सामग्रीमा जानुहोस्

सुनछहरी गाउँपालिका

निर्देशाङ्कहरू: २८°२९′N ८२°४३′E / 28.48°N 82.72°E / 28.48; 82.72
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनछहरी गाउँपालिका
सुनछहरी गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
सुनछहरी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा सुनछहरी गाउँपालिकाको अवस्थिति
सुनछहरी गाउँपालिका मा पर्दछ नेपाल
सुनछहरी गाउँपालिका
सुनछहरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२९′N ८२°४३′E / 28.48°N 82.72°E / 28.48; 82.72
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षधनबहादुर पुन मगर (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षननकला घर्ती (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२७७.६२ किमी (१०७.१९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,२४१
 • घनत्व६२/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक जैमाकसला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सुनछहरी गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा जेलवाङ, गाम, सिउरी, जैमाकसला, सेरमफगाम (२-९) गाविसहरू यसमा गाभिएका थिए। सुनछहरी गाउँपालिकाको नाम सुनछहरी झरनाको नाम बाट राखिएको हो भने सुनछहरी झरना सम्भवत लुम्बिनी प्रदेशकै सवैभन्दा अग्लो झरना हो।

पर्यटकिय स्थल

[सम्पादन गर्नुहोस्]

सुनछहरी गाउँपालिका पर्यटकिय हिसाबले प्रवल सम्भाबना बोकेको गाउँपालिका हो । रोल्पा रुकुम र बाग्लुङको सिमानामा पर्ने तिलाचन क्षेत्र तथा तिलाचन दह, रावाङ लेक, कोठीभीर, बिबाङ दह, बजुधुरी र गृहयुद्द हुँदा नेपालको सबैभन्दा वढी बलिदानी भएको गाउँ जेलवाङ आफैमा एउटा दस्तावेजको रुपमा प्रचित रहेको छ, युद्ध पर्यटनको पर्याप्ट सम्भाबना बोकेको र गुरिल्ला ट्रेकिङको शुरुवाती विन्दु पनि भएकाले यो गाउँ पर्यटकिय हिसाबमा निकै अब्बल साबित हुन्छ । जेलवाङ बाट करिव ६ घण्टाको दुरीमा हिडिएपछि चर्चित पर्यटकिय स्थल जलजला पुग्न सकिन्छ । वैशाख, जेठ र साउनको पुर्णिमाको दिन जलजला मा पुजाको लागि हजारौं तिर्थयात्रीहरु यो ठाउँ हुदै जलजला पुग्ने गर्दछन् ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनछहरी गाउँपालिकाको कुल जनसङ्ख्या १७,२४१ रहेको छ भने यहाँ ३,५८६ घरधुरी रहेका छन्।[]

सुनछहरी गाउँपालिकामा विभिन्न जातजातीको बिबिधता रहेको छ जसमा सबैभन्दा धेरै मगर, क्षेत्री, दलित, गुरुङ्ग, नेवारथकाली जातीको वसोबास रहेको छ । जसमा सबैभन्दा वढी मगर को जनसंख्या रहेको छ भने अल्पसंख्यकका रुपमा थकाली, गुरुङ्ग र नेवार रहेका छन् ।

भाषाभाषी र धर्म

[सम्पादन गर्नुहोस्]

सुनछहरी गाउँपालिकामा मगर समुदायको वाहुल्यता भएकाले मगर खाम भाषा बोल्नेको जनसंख्या वढी रहेको छ । जसमा वडा नं. ७ जेलवाङमा पर्वते खाम बोल्छन् भने वडा नं. १,२,३,४,र ५ मा गमाले खाम बोल्ने गर्दछन् । अन्य जातिले पनि मगरहरुको बाहुल्यता तथा एउटै समुदायमा पर्ने भएकाले अन्य जातिले पनि खाम भाषा बोलेको पाइन्छ । मगर जातिले विशेष गरी प्रकृति धर्म मान्ने गरीन्छ भने केहीले क्रिश्चियन धर्म पनि मान्ने गरेको पाइन्छ र अन्य जातिले हिन्दु धर्म मान्ने गर्दछन् ।[]

सुनछहरी गाउँपालिकाको जम्मा क्षेत्रफल २७७.६२ वर्ग किमी रहेको छ र १०७.१९ वर्ग माइल रहेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "पर्यटन बिभाग , नेपाल सरकार", www.tourismdepartment.gov.np, अन्तिम पहुँच २०२५-०४-१८ 
  4. "local level | national_population and housing_census_year results", censusnepal.cbs.gov.np, अन्तिम पहुँच २०२५-०४-१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]