भीमप्रसाद आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भीम आचार्यबाट अनुप्रेषित)
भिम प्रसाद आचार्य
कोशी प्रदेशको मुख्यमन्त्री
कार्यकाल
भाद्र १०, २०७८[१] – कार्तिक १५ २०७८
पूर्वाधिकारीशेरधन राई
उतराधिकारीराजेन्द्रकुमार राई
व्यक्तिगत विवरण
जन्मनेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी
जीवनवृतिराजनीतिज्ञ

संविधानसभा निर्वाचन २०७० मा भिम प्रसाद आचार्य ने.क.पा. एमाले सुनसरी क्षेत्र न. ६ का सभासद् थिए।

व्यक्तिगत विवरण[सम्पादन गर्नुहोस्]

नाम               : भीम आचार्य

जन्म स्थान         : तेलिया गा.वि.स. वडा नं. ६, धनकुटा

स्थायी ठेगाना     : इनरुवा–६, सुनसरी

जन्म मिति         : २०१६ वैशाख १४

बुबाको नाम       : बाला प्रसाद आचार्य

आमाको नाम     : लक्ष्मी देवी आचार्य

श्रीमतीको नाम   : नीरादेवी आचार्य

सन्तान            : १ छोरी, १ छोरा (अस्मिता, अशिम आचार्य)

शैक्षिक योग्यता:[सम्पादन गर्नुहोस्]

स्नातकोत्तर, व्यवस्थापन

राजनीतिक पृष्ठभूमिः[२][सम्पादन गर्नुहोस्]

  • २०३२ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित ।
  • २०३५/०३६ को विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी ।
  • २०३६ सालमा इन्जिनियरिङ अध्ययन संस्थान स्ववियु सचिवमा अनेरास्ववियुबाट निर्वाचित ।
  • २०३८ सालमा सरस्वती बहुमुखी क्याम्पस, लैनचौरको स्ववियु सचिवमा निर्वाचित ।
  • २०३८ सालमा तत्कालिन नेकपा (माले) को युथ लिगको सचिव ।
  • २०३९ सालमा सम्पन्न अनेरास्ववियुको सातौं राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित ।
  • २०३९ सालमा नेकपा (माले) लिडिङ युथ लिगको सचिवमा निर्वाचित ।
  • २०४१ सालमा राजकाज मुद्दा अन्तर्गत २ वर्ष जेल र पटक पटक गरी ११ पटक गिरफ्तार ।
  • २०४४ सालमा नेकपा (माले) उपत्यका विद्यार्थी क्षेत्र हेर्ने पार्टी जिल्ला कमिटीको सचिव र अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य ।
  • २०४६ सालको जनआन्दोलनमा नेकपा (माले) द्वारा गठित “प्रजातान्त्रिक आन्दोलन समन्वय समिति” को सचिव ।
  • २०४६ सालको जनआन्दोलनको योजना निर्माणमा संलग्न र सक्रिय सहभागी ।
  • वि.सं. २०४७–२०५५ सम्म नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीको सचिव ।
  • २०५४ सालमा नेपालगंजमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित ।
  • २०५७/०५८ मा पार्टी केन्द्रीय कार्यालयको सचिव ।
  • वि.सं. २०५८–२०६५ सम्म पार्टीको कोशी अञ्चल ईन्चार्ज ।
  • २०६४ देखि हालसम्म संविधान सभा सदस्य ।
  • वि.सं. २०६५– २०६९ सम्म नेकपा (एमाले) संसदीय÷संविधान सभा दलको प्रमुख सचेतक ।
  • २०७० सालमा गठित मन्त्री मण्डलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ।
  • नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिव ।
  • दसौं महाधिवेशनमा सचिवमा पराजित

हालः नेकपा (एमाले) १ नं. प्रदेश संगठन कमिटीको संयोजक ।  

सम्पर्क नं. : ९८४१९८३९७७, ९८५११८०१७०

ईमेल : bhimacharya54@yahoo.com

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "आचार्यले लिए मुख्यमन्त्रीको शपथ", इकान्तिपुर, भाद्र १०, २०७८, अन्तिम पहुँच भाद्र १०, २०७८ 
  2. "माननीय मुख्यमन्त्रीज्यूको परिचय: व्यक्तिगत विवरण" (npमा), मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, अन्तिम पहुँच २०२१-०८-३१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय