सामग्रीमा जानुहोस्

बाह्रविसे नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाह्रविसे नगरपालिका
बाह्रविसे नगरपालिका को बागमती प्रदेश मा अवस्थिति
बाह्रविसे नगरपालिका
बागमती प्रदेशको नक्सामा बाह्रविसे नगरपालिकाको अवस्थिति
बाह्रविसे नगरपालिका को नेपाल मा अवस्थिति
बाह्रविसे नगरपालिका
बाह्रविसे नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४६′उ ८५°४२′पू / 27.767°N 85.700°E / 27.767; 85.700
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षबालकृष्ण बस्नेत (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमञ्जु तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१३४.८० किमी (५२.०५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२४,१०९
  घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविकको बाह्रविसे गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बाह्रविसे नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो । यसको क्षेत्रफल ९६.७३ वर्ग किलोमिटर रहेको छ। विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा सिन्धुपाल्चोक जिल्लाका घोर्थली (१-४), कर्थली, बाह्रबिसे, गाती, घुमथाङ, मानेश्वाँराराम्चे गाउँ विकास समितिहरूलाई समेटेर बाह्रविसे नगरपालिका घोषणा गरिएको थियो। बाह्रविसे सिन्धुपाल्चोक जिल्लाका तीन र मुलुकका २७६ मध्यहरू एक हो। पूर्वमा दोलखा जिल्ला पश्चिममा सिन्धुपाल्चोककै जुगल गाउँपालिकासँग सीमा जोडीएको यस नगरको उत्तरमा भोटेकोशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन्। नेपाल चीन स्थलगत मार्ग जोडिने अरनिको राजमार्ग र दुवै तर्फ फैलिएको वडाहरूको फेदिमा रहेको भोटेकोशी नदी यसको प्रकृातिक पहिचान हो। तिब्बत नेपालका विभिन्न कालखण्डका सम्वन्धहरू सँग यसको अनेकौ एतिहासिकता जोडिएको छ। समुन्द्र सतहदेखी ५०० मिटर देखी ४००० मिटर सम्मको उचाई भएको भु-वनोट रहेको यस नगरपालिकाको जनसंख्या २६५३५ र क्षेत्रफल १३४.८ वर्ग कि.मि रहेको छ। नगरपालिकाको भवन रहेको केन्द्रिय क्षेत्र बाह्रबिसे बजारको रुपमा परिचित छ भने यस बजारमा पूर्ख्यौलि नेवार जातिको बाहुल्यता रहेको छ। तर समग्र नगरपालिकाको जनसङ्ख्यामा भने तामाङ जातिको जनसङ्ख्या अघि देखिन्छ। ब्राम्हण, क्षेत्री, तामाङ, शेर्पा, गुरूङ लगायत अनेकौ जातजाती र भाषाभाषिहरू यहाँ रहेका छन् भने थामी समुदाय यस नगरको आदिवासी लोपोन्मुख जनजाति अन्तर्गत पर्दछन।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बाह्रविसे नगरपालिकाको कुल जनसङ्ख्या २४,१०९ रहेको छ भने यहाँ ६,६५५ घरधुरी रहेका छन्।[]

बाह्रविसे नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
घोर्थली (१–४)८३०१२६९.१७
कर्थली३३११२६.११२६.८६
बाह्रविसे (१–४)३१५४६.७७४६५.८८
बाह्रविसे (५–९)२८९१३.७१७७९.२५
गाती (१–५)१८९८६.४२२९५.६४
गाती (६–९)१९३४१२.८२१५०.८६
घुमथाङ३३२२३६.३८९१.३१
मानेश्वाँरा३१९८१९.२६१६६.०४
राम्चे३५७१११.३४३१४.९०
जम्मा२४,१०९१३४.८१७८.८५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]