सामग्रीमा जानुहोस्

गोदावरी नगरपालिका, ललितपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोदावरी नगरपालिका
गोदावरी नगरपालिका मा पर्दछ बागमती प्रदेश
गोदावरी नगरपालिका
गोदावरी नगरपालिका
नेपालमा गोदावरी नगरपालिका
गोदावरी नगरपालिका मा पर्दछ नेपाल
गोदावरी नगरपालिका
गोदावरी नगरपालिका
गोदावरी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′N ८५°२३′E / 27.59°N 85.39°E / 27.59; 85.39
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
स्थापनामङ्सिर २०७१
सरकार
  नगरप्रमुखगजेन्द्र महर्जन (नेपाली काङ्ग्रेस)
  उपप्रमुखमुना अधिकारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा९६.११ किमी (३७.११ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा९७,६३३
  घनत्व१०००/किमी (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
केन्द्रसाविक बज्रबाराही नगरपालिकाको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गोदावरी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[][] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा गोदावरी, गोदामचौर, विशङ्खुनारायण, ठैबबडिखेल गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर गोदावरी नगरपालिका घोषणा गरिएको थियो।[] भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा चापागाउँ, झरुवारासी, ठेचोलेले गाविसहरू मिलेर बनेको बज्रबाराही नगरपालिका, सैंबु, बुङमती, छम्पी, डुकुछापखोकना मिलेर बनेको कार्यविनायक नगरपालिका मध्ये वडा नम्बर (१४-१८) अर्थात् छम्पी, डुकुछाप गाविस मात्र र देवीचौर गाविसलाई पनि यसमा गाभिएको थियो। गोदावरी नगरपालिकाको केन्द्र भने छ्यासीकोटमा रहेको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गोदावरी नगरपालिका, ललितपुरको कुल जनसङ्ख्या ९७,६३३ रहेको छ भने यहाँ २४,०४५ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार गोदावरी नगरपालिकाको कुल जनसङ्ख्या ९७,६३३ रहेको छ। यस नगरपालिकालाई १४ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

गोदावरी नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरू/गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
गोदामचौर६,३६९३.१३२,०३४.८२
विशङ्खुनारायण४,९५४६.९५७१२.८१
गोदावरी१०,०५७१६.४८६१०.२५
बडिखेल४,३०७५.८५७३६.२४
लेले (१-६)५,२३८११.५८४५२.३३
लेले (७-९)४,४७७१२.४९३५८.४५
देवीचौर२,८८११२.५२२३०.११
डुकुछाप२,९६८४.९१६०४.४८
छम्पी६,००७५.५२१,०८८.२२
१०चापागाउँ (६-८)७,३७९४.६०१,६०४.१३
११चापागाउँ (१-५,९)१२,०१०२.६७४,४९८.१३
१२ठेचो११,९२८३.२६३,६५८.९०
१३झरुवारासी६,७१८३.८११,७६३.२५
१४ठैब१२,३४०२.३४५,२७३.५०
जम्मा९७,६३३९६.१११,०१५.८५

भौगोलिक स्थिति

[सम्पादन गर्नुहोस्]

गोदावरी समुन्द्र सतहदेखि ४५७ मिटर उचाइदेखि २८३१ मिटरसम्म रहेको छ।यस् गाउ विकास समिति उपत्यका भित्र दुर्गम क्षेत्रमा पर्दछ।[]

यहाँ बाहुन र क्षेत्री जातिको बाहुल्यता रहेको छ।

यस ठाउँका मानिसहरू कृषि पेशामा संलग्न छन र थोरै मात्रमा मानिसहरू आफ्नै पेशा गर्दछन्।

गर्मी याममा होस् या जाडोमा, यहाँको बसाइको आफ्नै विशेषता छ। गर्मी छल्न गोदावरी जङ्गल छेउ पुग्दा यहा चल्ने सिरसिरे हावाले मन चङ्गा गराउँछ भने जाडोमा हुस्सु मडारिएको रमाइलो हेर्न सकिन्छ।

जलभण्डार वा जलस्रोतको हिसाबले नदीनालाहरू प्रचूर मात्रामा रहेको छ। यस जिल्लाको उत्तरी भेगमा बग्ने गोदावरी नदीले ४२.९६ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ।

यस नगरपालिकामा अधिकृत भाषा छन् :- नेपाली , नेवारी, तामाङ,राइ भाषा आदी।

यस पहाडी क्षेत्रमा बाहेक उपत्यकामा धेरैजसो सडक यातायातको सुविधा रहको छ। जिल्लाको सदरमुकामदेखि गोदावरी ७ कि.मी. पक्की बाटो छ।

स्वास्थ्य सेवा

[सम्पादन गर्नुहोस्]

यस केन्द्रीयस्तर र निजी क्षेत्र समेत गरी अस्पताल रहेका छन्।

शैक्षिक संस्था

[सम्पादन गर्नुहोस्]

यस नगरपालिकामा शहरी क्षेत्रमा पर्याप्त मात्रामा शैक्षिक सुविधाहरू उपलब्ध छन् र दुर्गम भेगमा तुलनात्मक रूपमा कमी देखिन्छ।

शैक्षिक संस्था

[सम्पादन गर्नुहोस्]
सि.नं.नामसम्पर्क टेलिफोन नं
क्रेससेन्ट एकडेमी५५६०६४०
सेन्टजेभियर्स स्कुल५५६०१४५
कितिनी उच्च मा. वि (सरकारी)५५६०६२३
सेडा हाइ स्कुल५५६०८२९
किङ्गडम मा.वि५५६०३१२

विद्युत सेवा

[सम्पादन गर्नुहोस्]

यस नगरपालिकामा प्रायः सबै क्षेत्रमा विद्युत सेवा उपलव्ध भएको छ।

क्र.नंनामसम्पर्क टेलिफोन नं.
होटेल भ्यू भृकुटी५५६०४७१[]
रिजोर्ट गोदावरी५५६०४५३
गोदावरी भिलज रिजोर्ट५५६०६७५[]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मङ्सिर, अन्तिम पहुँच मङ्सिर २०७१
  2. 1 2 "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मङ्सिर २०७१। अभिलेखिकरण २०१५-०८-२४ वेब्याक मेसिन
  3. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. http://www.ngiip.gov.np/publications/volume2link.php,National[स्थायी मृत कडी] Geographic Information Infrastructure Programme. [dostęp 2010-09-27].
  5. http://www.hotelviewbhrikuti.com/ अभिलेखिकरण २०१३-०७-२४ वेब्याक मेसिन
  6. http://www.godavariresort.com.np/ अभिलेखिकरण २०१३-०८-०७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]