सामग्रीमा जानुहोस्

रोल्पा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोल्पा नगरपालिका
रोल्पा नगरपालिका मा पर्दछ लुम्बिनी प्रदेश
रोल्पा नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा रोल्पा नगरपालिकाको अवस्थिति
रोल्पा नगरपालिका मा पर्दछ नेपाल
रोल्पा नगरपालिका
रोल्पा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°१८′उ ८२°३८′पू / 28.300°N 82.633°E / 28.300; 82.633
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखसुरेन्द्र थापा (घर्ती) (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखगीता आचार्य (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा२७०.४२ किमी (१०४.४१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३५,३७६
  घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक लिवाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रोल्पा नगरपालिका नेपालको लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा अवस्थित एक नगरपालिका हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा कोटगाउँ, जङ्कोट, धवाङ, ह्वामा, कोर्चावाङ (३,४ र ५), खुमेल, लिवाङजेदवाङ (१-६) गाविसहरू यसमा गाभिएका थिए। रोल्पा जिल्लाको सदुरमुकाम पनि यही नगरपालिका भित्र पर्दछ, रोल्पा नगरपालिकाको वडा नं. ४ मा जिल्ला प्रशासन कार्यालय रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रोल्पा नगरपालिकाको कुल जनसङ्ख्या ३५,३७६ रहेको छ भने यहाँ ८,७४५ घरधुरी रहेका छन्।[]

रोल्पा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
लिवाङ (१–४)३५१७२३.३५१५०.६२
लिवाङ (५,६,८)५१८४१२४३२.००
लिवाङ (७,९) र खुमेल (७–९)२६१९२९.४३८९.००
खुमेल (१–६)४५५५११.१२४०९.६२
जेदवाङ (१–६)२३७९२१.७८१०९.२३
कोटगाउँ (२–७, ९)३४०७२२.५९१५०.८२
कोर्चावाङ (३–५), कोटगाउँ (१, ८) र जङ्कोट (१)२४३११५.०४१६१.६४
जङ्कोट (२–९)१९३९३२.७७५९.१७
ह्वामा (१–९)३९०५४२.७५९१.३५
१०धवाङ (१–९)५४४०५९.५९९१.२९
जम्मा३५,३७६२७०.४२१३०.८२

रोल्पा जिल्लाको सदुरमुकामवाट करिव १२ कि.मी को दुरीमा भ्यू टावर रहेको छ, जसबाट उत्तरमा धवलागिरी हिमश्रङखला अन्तर्गतका धवलागिरी हिमाल अन्नपुर्ण हिमाल सिस्ने हिमालहरु लत्तरम्म सुतेको मनमोहक देखिन्छ । यहाँवाट मनमोहक दृश्यहरु अवलोकन गर्नको लागि लिबाङ र सुलिचौरबाट शनिबार दिन वा अन्य बिदाको दिनमा आन्तरिक पर्यटकको घुईचो लाग्ने गर्दछ । रोल्पा नगरपालिका अन्तर्गत गुरुङ्ग गाउँ होमस्टे, चुनारे भिर, माडिचौर र सुन्दर गाउँ बामरुक रहेका छन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]