विदुर नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

विदुर नगरपालिका काठमाडौं उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ । नुवाकोट जिल्लाको सदरमुकाम बिदुरको नामवाट परिचित यस नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भर्इ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।११।२७ बाट संचालनमा आएको हो । १३०.०१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका समथर मैदान तथा पहाडी डाडाँकाडाँ मिलेर वनको छ ।  १३ वडामा विभाजित यस नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर  गठन भएको हो । पूर्वमा सूर्यगढी र लिखु गाउँपालिका, पश्चिममा मेघाङ र तारकेश्वर गाउँपालिका, उत्तरमा किस्पाङ गाउँपालिका र रसुवा जिल्ला र दक्षिण सिमानामा बेल्कोटगढी नगपालिका पर्दछ ।

वडा नं. समावेश भएका साविक गाविस/नपाहरु साविक वडा नं.              
विदुर १,१०,११
विदुर २,३
खड्गभञ्ज्याङग् ४-९
विदुर
विदुर ५,७
विदुर
चारघरे १,२
तुप्चे १,२,३,४,५,७
विदुर
तुप्चे ६,८
विदुर
तुप्चे
१० गेर्खु ३,४,७,९
११ गेर्खु १,२,५,६,८
१२ चारघरे ३-९
१३ कल्याणपुर १-९

२. ऐतिहासिक पृष्ठभुमि

प्रख्यात साततले दरवारका साथै मल्लकालिन पुरातात्विक दरवार र प्रसिद्ध भैरवी मन्दिर, जालपा देवी मन्दिर लगायतका स्थलहरू समेटिएको यो नगरपालिका ऐतिहासिक धरोहरको धनि मानिन्छ । जिल्लाको सदरमुकाम नुवाकोटलाई विदुरमा सार्नु पूर्व यस नगरपालिका भित्र पर्ने ऐतिहासिक नुवाकोट वजार ईतिहासमा पश्चीम १ नं. (नुवाकोट, धादिङ्ग र रसुवा ) को सदरमुकाम थियो भने पश्चीम १ नं. गौडाको पुरानो व्यापारिक केन्द्र सांघुवजार (हालको त्रिशुली वजार) पनि यस नगरपालिका भित्रको १ नं. वडामा पर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]