सामग्रीमा जानुहोस्

त्रिवेणी गाउँपालिका, सल्यान

त्रिवेणी गाउँपालिका, सल्यान
त्रिवेणी गाउँपालिका, सल्यान सल्यान जिल्ला-को अवस्थिति
त्रिवेणी गाउँपालिका, सल्यान
त्रिवेणी गाउँपालिका, सल्यान कर्णाली प्रदेश-को अवस्थिति
त्रिवेणी गाउँपालिका, सल्यान
त्रिवेणी गाउँपालिका, सल्यान नेपाल-को अवस्थिति
त्रिवेणी गाउँपालिका, सल्यान
निर्देशाङ्क: २८°१८′ उत्तर ८२°१७′ पूर्व / २८.३०° उत्तर ८२.२९° पूर्व / 28.30; 82.29
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षखिमबहादुर रावत (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसीता खड्का पुन (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११९.११ किमी२ (४५.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,२४२
 • घनत्व१८०/किमी२ (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
केन्द्रसाविक त्रिवेणी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

त्रिवेणी नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सल्यान जिल्लामा रहेको एक गाउँपालिका हो।[३][४][५] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशमा स्थानीय तह लागू गर्दा सल्यान जिल्लामा साविकको काभ्रा, काँरागिठी, फलावाङ र त्रिवेणी गाउँ विकास समितिहरूलाई जोडेर यो गाउँपालिका बनाइएको हो।[६][७] यो गाउँपालिकाको कुल क्षेत्रफल ११९.११ वर्गकिलोमिटर रहेको छ।[८]

नामकरण

[सम्पादन]

शारदा खोला, लुहाम खोला र घुर खोलाको सङ्गम स्थल भएकाले यो गाउँपालिकाको नाम 'त्रिवेणी' राखिएको हो।

भूगोल

[सम्पादन]

यो गाउँपालिकाको पूर्वमा कपुरकोट गाउँपालिका, पश्चिममा कालिमाटी गाउँपालिका उत्तरमा शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिका र दक्षिणमा दाङ जिल्ला पर्दछ। त्रिवेणी गाउँपालिका विश्व मानचित्रमा २८° १४' देखि २८° २०' उत्तरी आक्षांश र ८२° ०८' देखि ८२° २०' पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ भने समुद्री सतहबाट ७८३ देखि २,१०७ मिटरसम्मको उचाइमा अवस्थित छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार त्रिवेणी गाउँपालिका, सल्यानको कुल जनसङ्ख्या १६,६६४ रहेको छ भने यहाँ ४,११० घरधुरी रहेका छन्।[२]

त्रिवेणी गाउँपालिकाको वडागत विवरण (२०७८ को जनगणना अनुसार)
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१काभ्रा३,५८४२८.४४१२६.०२
२काँरागिठी२,५३६१७.९२१४१.५२
३फलावाङ (१-५)३,४९०२९.९१११६.६८
४फलावाङ (६-९)१,९९०११.६५१७०.८२
५त्रिवेणी (१-६)२,२६४२०.६२१०९.८०
६त्रिवेणी (७-९)२,८००१०.५७२६४.९०
जम्मा१६,६६४११९.१११३९.९०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३।
  4. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), लोकान्तर, २३ पुष २०७३, अन्तिम पहुँच २३ पुष २०७३।
  5. ↑ "हेर्नुहोस्, तपाईंँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फागुन २०७३।
  6. ↑ "सबै गाविस र जीविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
  7. ↑ "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
  8. ↑ "स्थानीय तहसभको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फागुन २७।

बाह्य कडीहरू

[सम्पादन]