सामग्रीमा जानुहोस्

गरुडा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गरुडा नगरपालिका
गरुडा नगरपालिका को मधेश प्रदेश मा अवस्थिति
गरुडा नगरपालिका
मधेश प्रदेशको नक्सामा गरुडा नगरपालिकाको अवस्थिति
गरुडा नगरपालिका को नेपाल मा अवस्थिति
गरुडा नगरपालिका
गरुडा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५७′N ८५°१९′E / 26.95°N 85.32°E / 26.95; 85.32
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखकन्थमनीप्रसाद कलवार (नेकपा (एमाले))
  उपप्रमुखपुनमकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा४४.४६ किमी (१७.१७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६०,८५७
  घनत्व१४००/किमी (३५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
केन्द्रसाविक गरुडा बैरीया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गरुडा नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो।[][][] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा रौतहट जिल्लामा गरुडा बैरीया, महम्मदपुर, पोठीयाही, गेडही गुठी, मलाही , बसविट्टी जिगडीयाजयनगर गरी ७ गाउँ विकास समितिहरू लाई समेटेर गरुडा नगरपालिका घोषणा गरेको थियो।[] भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा रधुनाथपुर पिपरीया दोस्तीया गाविसलाई पनि यसमा गाभिएको थियो। गरुडा नगरपालिकाको केन्द्र गरुडा बैरीया बजारमा रहेको छ।[][]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गरुडा नगरपालिकाको कुल जनसङ्ख्या ६०,८५७ रहेको छ भने यहाँ ९,८६२ घरधुरी रहेका छन्।[]

गरुडा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
जयनगर७,२२०४.५११६००.८९
गेडही गुठी५,५३७२.६७२०७३.७८
मलाही३,३०४२.६१२७०.७७
गरुडा बैरीया६,९५२३.४७२००३.४६
महम्मदपुर९,१६६६.३३१४४७.९९
पोठीयाही७,९२३४.६११७१८.६६
पिपरीया दोस्तीया५,६५०५.८३९६९.१३
बसविट्टी जिगडीया७,६३१६.४८११७७.६२
रघुनाथपुर७,४७४७.९६९३८.९४
जम्मा६०,८५७४४.४६१३६८.८०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१
  4. 1 2 "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मङ्सिर अभिलेखिकरण २०१५-०८-२४ वेब्याक मेसिन
  5. 1 2 "गरुडा नपा भएपछि खुशीयाली"[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]