सामग्रीमा जानुहोस्

त्रिवेणी गाउँपालिका, सल्यान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिवेणी गाउँपालिका, सल्यान
त्रिवेणी गाउँपालिका, सल्यान is located in कर्णाली प्रदेश
त्रिवेणी गाउँपालिका, सल्यान
कर्णाली प्रदेशको नक्सामा त्रिवेणी गाउँपालिका, सल्यानको अवस्थिति
त्रिवेणी गाउँपालिका, सल्यान is located in नेपाल
त्रिवेणी गाउँपालिका, सल्यान
त्रिवेणी गाउँपालिका, सल्यान (नेपाल)
निर्देशाङ्क: २८°१८′N ८२°१७′E / २८.३०°N ८२.२९°E / 28.30; 82.29निर्देशाङ्कहरू: २८°१८′N ८२°१७′E / २८.३०°N ८२.२९°E / 28.30; 82.29
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षखिमबहादुर रावत (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसीता खड्का पुन (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११९.११ किमी (४५.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,२४२
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
केन्द्रसाविकको त्रिवेणी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

त्रिवेणी नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सल्यान जिल्लामा रहेको एक गाउँपालिका हो।[][][] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशमा स्थानीय तह लागू गर्दा सल्यान जिल्लामा साविकको काभ्रा, काँरागिठी, फलावाङत्रिवेणी गाउँ विकास समितिहरूलाई जोडेर यो गाउँपालिका बनाइएको हो।[][] यो गाउँपालिकाको कुल क्षेत्रफल ११९.११ वर्गकिलोमिटर रहेको छ।[]

शारदा खोला, लुहाम खोला र घुर खोलाको सङ्गम स्थल भएकाले यो गाउँपालिकाको नाम 'त्रिवेणी' राखिएको हो।

यो गाउँपालिकाको पूर्वमा कपुरकोट गाउँपालिका, पश्चिममा कालिमाटी गाउँपालिका उत्तरमा शारदा नगरपालिकाछत्रेश्वरी गाउँपालिका र दक्षिणमा दाङ जिल्ला पर्दछ। त्रिवेणी गाउँपालिका विश्व मानचित्रमा २८° १४' देखि २८° २०' उत्तरी आक्षांश र ८२° ०८' देखि ८२° २०' पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ भने समुद्री सतहबाट ७८३ देखि २,१०७ मिटरसम्मको उचाइमा अवस्थित छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार त्रिवेणी गाउँपालिका, सल्यानको कुल जनसङ्ख्या १६,६६४ रहेको छ भने यहाँ ४,११० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३ 
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), लोकान्तर, २३ पुष २०७३, अन्तिम पहुँच २३ पुष २०७३ 
  5. "हेर्नुहोस्, तपाईंँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फागुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  6. "सबै गाविस र जीविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  7. "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  8. "स्थानीय तहसभको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फागुन २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]