सुनछहरी गाउँपालिका
सुनछहरी Sunachahari | |
---|---|
देश | ![]() |
प्रदेश | प्रदेश नं. ५ |
जिल्ला | रोल्पा जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | आशबहादुर पुन (माओवादी केन्द्र) |
• उपाध्यक्ष | पवित्रा घर्तीमगर (माओवादी केन्द्र) |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | २७७.६२ किमी२ (१०७.१९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १६,०३४ |
• घनत्व | ५८/किमी२ (१५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७७ |
केन्द्र | साविकको जैमाकसला गाविसक कार्यालय |

सुनछहरी गाउँपालिका रोल्पा जिल्लामा अवस्थित छ ।[१][२] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछिरोल्पा जिल्लाको साविकका जेलवाङ, गाम, सिउरी, जैमाकसला, सेरम र फगाम गाउँ विकास समितिलाई मिलाई सुनछहरी गाउँपालिका बनाईएको हो । ।[३] सुनछहरी गाउँपालिकाक कूल जनसङ्ख्या १६,०३४ रहेको छ । यो गाउँपालिकाको कूल क्षेत्रफल २७७.६२ वर्गकिलोमिटर छ । यो गाउँपालिकालाई ७ वडामा बिभाजन गरिएको छ । यो गाउँपालिका पूर्वमा बागलुङ जिल्ला , पश्चिममा सुवर्णावती गाउँपालिका र रोल्पा नगरपालिका, उत्तरमा रुकुम जिला र बागलुङ जिल्ला तथा दक्षिणमा लुङग्री गाउँपालिका र सुवर्णावती गाउँपालिका को बिच अबस्थित छ।[४]
भूगोल[सम्पादन गर्नुहोस्]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
राष्ट्रिय जनगणना २०६८ अनुसार १६०३४, नयाँ सर्वेक्षण २०७४ अनुसार १९०५४ [५]
नदी नाला[सम्पादन गर्नुहोस्]
लुङ्ग्री खोला, फगाम खोला ।
झरना[सम्पादन गर्नुहोस्]
सुनछहरी झरना- स्युरी
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
- ↑ http://sunchhaharimun.gov.np/