सामग्रीमा जानुहोस्

रेसुङ्गा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेसुङ्गा नगरपालिका
रेसुङ्गा नगरपालिका मा पर्दछ लुम्बिनी प्रदेश
रेसुङ्गा नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा रेसुङ्गा नगरपालिकाको अवस्थिति
रेसुङ्गा नगरपालिका मा पर्दछ नेपाल
रेसुङ्गा नगरपालिका
रेसुङ्गा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४′उ ८३°१५′पू / 28.067°N 83.250°E / 28.067; 83.250
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखखिलध्‍वज पन्थी (नेपाली काङ्ग्रेस)
  उपप्रमुखअमृतादेवी कुँवर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा८३.७४ किमी (३२.३३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३१,५५१
  घनत्व३८०/किमी (९८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
केन्द्रसाविक तम्घास गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रेसुङ्गा नगरपालिका गुल्मी जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका तम्घास, सिमीचौर, अर्खलेदुबिचौर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा पराल्मीनयाँगाउँ (८ र ९) गाविसहरू यसमा गाभिएका थिए।

एक किम्बदन्ती अनुसार त्रेता युगमा महर्षि ऋषि शृङ्गले यहाँ आश्रम बनाई साधना गरेकाले उहाँको नामबाट रेसुङ्गा नामाकरण भएको हो भन्ने भनाइ छ भने तपस्वी लक्ष्मीनारायण स्वामीले तपस्या गरेको बेला १८८३ सालमा सबै तीर्थस्थलबाट जल ल्याई यहाँ रहेको महापोखरीमा मिसाउनु भएको भन्ने भनाई रहि आएको छ। नेपालको पश्चिम क्षेत्रकै एक पवित्रस्थल रेसुङ्गाधाम धार्मिक गन्तव्यका लागि निकै प्रसिद्ध रहेकाे छ ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रेसुङ्गा नगरपालिकाको कुल जनसङ्ख्या ३१,५५१ रहेको छ भने यहाँ ९,०१५ घरधुरी रहेका छन्।[]

रेसुङ्गा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
तम्घास (१)४२७००.३१४२३३.३३
तम्घास (२-३)३५५६१.२५२८४४.८०
अर्खले (८-९)१३२११२.६४१०४.५१
अर्खले (५-७)१९४६६.२६३१०.८६
अर्खले (३-४)१२७३३.०१४२२.९२
नयाँगाउँ (८-९) र अर्खले (१-२)१५४४५.१३३००.९७
तम्घास (८-९)१९०६४.२९४४४.२९
तम्घास (४-५)४२८३४.९८७४.०८
तम्घास (६-७)२०५८१.७६११६९.३२
१०सिमीचौर (१-६)३०५४१३.९७२१८.६१
११सिमीचौर (७-९)१३९४५.१८२६९.११
१२दुबिचौर (१,६-९)१७००७.५५२२५.१७
१३दुबिचौर (२-५)७२०३.५५२०२.८२
१४पराल्मी२५२६१३.९५१८१.०८
जम्मा३१,५५१८३.७४३७६.७७

पर्यटकीय तथा धार्मिक स्थलहरू

[सम्पादन गर्नुहोस्]
  1. महापोखरी
  2. यज्ञशाला
  3. रामकुण्ड
  4. रामकुवा
  5. पुरानो सिद्धमन्दिर
  6. स्वामी शशीधरको समाधिस्थल
  7. विष्णुपादुका
  8. लक्ष्मीनारायणको समाधिस्थल
  9. तम्घास बजार[]

चित्र दीर्धा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. रमेश विश्वकर्मा। "पर्यटकीय तथा धार्मिक गन्तव्य रेसुङ्गा (फाेटाे फिचर"गोरखापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति २२ सेप्टेम्बर २०२२
  5. रमेश विश्वकर्मा। "पर्यटकीय तथा धार्मिक गन्तव्य रेसुङ्गा (फाेटाे फिचर"गोरखापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति २२ सेप्टेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]