पुँजा
पुँजा | |
---|---|
देश | ![]() |
अञ्चल | राप्ती अञ्चल |
जिल्ला | प्युठान जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ३८७१ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पुजा प्युठान जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।
भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]
पूजा गाविस नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अञ्चल, प्यूठान जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा पर्दछ । पूजा प्यूठान जिल्लाका ४९ गाविस मध्ये एउटा सदरमुकामबाट उत्तरमा अवस्थित गाविस हो । पूजा गाविस प्यूठानको जिल्ला सदरमुकाम खलङ्गादेखि १४ कोषको पैदल दुरी उत्तरमा अवस्थित छ । मोटरबाटोको कुरा गर्दा सदरमुकामदेखि करिक ३० किलोमिटरको दुरीमा यो गाविस रहेको छ। २८.२४ डिग्री उत्तरदेखि २८.९९ डिग्री पूर्वमा अवस्थित पूजाको पूर्वमा खुङ तथा गुल्मी जिल्लाको अग्लुङ गाविस, उत्तरमा स्याउलीवाङ गाविस, पश्चिममा खवाङ गाविस र दक्षिणमा लिवाङ गाविस रहेको छ।
सडक यातायात[सम्पादन गर्नुहोस्]
जिल्लाको व्यापारिक केन्द्र बिजुवारदेखि मोटर चढेर २८ किलोमिटरको कच्ची सडको यात्रापछि खुङ गाविसको ठूलावेसी पुगिन्छ। ठूलावेसी पूजा, खुङ, अर्खा तथा रजवाराको व्यापारिक केन्द्र हो। सोही ठूलावेसीबाट उत्तर-पश्चिमतर्फ लागेमा पूजा पुग्न सकिन्छ। आ.ब. ०६६/६७मा ठूलावेसीदेखि पूजाका वार्ड नं. ७, वार्ड नं. ६, वार्ड नं. ५, वार्ड नं. ४, वार्ड नं. ९ र वार्ड नं. ८लाई सडक यातायातले जोडिसकेको छ भने आ.व. ०६७/६८मा पूजाको वार्ड नं. ४बाट शाखा सडक निर्माण गरी वार्ड नं. ३, वार्ड नं. २, वार्ड नं. १ सडक यातायातले जोड्ने काम भएको छ। साथै गाविसको दक्षिण अवस्थित लिवाङबाट गाविसको वार्ड नं. ९ गोद्रे जोडिएको छ।
शिक्षा[सम्पादन गर्नुहोस्]
पूजा गाविसका प्रत्येक वार्डहरूमा एकएक प्राथमिक विद्यालयहरू हुनुका साथै वार्ड नं. ६ र वार्ड नं. ९मा निमावि रहेका छन्। वि.सं. २०१८ सालमा स्थापना भएर पनि हालसम्म माविबन्न नसकेको महेन्द्र निमावि हाल माविमा रूपान्तरण हुने क्रममा रहेको छ। माध्यमिक शिक्षाका लागि ठूलावेसीमा पुग्नु पर्ने पूजाको बिवसता हो। ठूलावेसीमा जिल्लाको प्रतिष्ठित गौमुखी उच्च माध्यमिक विद्यालय रहेको छ। राजनीतिक खिचातानी तथा जातीय अन्धताले गर्दा पूजाको शैक्षिक विकास मध्यम रहेको छ। उच्च शिक्षा हासिल गरेका अधिकांस व्यक्ति शहर केन्द्रित हुनु र यथास्थितिका शैक्षिक व्यक्तित्वले गुजारा चलाउनु पूजाको बिवसता हो।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
यहाँको जनसङ्ख्या ४ हजार ५ सय ७६ रहेको छ। जसमध्ये पुरुषको संख्या २ हजार १ सय २१ र महिलाको संख्या २ हजार ४ सय ५५ रहेको छ। जम्मा ८६२ घर रहेको पूजाको जातिगत संरचना हेर्ने हो भने जम्मा जनसङ्ख्याको करिब ५० प्रतिशत खस क्षत्री, २५ प्रतिशत ब्राहृमण, करिब २० प्रतिशत दलित तथा करिब ५ प्रतिशत अन्य जातजाति रहेको पाइन्छ।[१]
स्वास्थ्य तथा सरसफाई[सम्पादन गर्नुहोस्]
पूजा गाविसको नाममा एउटा इलाका हेल्थपोष्ट रहेको छ। तर पूजाको भूभाग रहेपनि यो हेल्थपोष्ट पूजाको पूर्वी कुनामा रहेको छ। यो हेल्थपोष्टले पूजाका जनतामा भन्दा पनि रजवारा, अर्खा तथा गुल्मीको अग्लुङ गाविसका जनतामा केन्द्रित रहेको छ। गाविसका अधिकांस घरहरूमा चर्पीको व्यवस्था रहेको छ। गाविसको वार्ड नं. ९मा प्रत्येक घरमा वाटरशील चर्पी रहेको छ।
खानेपानी[सम्पादन गर्नुहोस्]
अपवादलाई छाडेर गाविसका प्रत्येक घरलाई खानेपानी सुविद्या छ।
राजनीतिदल[सम्पादन गर्नुहोस्]
पूजा गाविसमा क्रियाशील राजनीतिक दल चारवटा रहेका छन्
- १. एनेकपा -(माओवादी),
- २. राष्टिय जनमोर्चा
- ३. नेपाली काँग्रेस र
- ४. ने.क.पा. (एमाले)
गत संविधानसभा निर्वाचनको प्राप्त परिणामलाई हेर्नेहो भने यहांका मतदातामा मुख्य ठूलो माओवादी, दोस्रोमा राजमो र काङ्ग्रेस र एमाले सामान्य मतदाता रहेका छन्।
विशेष[सम्पादन गर्नुहोस्]
गाविसमा एउटा इलाका प्रहरी चौकी रहेको छ। गाविसको वार्ड नं. २मा फलाम खानी रहेको पुष्टी भएको छ। गाविसको अग्लो टाकुरा तारेभिरमा तामा खानी रहेको बुझिएको छ। महत्त्वपूर्ण औषधि शिलाजीत गाविसका विभिन्न ठाउँमा रहेको छ। गाविसमा तीनवटा सामुदायिक वनः रुल सामुदायिक वन, तारेभिर सामुदायिक वन र घोरल सामुदायिक वन रहेका छन्। गाविसको वार्ड नं. ७ र वार्ड नं. ६को केही भाग ग्रामीण लघु उर्जाबाट बिद्युतीकरण भएको छ। पूजाको ठूलो देवाली जिल्लाकै प्रसिद्ध एतिहासिक मेलामा चिनिन्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ नेपालको जनगणना २०५८