बागचौर नगरपालिका
बागचौर नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | मध्य-पश्चिमाञ्चल |
अञ्चल | राप्ती अञ्चल |
जिल्ला | सल्यान जिल्ला |
स्थापना | २०७२ असोज १ |
सरकार | |
• मेयर | लोकमान बुढाथोकी |
• उप मेयर | कल्पना पुन |
जनसङ्ख्या | |
• जम्मा | ३०,०३९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-८८ |
वेबसाइट | bagchaurmun.gov.np |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
बागचौर नगरपालिका राप्ती अञ्चल अन्तर्गत पर्ने सल्यान जिल्ला अवस्थित एक नगरपालिका हो। [१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सल्यानमा थारमारे, शिबरथा, कोटबारा, कोटमौला र पिपलनेटा यी ५ गाउँ विकास समितिहरूलाई समेटेर बागचौर नगरपालिका घोषणा गरिएको हो।[४] बागचौर नगरपालिकाको केन्द्र साबिकको थारमारे गाउँ विकास समितिको बागचौरमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
थारमारे, शिबरथा, कोटबारा, कोटमौला र पिपलनेटा यी ५ गाउँ विकास समितिहरूलाई मिलाएर बागचौर नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ५ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बागचौर नगरपालिकाको जनसङ्ख्या ३०,०३९ रहेको छ।[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
- ↑ ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |