सामग्रीमा जानुहोस्

सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक
सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक मा पर्दछ बागमती प्रदेश
सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक
बागमती प्रदेशको नक्सामा सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोकको अवस्थिति
सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक मा पर्दछ नेपाल
सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक
सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक (नेपाल)
निर्देशाङ्क: २८°०३′N ८५°३२′E / 28.05°N 85.53°E / 28.05; 85.53
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षटपिन्द्रप्रसाद तिमल्सिना (नेकपा (एमाले))
  उपाध्यक्षकान्छी लामा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा७२.८४ किमी (२८.१२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,१७६
  घनत्व२१०/किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविक पाङ्ग्रेटार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सुनकोशी गाउँपालिका बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पर्ने एउटा गाउँपालिका हो । यस गाउँपालिका हुदै बग्ने सुनकोशी खोलाको नामबाट यसको नामाकरण गरिएको थियो। वि.सं. २०७३/११/२७ देखि लागू हुने गरी बनाइएको यस गाउँपालिका घोषणा गर्दा तत्कालीन ६ गाविसहरू ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी, थुम्पाखरपाङ्ग्रेटारलाई गाभिएको थियो। यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन्।

यस गाउँपालिकामा विशेष गरी हिन्दु र वौद्ध धर्मावालम्वीहरूको बसोबास रहेको छ । यहाँ व्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँका नागरिकहरूले कृषि, पशुपालन र व्यापारलाई मुख्य पेशाको रूपमा ऐतिहासिक कालबाटै अङ्गाल्दै आएका छन्। यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु स्थानीय बजार क्षेत्रमा बढी खपत र बिक्री हुने गरेको छ। भौगोलिक रूपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस गाउँपालिकामा मानव बसोवास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन्।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोकको कुल जनसङ्ख्या १५,१७६ रहेको छ भने यहाँ ४,४५१ घरधुरी रहेका छन्।[]

सुनकोशी गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
ठोकर्पा (१-४)२,०५४१०.४१९७.५०
ठोकर्पा (५-९)१,७८२२५४.५७
कालिका२,०३५११.१६१८२.३५
यमुनाडाँडा१,२४६७.८६१५८.५२
सुनखानी१,९७११३.३५१४७.६४
थुम्पाखर३,०२६१३.४४२२५.१५
पाङ्ग्रेटार३,०६२९.६१३१८.६३
जम्मा१५,१७६७२.८४२०८.३५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]