६°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | भोजपुर जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | १,६९६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
बालङ्खा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, भोजपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १६९६ रहेको थियो जसमध्ये ८१८ पुरुष र ८७८ महिला रहेका थिए भने यहाँ ३५३ घरधुरी रहेको थियो।[१][२] यो हाल आमचोक गाउँपालिकामा पर्दछ।
तर यो जिल्लाकै दक्षिण पश्चिम क्षेत्रको प्रमुख बजार क्षेत्र हो | दक्षिण पूर्वमा पर्ने घोरेटार बजार पछि यो बालंखा बजार यस क्षेत्रको शैक्षिक एबं राजनीतिक दृष्टिकोणले विशेष महत्त्व राख्ने केन्द्र हो | जिल्ला सदरमुकामबाट टाढा र दुर्गम स्थान परेकाले लामो समयसम्म ओझल मा परेको यो बजार, सडक मार्ग ले जोडिए पछि एका एक आर्थिक एवम ब्यापारिक केन्द्र को रूपमा पनि विकास हुन थालेको छ |
२०६८ सालको तथ्यांक अनुसार बालंखा गाबिसको जनसङ्ख्या करिब १७०० छ जुन २०४८ सालको तथ्यांक भन्दा करिब ३०० सय कम हो | यसको मुख्य कारण बसाई सराइ र विदेश पलायन नै हो | यसै गरी छिमेकी गाबिसहरू थिदिन्खा (२०८४), पांचा (२४५७) वासिंग थर्पु (१६१३), यूँ (१८०७), दुम्माना (४५०७) र पावला (१३४१) गरी यो क्षेत्रमा जम्मा १५५०५ जना संख्या रहेको छ |
इतिहास
पुरानो राणा र पंचायत को शासन ब्यबस्थामा आमचोक भन्ने चलन थियो र यो क्षेत्रलाई आमचोक बालंखा भनिन्थ्यो | त्यसपछि चण्डी बजार गाउ भनियो जसमा अहिलेको बालंखा, थिदिन्खा, यूँ सबै पर्थ्यो| पंचायत कालमै अर्को प्रशासनिक बिभाजन गर्दा अलग्गै बालंखा गाउ पंचायत भनेर नामकरण भयो र दक्षिण पश्चिम क्षेत्र को केन्द्रको पनि यसलाई बनाइयो | प्रजातन्त्र प्राप्त भएपछी प्रशासनिक स्वरुप त्यहि भए पनि गाउ पंचायत को ठाउमा गाउ विकास समिति नाम राखियो |
२०३६ सालमा बहुदल र निर्दल को जनमत सङ्ग्रह को समयमा यो क्षेत्र भरिका लागि बालंखा बजारमै मतदान को व्यवस्था गरिएको थियो |
बिक्रम सम्बत २०३९ मा तत्कालिन राजा बिरेन्द्र को भ्रमण घोरेटारमा भएको बेला बालंखा मा हाइ स्कुल स्वीकृत प्रदान भएको थियो जसको फलस्वरुप चनडेश्वोर माध्यमिक बिद्यालय बालंखा बजारमा स्थापित भयो | यो स्कुलको स्थापना संगै यस क्षेत्रमा केहि शैक्षिक र राजनीतिक चहल पहल शुरु भयो |
बालंखा लाई केन्द्र को रूपमा मानिएपनि त्यस अनुसार यहाँ अड्डा कार्यालयहरु बिगतमा स्थापित नभएको देखिन्छ | स्वास्थ्य चौकी पांचा मा थियो भने पुलिस थाना बयाङ्ग मा थियो | धेरै पछि एउटा पशु स्वास्थ्य उपचौकिको भवन भने स्थापना गरिएको थियो | स्कुल स्थापना पछि २०४० सालतिर अमेरिकी पिसकोर स्वयम्सेवक माइकल सुलेविट्स बालंखा मा शिक्षक बनेर आए र उनले जाने बेलामा खानेपानी को व्यवस्था गरेर गएका थिए |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति