गोदावरी नगरपालिका, ललितपुर
गोदावरी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°३५′N ८५°२३′E / २७.५९°N ८५.३९°Eनिर्देशाङ्कहरू: २७°३५′N ८५°२३′E / २७.५९°N ८५.३९°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | ललितपुर जिल्ला |
स्थापना | मङ्सिर २०७१ |
सरकार | |
• मेयर | गजेन्द्र महर्जन |
• उप मेयर | मुना अधिकारी |
क्षेत्रफल | |
• जम्मा | ३५.१ किमी२ (१३.६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २८,७९३ |
• घनत्व | ८२०/किमी२ (२१००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-१ |
वेबसाइट | www.godawarimun.gov.np |
गोदावरी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा गोदावरी, गोदामचौर, विशङ्खुनारायण, ठैब र बडिखेल यी ५ गाउँ विकास समितिहरूलाई समेटेर गोदावरी नगरपालिका घोषणा गरिएको हो।[३][४] गोदावरी नगरपालिकाको केन्द्रभने छ्यासीकोट रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
गोदावरी नगरपालिका साविकका गोदावरी, गोदामचौर, विशङ्खुनारायण, ठैब र बडिखेल गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा गोदावरी नगरपालिकाको कूल जनसङ्ख्या २८,७९३ हुन्छ।[१]
भौगोलिक स्थिति[सम्पादन गर्नुहोस्]
गोदावरी समुन्द्र सतहदेखि ४५७ मिटर उचाइदेखि २८३१ मिटरसम्म रहेको छ।यस् गाउ विकास समिति उपत्यका भित्र दुर्गम क्षेत्रमा पर्दछ।[५] ।
जात जाती[सम्पादन गर्नुहोस्]
यहाँ बाहुन र क्षेत्री जातिको बाहुल्यता रहेको छ।
जीवनशैली[सम्पादन गर्नुहोस्]
यस ठाउँका मानिसहरू कृषि पेशामा संलग्न छन र थोरै मात्रमा मानिसहरू आफ्नै पेशा गर्दछन्।
मौसम[सम्पादन गर्नुहोस्]
गर्मी याममा होस् या जाडोमा, यहाँको बसाइको आफ्नै विशेषता छ। गर्मी छल्न गोदावरी जङ्गल छेउ पुग्दा यहा चल्ने सिरसिरे हावाले मन चङ्गा गराउँछ भने जाडोमा हुस्सु मडारिएको रमाइलो हेर्न सकिन्छ।
जलभण्डार[सम्पादन गर्नुहोस्]
जलभण्डार वा जलस्रोतको हिसाबले नदीनालाहरू प्रचूर मात्रामा रहेको छ। यस जिल्लाको उत्तरी भेगमा बग्ने गोदावरी नदीले ४२.९६ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ।
भाषा[सम्पादन गर्नुहोस्]
यस नगरपालिकामा अधिकृत भाषा छन् :- नेपाली , नेवारी, भोटे, राइ भाषा आदी।
यातायात[सम्पादन गर्नुहोस्]
यस पहाडी क्षेत्रमा बाहेक उपत्यकामा धेरैजसो सडक यातायातको सुविधा रहको छ। जिल्लाको सदरमुकामदेखि गोदावरी ७ कि.मी. पक्की बाटो छ।
स्वास्थ्य सेवा[सम्पादन गर्नुहोस्]
यस केन्द्रीयस्तर र निजी क्षेत्र समेत गरी अस्पताल रहेका छन्।
शैक्षिक संस्था[सम्पादन गर्नुहोस्]
यस नगरपालिकामा शहरी क्षेत्रमा पर्याप्त मात्रामा शैक्षिक सुविधाहरू उपलब्ध छन् र दुर्गम भेगमा तुलनात्मक रूपमा कमी देखिन्छ।
शैक्षिक संस्था[सम्पादन गर्नुहोस्]
सि.नं. | नाम | सम्पर्क टेलिफोन नं |
---|---|---|
१ | क्रेससेन्ट एकडेमी | ५५६०६४० |
२ | सेन्टजेभियर्स स्कुल | ५५६०१४५ |
३ | कितिनी उच्च मा. वि (सरकारी) | ५५६०६२३ |
४ | सेडा हाइ स्कुल | ५५६०८२९ |
५ | किङ्गडम मा.वि | ५५६०३१२ |
विद्युत सेवा[सम्पादन गर्नुहोस्]
यस नगरपालिकामा प्रायः सबै क्षेत्रमा विद्युत सेवा उपलव्ध भएको छ।
रिसोर्ट[सम्पादन गर्नुहोस्]
रिसोर्ट[सम्पादन गर्नुहोस्]
क्र.नं | नाम | सम्पर्क टेलिफोन नं. |
---|---|---|
१ | होटेल भ्यू भृकुटी | ५५६०४७१[६] |
२ | रिजोर्ट गोदावरी | ५५६०४५३ |
३ | गोदावरी भिलज रिजोर्ट | ५५६०६७५[७] |
चित्र दीर्घा[सम्पादन गर्नुहोस्]
-
गोदावरी वनस्पति उद्यान
-
गोदावरी वनस्पति उद्यान
-
गोदावरी वनस्पति उद्यान
-
गोदावरी वनस्पति उद्यान
-
गोदावरी वनस्पति उद्यान
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मङ्सिर, अन्तिम पहुँच मङ्सिर २०७१।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१।
- ↑ ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मङ्सिर, २०७१, अन्तिम पहुँच १७ मङ्सिर।
- ↑ http://www.ngiip.gov.np/publications/volume2link.php,National[dead link] Geographic Information Infrastructure Programme. [dostęp 2010-09-27].
- ↑ http://www.hotelviewbhrikuti.com/ वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति
- ↑ http://www.godavariresort.com.np/ वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-०७ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |