शेरधन राई
शेरधन राई | |||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| कोशी प्रदेशको मुख्यमन्त्री | |||||||||||||||||||
| कार्यकाल २०७४ फागुन २ – २०७८ भाद्र १० | |||||||||||||||||||
| पूर्वाधिकारी | कार्यालय स्थापना | ||||||||||||||||||
| उतराधिकारी | भीम आचार्य | ||||||||||||||||||
| |||||||||||||||||||
| |||||||||||||||||||
| व्यक्तिगत विवरण | |||||||||||||||||||
| जन्म | २३ फेब्रुअरी १९७१ पसल भञ्ज्याङ भोजपुर, नेपाल | ||||||||||||||||||
| राष्ट्रियता | नेपाली | ||||||||||||||||||
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी | ||||||||||||||||||
| जीवनसाथी | जङ्मु एन शेर्पा | ||||||||||||||||||
| जीवनवृति | राजनीतिज्ञ | ||||||||||||||||||
| वेबसाइट | ocmcm | ||||||||||||||||||
शेरधन राई नेपालका राजनीतिज्ञ हुन्। हाल यिनी कोशी प्रदेश को मुख्यमन्त्री छन्। भोजपुर क्षेत्र नं १ (ख) बाट प्रदेश सभामा निर्वाचित यिनी २०७४ माघ २ गते १ नं प्रदेशको मुख्यमन्त्री निर्वाचित भएका हुन्। [१]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]राईको जन्म वि.सं. २०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका–३, थिदिङ्खाको पसलभन्ज्याङ्गमा भएको हो । पिता जागीरमान राई र माता राम्रीमाया राईको पहिलो सन्तानका रूपमा जन्मिएका राईले समाजशास्त्रमा एम.ए. सम्मको शिक्षा हासिल गरेका छन्। मध्यम वर्गीय परिवारमा जन्मिएका राई एक ईमान्दार सालिन व्यक्तित्व मान्छिन् ।[२] समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । राईले तीन वर्ष भूमिगत जीवन बिताएका थिए ।
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]२०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई अहिले प्रदेश एक का मुख्यमन्त्री हुनुहुन्छ । २०४४ सालदेखि अनेरास्ववियू मार्फत क्रियाशिल भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बनेका राई २०५०–२०५४ सम्म अनेरास्ववियूको पूर्वाञ्चल प्रमुख बन्नुभयो । उहाँ नेकपा एमाले भोजपुरको प्रमुख पदमा ४ कार्यकाल निर्विरोध रूपमा निर्वाचित हुनुभएको थेयो । राईले २०४४ सालमा तीन वर्ष भूमिगत जीवन बिताउनु भएको छ ।[३] २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बनेका थिए । दोस्रो संविधानसभामा राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे । दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक मन्त्री बने ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "शेरधन राई प्रदेश नम्बर एकको मुख्यमन्त्री नियुक्त", लोकान्तर, २ फागुन २०७४, अन्तिम पहुँच ७ साउन २०७५।
- ↑ "को हुन शेरधन राई", अन्तिम पहुँच २०१९-०२-११। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०५ मिति
- ↑ "को हुन् शेरधन राई ?", https://nepalpatra.com, अन्तिम पहुँच २०१९-०२-११।
- ↑ "को हुन् शेरधन राई ? जसले मुख्यमन्त्री सजिलै पाए", अन्तिम पहुँच २०१९-०२-११। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२२ मिति